स्याङ्जामा एक हजार र पाँच सयका नक्कली नोट फेला
वालिङ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताएका छन् । वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको आचार्यले बताए । पछिल्लो एक हप्ताको अवधिमा पाँच सयका चार वटा र एक हजारको एउटा गरी पाँचवटा नक्कली नोट भेटिएको प्रमुख आचार्यले जानकारी दिएका छन् । “गएको सोमबारबारदेखि बिहीबारसम्मको अवधिमा निरन्तर एक÷एक वटाको दरले नक्कली नोट जम्मा गर्न ल्याएको पाइएको थियो”, शाखा प्रमुख आचार्यले भने, “चार÷पाँच दिन निरन्तर नक्कली नोट भेटिएको तर अहिले देखिएको छैन, फेरि आउनसक्ने भएकाले सचेत हुन आवश्यक रहेको छ ।” राष्ट्रिय सहकारी बैंकमा जम्मा भएको शङ्कास्पद नोटलाई मेसिनबाट परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको र वालिङस्थित अन्य बैंकमा पनि उक्त नोटलाई मेसिनमा राखेर परीक्षण गर्दा नक्कली भएको खुलेको थियो । सहकारी संस्थामा नक्कली नोट परीक्षण गर्ने मेसिन नभएको हुँदा नक्कली नोटको कारोबार हुनसक्ने भएकाले यसप्रकारको मेसिन राख्न पनि शाखा प्रमुख आचार्यले सुझाव दिएका छन् । रासस
१४ सय महिला उद्यमीले पाए कर्जा, दुई वर्षमा सबै जिल्लामा संघ विस्तार गर्ने प्रतिवद्धता
काठमाडौं । नेपालमा १३ सय ९५ जना महिला उद्यमीहरुले धितोपत्र विना नै कर्जा प्रयोग गर्दै आएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सो संख्यामा एक महिला उद्यमीलाई एक करोडसम्मको कर्जा सहुलियता रुपमा प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय महिला उद्यमी दिवसको अवसर पार्दै महिला उद्यमी महासंघले ४७ जिल्लाका महिला उद्यमी संघको प्रतिनिधिको उपस्थितिमा एक दिने कार्यशाला राखेका हुन् । प्रितृसत्तात्मक देश भएकै कारण नेपालको अर्थतन्त्र उकास्ने क्रम जारी भइरहँदा नेपाल महिला उद्यमी महासंघले कुल ग्रास्हत उत्पादनमा सहयाेग पुर्याएकाे महासंघकाे अध्यक्ष शारदा रिजालले बताईन । नेपालको महिलाकाे आर्थिक स्थिति उकास्न र सवृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा प्रमुख भूमिका खेल्न महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न र अन्य देशमा नियात गर्न महासंघ तत्पर रहेका अध्यक्ष रिजाले जानकारी दिइन् । साे गाेष्ठीमा लामो समयदेखि उद्योग क्षेत्रमा आफूलाई स्थापित गर्दै आएका महिलाको चुनौती तथा उत्पादन क्षेत्रमा पुरुषको तुलनामा राम्रो तथा व्यवहारी ढंगले समयमा नै काम सम्पन्न गर्दै आएकी पहिलाे महिलाले निर्माण कम्पनी सिइओकी संचालन सुकृर्ती शर्माले बताईन । एक दशक देखि निर्माण क्षेत्रमा लागेकी शर्माले पुरुषहरुको हेर्ने कोण फरक हुने, यस महिलाले निर्माण क्षेत्रको काम गर्न सक्दैनन् भन्ने जस्ता कुरा आईरहेको बताइन् । दुई चरणमा भएको उक्त एक सय भेला गोष्ठीमा महिला उद्यमशीलता कोषले पछिल्लो समय गरेको कामप्रति सकारात्मक रहेको जनाएका छन् । पहिलो चरणको कार्यक्रममा चारजना महिला उद्यमीका कुरा प्रतिनिधित्व गर्दै सिर्जना अधिकारीले संचालन गरेकी थिईन भने दोस्रो चरणमा जुना माथेमाले । धागोदेखि भवन निर्माणसम्मको काम गर्दै आएका उद्यमीहरुको संजाल महासंघले यही मंसिर महिनामा ३ जिल्लामा संघ खोल्ने घोषण गर्दै आगामी दुई वर्षमा ७७ वटै जिल्लामा महिला उद्यमी महासंघले संघ विस्तार गर्ने महासचिव दर्शना श्रेष्ठले जानकारी दिईन् । महिलाले घरमात्र नभई एउटा उद्योगलाई सजिलोसँग व्यवस्थापन गर्न सक्छन् भन्ने कुरा जानकारी दिँदै महासंघको कोषाध्यक्ष तथा साढे दुई दशकदेखि अचार व्यवसाय गर्दै आएकी हजुरी अचार घरकी हजुरी विष्टले आफ्नो उर्जाका साथ काममा प्रतिवद्ध भए गर्न नसक्ने केही नभएको बताईन् ।
साधना लघुवित्त तेस्रो वर्षमा प्रवेश, ‘इम्प्लोइ अफ द एयर’ अवार्डबाट तामाङ सम्मानित
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ । गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई कार्य हरमटारी चोक, घ्याम्पे साल बसपार्क हुँदै कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको र यस अभियानलाई मासिक रुपमा निरन्तरता दिने बताए । वित्तीय संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले वित्तीय संस्थाले थप सफलताका लागी कार्य सम्पादन गर्न आग्रह गरेका छन् । कार्यक्रममा उत्कृष्ट कर्मचारी आशिषकुमार तामाङलाई ‘इम्प्लोइ अफ द एयर २०७५/०७६’ अवार्डबाट सम्मान गरिएको थियो । संस्थाले कात्तिक मसान्तसम्ममा ४७ बटा शाखा कार्यालयबाट ३८००० घरपरिबारलाई वित्तीय सेवा प्रदान गरेको छ ।