महिला सहयात्रा लघुवित्तले सम्पन्न गर्यो २ दिने कर्मचारी तालिम

काठमाडौं । मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले दुई दिने “कर्मचारी पुनर्ताजगी तालिम” सम्पन्न गरेको छ । संस्थाले उक्त तालिम प्रदेश नम्बर २ र ३ का सहायक स्तरका कर्मचारीहरुको सहभागितामा फागुन १ देखि २ गतेसम्म हेटौडामा सम्पन्न गरेको हो । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फत सहभागि कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको जानकारी दिएकी थिइन् । साथै, उनले सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिएकी थिइन् । यस तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैंकिङ सम्बन्धि तालिम दिइएको छ । यस तालिममा केन्द्रीय कार्यालयका वित्त विभाग प्रमुख सरीता श्रेष्ठ, जनशक्ति विभाग प्रमुख कमल कुमार काफ्ले, कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा, आइटी विभागका संजिव मानन्धरले सिकाएका थिए । यस क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्नु पर्ने जानकारी गराईएको थियो । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस महिला सहयात्राले दुर्गम तथा विकट बैंकिङ पहुंच नपुगेको स्थानहरुमा ३४ वटा शाखा मार्फत ३५ हजार सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वचत, कर्जा, रेमिटान्स, लघुबीमा र उद्यमशील विकास तालिम सेवा प्रदान गर्दै आइरहेको छ । साथै, यस संस्थाले ३७ करोड वचत संकलन गरी १ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले दियाे सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएकाे छ । कम्पनीले फागुन २ गते आफ्नो प्रधान कार्यालयमा कार्यरत ३५ जना भन्दा बढी  कर्मचारीहरुलाई साे सम्बन्धी तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी गराएकाे हाे । गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्येमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो । प्रधान कार्यालयका सम्पूर्ण कर्मचारी उपस्थित तालिममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र आन्तरिक लेखा परिक्षक चाटर्ड एकाउन्टेन रेनुका खत्रीले तालिम प्रदान गरेका थिए । उक्त तालिममा विभागिय प्रमुखहरु सपना खरेल, योगेश कुमार नेपाल,सिताराम धिमाल, प्रभाकर न्यौपाने, सौरभ पौडेल र सृजन श्रेष्ठको सहभागिता रहेको थियो ।

विश्वका सबैभन्दा जेठो पुरुष, धेरै बाँच्नुकाे रहस्य कहिल्यै नरिसाउनु

काठमाडौं । जापानका चितेत्सु वातानाबी हुन् विश्वका जेठो पुरुष । उनी अहिले १ सय १२ वर्षका भए । उनी मार्चमा १ सय १३ वर्षका हुँदैछन् । उनले आफ्नो जन्मदिन भन्दा पहिला गिनिज वल्र्ड रेकर्डबाट उपहार पाएका छन् । जसले आफु विश्वका जेठो पुरुष हुँ भन्ने पुष्टि गराई सकेका छन् । आफु लामो समय बाँच्नुको कारण कहिले नरिसाउनु र सधैं हाँसिराख्नु भएको उनी बताउँछन् । उनलाई ब्राउन सुगर जस्तो मिठाई पनि मन पर्दछ । तर, अहिले दाँत नभएकोले उनी क्स्टर्ड र क्रिम हालेको पफहरु मन पराउँछन् । सन् १९०७, मार्च ५ गते जन्मिएका वातानाबी परिवारको ८ वटा छोराछोरी मध्येका सबैभन्दा जेठा छोरा हुन् । कृषि स्कुलबाट दिक्षित भएपछि उनले १८ वर्ष ताईवानमा बिताए जहाँ उनले उनको श्रीमति मित्सुलाई भेटेर बिहे गरेका थिए । उनका ५ वटा छोराछोरी छन् । दोस्रो विश्वयुद्धको अन्त्य तिर उनले सैनिकमा पनि सेवा दिएका थिए । त्यसपछि उनी आफ्नै ठाउँ निगातामा फर्किए र अवकाश प्राप्त गर्दासम्म कृषि कार्यलयमा काम गरिरहे । यद्यपि, अवकाशले उनलाई सक्रिय हुनबाट रोकेन । सन् १९०७ मा उनी र उनका छोराले परिवारको लागि घर बनाए जहाँ वातानाबीले १०४ वर्षको उमेरसम्म तरकारीको खेती गरे । पछिल्लो एक दशक उनले बोनसाईका रुखहरु रोपे र त्यसलाई प्रर्दशनमा पनि राखे । कुन देशका मानिसहरु सबैभन्दा बढि बाँच्छन् ? जापानका मानिसहरुको सबैभन्दा लामो आयु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठन्का अनुसार जापानीहरुको औसत आयु ८४.२ वर्ष छ । पुरुषहरुको औसत आयु ८१ वर्ष रहेको छ भन्दा महिलाको ८७ वर्ष छ । जापानीहरुको खानपानलाई उनीहरु लामो समय बाँच्नुको एक कारण मान्दछन् । उनीहरु विशेष गरेर मुटु लाई स्वस्थ राख्ने माछा खान्छन् । जुन ओमेग ३ फ्याटी एसिडका मुख्य स्रोत हुन् । तोफु, समुन्द्रि जनावर अक्टोपस, सिविड (समुन्द्रि तरकारीबाट बन्ने एक परिकार) जापननिजहरुमा प्रख्यात खानेकुरा हुन् । यी खानाले क्यान्सर लाग्ने सम्भावना कम बनाउँछ । यस्तै, जापानिजहरुमा मोटोपना पनि एकदमै हुन्छ । कुल जनसंख्याको ३ं.६ प्रतिशत जापानिजमा मात्र मोटोपनाको समस्या छ । मोटोपनाको कारण वर्सेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । यसको कारण मुटुरोग, क्यान्सर हो । साथै, जापानीज स्वास्थ्य सेवा प्रणालीलाई संसारको सबैभन्दा उत्तम मानिन्छ । जापानमा उत्कृष्ट चिकित्सा ज्ञान र उपकरणहरुको साथै सरकारले ७० प्रतिशत स्वास्थ्य खर्च बेहोर्छ भने कम आय भएका व्यक्तिको ९० प्रतिशतसम्म बेहोर्ने गर्दछ ।