कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्दा तालीले गुन्जियो संसद(भिडियाे सहित)

काठमाडौं । नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटर नयाँ नक्सा जारी गर्छौं भन्दै गर्दा सबै सांसदले ताली बजाए । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबैभन्दा धेरै समय सीमाको कुरा उठ्दा सबै सांसदले मज्जाले ताली बजाए । नयाँ नक्सा सार्वजनिक हुन्छ भन्दा करिब ४ सेकेन्ड र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल हो भनेर घोषणा गर्दा संघीय संसदको संयुक्त बैठक करिब ५ सेकेन्ड तालीले गुन्जियो । सो क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल रहेको बताइन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिने पनि घोषणा गरिन् । भण्डारीले सीमा विवाद समाधानका लागि कुटनीतिक पहल थाल्ने जानकारी दिइन् । हेराैं भिडियाे पनिः https://bikashnewscdn.prixacdn.net/uploads/2020/05/Bidhya-Devi-Bhandari-_-Taali.mp4

सुनौलो ताराको ग्रान्ड फिनाली आज, डिशहोमबाटै प्रसारण हुने

काठमाडाैं । सुनौलो ताराको ग्रान्ड फिनाली कार्यक्रम आज डिशहोमको  रियालीटी टिभीकाे च्यानल नं. १०२ बाट  ८ः३० वजे प्रसारण हुनेछ । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गरेको थियो । डिशहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाका ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम गरेको थियो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखी प्रशारण शुरु भई यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण भएको थियो । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने डिशहोमले जानकारी दिइएको छ ।

औषधि सम्बन्धी प्राधिकरण स्थापना गरिने

काठमाडौँ । नेपालमा नै औषधीसगँ सम्बन्धित प्राधिकरण स्थापना गरिने भएको छ । २०७६/७७ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा प्राधिकरण स्थापना गरिने बताएकी हुन । औषधी, औजार, उपकरण, मेडिकल तथा सर्जिकल सामग्री, चिकित्सकीय प्रयोगमा आउने बस्तुहरु उत्पादन हुने छ ।