दुुई गजलः तीजको रमझम+सम्झिएर
लेखक १. तीजको रमझम तीजको रमझम आएपछि सम्झिएर रुन्छु बैनी प्रेमपूर्ण विगत सम्झि पागल जस्तै हुन्छु बैनी ।। निष्ठुरी त्यो कालचक्र परेपछि तिमी माथि अश्रुधारा थामिदैनन् रुमाल त्यै ले धुन्छु बैनी ।। देह छैन तर तिम्रो आत्मा साथ सधैँ फोटो हेर्दै सपनिमा तिम्रो स्वर सुन्छु बैनी ।। सगैँ खाए खेलेको पल कति रमाइलो हुन्थ्यो बेहोसीमा मर्छु भन्दै विद्युत् रेखा छुन्छु बैनी ।। तिहारको रमझम सप्तरङ्गी टीका फूल सम्झि निधार छाम्दै मखमली माला उन्छु बैनी ।। २. सम्झिएर सम्झिएर विगत दर खाएपछि आँसु बग्छ ।। तीजको लहर लहरिदै आएपछि आँसु बग्छ लुकाएर राख्छु भन्छु आँसु आँखा भित्र भित्रै गाउँका दिदी बैन्ले तीज गीत गाएछि आँसु बग्छ ।। खुसी लुट्यो आशा टुट्यो पापी रैछ दैव सबले रातो सिन्दुर पोते लाएपछि आँसु बग्छ ।। पापिनीको बात,एक्लो रात,घात पाएँ सबै बैँसमै अन्धकारले जीवन छाएपछि आँसु बग्छ ।। कति सुन्दर जीवन जीउने सपना संगालेथेँ सहाराहीन भई दुःख पाएपछि आँसु बग्छ ।। नुुवाकोट, तारकेश्वर गापा १
दमकमा भदौ १३ गतेसम्म लकडाउन लम्बियो
दमक । सङ्क्रमण तीव्र फैलिँदै गएको दमकमा लकडाउनलाई फेरि एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा शनिबार सकिँदै थियो तर शनिबार नै थप १६ जनामा एकैसाथ कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्तासमेत रहेकाे उपप्रमुख गीता अधिकारीले बताईन् । उनका अनुसार शनिबार सङ्क्रमित हुनेमा नेपाल विद्युत् प्राधिकरणका सात कर्मचारी, आठ प्रहरी र दमक फार्मेसीका एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ । दमक फार्मेसीका एक पुरुषमा कोरोना देखिएसँगै फार्मेसी सिल गरिएको छ । दमकमा समुदायमा पनि कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै नगरपालिकाले नगरक्षेत्रभरि गत साउन ३२ देखि लकडाउन गरेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।
देशका विभिन्न स्थानमा रगतको अभावः रक्तदानको लागि अनुरोध
काठमाडाैं । देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाको कारण रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा रगतकाे अभाव भएकाे हाे । केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार आज शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन् । उनका अनुसार बिहिबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर थप ६१ जना रित्तोहात फर्किनुपरेको थियो । हिजो शुक्रबार २६ जनालाई फर्काउनुपरेको थियो । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए । केन्द्रमात्र होइन् धरान, विराटनगर, चितवन लगायतका स्थानमा पनि रगत अभाव भइरहेकोे नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निशेधाज्ञा छ र वरिपरिका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेकाे तर नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको उनी बताउँछन् । रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरेपनि विगत १३ देखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको छ । तर स्थानीय प्रशासन र पालिकाको सहमति लिई आज शनिवार विहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरिसकेकाे र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिएका छन् । रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए । उनले भने, ‘नियमित रक्तदाता तथा यूवाहरुले नजीकका केन्द्रहरुमा गई रक्तदान गर्नसक्दछन् । विरामीको रक्तसमूहसंग मिल्ने साथीभाई, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ ।’ सुरक्षित तवरले रक्तदान गर्दा गराउदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संघले यस अघि नै स्पष्ट पारिसकेको छ ।