काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार (आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्यो ।
चितवनको लागि कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरेका उनी अर्धशतक प्रहार गर्न एक रनले चुके ।
पावर प्लेमा ओपनर देव खनाल सात र अर्जुन साउद १५ रन बनाएर पभेलियन फर्किए ।
डेविड मलानले १७ बलमा एक चौका प्रहार गर्दै १६ रन मात्र जोड्न सके ।
विवेक यादवले १५ रन बनाए भने शिकन्दर राजाले १५ रन बनाए ।
सुदूरपश्चिमका निम्ति स्कटले दुई विकेट लिए । त्यसैगरी, हेमन्त धामी र दीपेन्द्र र अनिल खरेलले समान एक विकेट लिए ।