नेपाल विद्युत प्राधिकरणले निकाल्याे लोडसेडिङ तालिका (सूचनासहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाेडसेडिङ्काे तालिका सार्वजनिक गरेकाे छ । जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने प्राधिकरणले सूचना मार्फत जानकारी दिएकाे छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार जुम्लाको विभिन्न स्थानमा हरेक दिन ३ पटक बत्ति जाने भएको छ । सार्वजनिक तालिका अनुसार जुम्लाका विभिन्न स्थानमा दैनिक विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने भएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा बत्ती जाने क्रम बढेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटेको बताएको लामो समयपछि बत्ती जाने आउने क्रम बढेको हो । तर, प्राधिकरण भने यसलाई लोडसेडिङ भन्न चाहिरकेको छैन । पा्रविधिक कारणले बत्ति आउने जाने गरेको प्राधिकरण बताउँछ । केही महिना यता काठमाडौं उपत्यका र अन्य ठाउँहरुमा विद्युतमा अनियमित तथा लाइन काटिने समस्या बढेको भन्दै लोडसेडिङ हुने होकि भन्ने आवाज उठिरहेको बेला प्राधिकरणले भने सार्वजनिक सूचना नै जारी गरि लाइन काटिनु लोडेसेडिङ नभई प्राविधिक कारण भएको बताएको थियो । तर, प्राधिकरणको हुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका नै सार्वजनिक गरपछि भने अब अन्य ठाउँमा पनि लोडसेडिङको तालिका आउने होकि भन्ने आशंका गर्न सकिन्छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । जुन २०७३ असोजपछि सार्वजनिक भएको यो पहिलो लोडसेडिङ तालिका हो । सामाजिक सञ्जालहरुमा सो लोडसेडिङ तालिका सार्वजनिक भएपछि प्राधिकरणले अब विस्तारै सबै ठाउँमा लोडसेडिङको तालिका निकाल्न सक्ने भन्दै विरोध भइरहेको छ ।
आजबाट डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’
काठमाडौं । आज (आइतबार)बाट डिशहोमको रियालिटी टिभीमा रियालिटी शो ‘कलाको मेला’ सुरु हुँदैछ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा उक्त कार्यक्रम शुरु हुने भएको हो । हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिशमिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुनेछ ।
घरको काम छोरालाई पनि सिकाऔंँ
टीकापुर । कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा छन् । निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी दुवैलाई घरमा गर्नुपर्ने काममा समान व्यवहार गरिरहेकी छिन् । ‘‘मेरा लागि छोराछोरी बराबर हुन्, मैले घरभान्सा र सरसफाइको काममा दुवैलाई बराबरी गराउँछु, उनीहरु बीच विभेद छैन’’, उनले भनिन्, ‘‘छोराले खाना पकाए छोरी भाडा माँझ्छिन्, छोराले झाडु लगाए छोरीले पोछा लगाउँछिन् । यसरी काम बाँडेकी छु ।’’ घरमा बाख्रा र भैँसीसमेत पाल्नुभएका रुपालाई घरको काम धेरै हुन्छ । उनलाई छोराछोरीले भान्सा र सरसफाइका काममा सघाउँछन् । छोराछोरीलाई एउटै विद्यालयमा अध्यापन गराइरहनुभएका रुपा घरको काम छोराछोरी दुवैलाई सिकाउन आवश्यक रहेको बताउँछिन् । ‘‘काम सिकेको छोराले पछि सुख पाउँछ, काम नजानेको छोरा भए बुहारीले पनि दुःख पाउँछे”, उनले भनिन्, ‘‘मिलेर काम गरे पो समान व्यवहार भयो । समान व्यवहार त घरबाटै शुरु गर्ने हो । हामी सानैदेखि छोरीलाई घरको कामको बोझ थोपार्छाैँ, अनि त्यो परम्परा बाँचुञ्जेल चलिरहँदा महिलाले दुःख पाइरहेका घटना सुनिन्छन् ।’’ कैलाली, जोशीपुरकी सुस्मिता चौधरीले आफ्ना दुई छोरी र एक छोरालाई पनि घरको कामको बाँडफाँट गरी बराबरी लगाएकी छिन् । ‘‘जीवन सबैको बराबर हो, पढ्ने समयमा पढ्छन्, फुर्सदमा घरको काम मिलेर गर्छन्, अवसर र व्यवहार सबैले समान पाउनुपर्छ भन्ने बुझेकी छु”, सुस्मिताले भन्नुभयो, “घरको काम, लुगा धुने, खेतबारीको काम सबै बराबरी गर्छन् । काम ठग्ने बच्चालाई मैले आवश्यकता पूरा नगर्ने चेतावनी दिन्छु ।’’ उनी सानैदेखि समान व्यवहार र सबै काम गर्नुपर्छ भन्ने सिकाएमा विभेद अन्त्य हुने बताउनुहुन्छ । ‘‘हामीले निकै विभेद भोगेर हुर्कियौँ, दाइभाइ विद्यालय पढ्न जान्थेँ, हामी दुई दिदीबहिनी थियौँ, हामीले आमासँग खेत र बारीमा काम ग¥यौँ, त्यो बेला निकै मन पोल्थ्यो”, सुस्मिताले भनिन्, “त्यही पीडाले मलाई आफ्ना छोराछोरीमा विभेद गर्नुहुन्न भन्ने सिकाएको हो ।’’ छोराछोरीबीच अभिभावकले गर्ने विभेदका कारण छोरीमाथि हुने हिंसा घट्न नसकेको अनुभव उनी सुनाउँछिन् । उनले भनिन्, ‘‘छोराहरुलाई पनि काम गरेर घरपरिवार सम्हाल्ने जिम्मेवारी बोध गराउनमा कतिपय अभिभावकवाट कमीकमजोरी भइरहँदा महिलाप्रतिको समान व्यवहार हुने कुरामा समस्या भइरहेको छ ।‘‘ जानकी गाउँपालिका— ९ मूर्तियाका कमल न्यौपाने २२ वर्षको भए । कमलकी बहिनी पूजा १८ वर्षकी छिन् । उनीहरु दुवै दाजुबहिनी भान्सा तथा घरको सबै काम मिलेर गर्छन् । ‘‘बुवाआमा रोजगारीका सिलसिलामा घर बाहिर , हामी दुई दाजुबहिनी मिलेर घरको जिम्मेवारी सम्हालेका छौँ’’, कमल भन्छन्, ‘हामी सबै काम आफैँ गर्छौँ । बहिनी विज्ञान विषयमा १२ कक्षाको परीक्षा दिएर बसेकी छन् । उनले मात्र काम गरेमा पढ्ने समय कसरी पाउलिन् ? त्यसैले म पनि सबै काम गर्छु ।’’ बहिनीको परीक्षा र पढाइमा बढी व्यस्त भएका समयमा कमल ओछ्यानमै खाना पु¥याउँछन् । ‘‘म बिहान कक्षा लिन विद्यालय जान्थेँ, दाजु सबै काम सकेर मेरा लागि खाना पकाइदिएर आफू कलेज जानुहुन्थ्यो’’, पूजाले भनिन्, ‘‘मिलेर काम गरेकै कारण हामी आत्मनिर्भर भएका छौँ, हामी दुवै दाजुबहिनी पढाइमा पनि राम्रो छौँ ।’’ पूजाले बुबाआमाले आफूहरुलाई सानैदेखि बराबरी काम गर्न सिकाउँदा अहिले सजिलो भएको अनुभव सुनाइन् । शिक्षिका टङ्कमाया पोखरेल छोरीलाई घरको काम धेरै लगाउने कारणले तिनको पढाइमा अहिले पनि असर परिरहेको बताउँछिन् । ‘‘छोरालाई पढ्नुपर्छ, खेल्नुपर्छ, शारीरिकरुपमा स्वस्थ हुनुपर्छ भन्ने अभिभावक धेरै छन्’’, शिक्षिका पोखरेल भन्छिन्,“तिनै अभिभावक छोरीले घरको काम सिक्नुपर्छ, पराइ घर गए दुःख पाउँछे, आमाले संस्कार नसिकाएको भन्छन् भनेर घरको कामको बोझ बढाइदिँदा छोरीको पढाइ बिग्रन्छ ।’’ उनी आफूहरुले विद्यालयमा हुने अभिभावक भेला र छलफलमा छोरालाई पनि समान काममा लगाउन तथा छोरीलाई पढाइका लागि पर्याप्त समय दिन सुझाव दिने गरेको बताउँछिन् । पछिल्ला वर्ष अभिभावकमा चेतनाको अभिवृद्धि हुन थालेसँगै उनीहरुले आफ्ना छोराछोरीप्रति पढाइलेखाइ र घरायसी काममा गरिने व्यवहारमा पनि सकारात्मक परिवर्तन भइरहेको देखिएको छ । अधिकारकर्मी निर्मला कडायत पितृसत्तात्मक सोचका कारण छोरीलाई बढी काममा लगाउने समाज विस्तारै बदलिँदै गएको बताउँछिन् । ‘‘विगतमा छोरी पढाए पराइ घर जान्छन्, किन खर्च गर्ने, अर्काको घरमा सुख पाउनका लागि घरको काम सिकाउनुपर्छ भन्ने सोचाइ थियो’’, कडायतले भनिन्, “ तर समाज परिवर्तन हुँदै गएको छ । कामम पनि दुवैलाई सिकाउने र शिक्षा पनि बराबरी दिन थालेका छन् ।’ उहाँले आफूले पनि तीन सन्तानलाई समान व्यवहार र शिक्षा दिइरहेको बताइन् । समाजशास्त्री शिवचरण चौधरी छोरीलाई काम, इज्जत र सभ्यता सिकाउने समाजले छोरालाई पनि सिकाउन आवश्यक रहेको बताउँछन् । ‘‘हाम्रो समाजले छोरी लजालु हुनुपर्छ, घरको सबै काम जानेकी सिपालु हुनुपर्छ भनेर सामाजिक दायराहरु तयार गरिदिएको छ”, चौधरीले भने, “छोरा पनि सबै काममा सिपालु हुनुपर्छ, सबैलाई माया, आदर गर्ने हुनुपर्छ भन्ने जस्ता संस्कार नसिकाउँदा अहिले समाजका कतिपय युवा उद्दण्ड व्यवहार देखाउने गरेको भेटिन्छन् ।’’ उनी महिलामाथि हुने हिंसा न्यूनीकरण र छोराछोरी बीचको विभेद अन्त्यका लागि घरबाटै समान व्यवहारको शुरुआत गर्नुपर्ने र छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा २०७४/०७५ मा विद्यालय छाड्ने विद्यार्थी चार प्रतिशत रहेको तर घरको कामकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क छैन । कैलाली, टीकापुर नगरपालिकामा छोराभन्दा विद्यालय छाड्ने दर छोरीको दुई प्रतिशत बढी रहेको शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘‘कारण त हामीले खोजेका छैनौँ तर छोराभन्दा विद्यालय छाड्ने छोरीको प्रतिशत धेरै छ’’, अधिकृत अवस्थी भन्छन्, ‘‘छोरीलाई घरको काममा बढी लगाउनु पनि समस्या हो ।’’