गृह मन्त्रालयको आदेशपछि रोकियो सिन्धुपाल्चोकका पहिरो पीडितको २ करोड रुपैयाँ, शनिबार आन्दोलन गर्ने

काठमाडौं । सिन्धुपाल्चोकका जुरे पहिरो पीडितले उचित क्षतिपूर्ति नपाएपछि आन्दोलन गर्ने भएका छन् । सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिकाका जुरे पहिरो पीडितलाई रकम वितरण गर्न खोज्दा गृह मन्त्रालयले रोकेपछि गाउँले आन्दोलनको तयारीमा गरेका छन् । जुरे पहिरो पीडितले फागुन ८ गते माइतिघरमा आन्दोलन गर्दैछन् । २०७१ सालमा सिन्धुपाल्चोकको जुरे पहिरोमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए भने धेरै घरबार बिहिन भएका थिए । त्यसबेला पीडितहरूको सहयोगार्थ आर्थिक संकलन गर्ने अभियान चलाइएको थियो । उक्त कोषमा २ करोड २४ लाख रुपैयाँ रकम जम्मा भएको थियो । यो रकम जिल्ला विपद व्यवस्थापन समीतिमा जम्मा गरिएको छ । उक्त रकम पीडितलाई गृह मन्त्रालयले नबाड्न निर्देशन दिएपछि पीडितले विरोध जनाएका हुन् । पहिरो पीडितले यसअघि भुकम्पबाट भत्किएको घर बनाउन पैसा लिईसकेको कारण पैसा नबाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । ‘जनताबाट संकलन भएको पैसा सरकारले बाड्न नदिएका कारण माइतीघरमा आन्दोलन गर्न बाध्य भयौं ।’ गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले प्रतिक्रिया दिए । पहिरोपछि जुरेबासीलाई भूकम्पले थप असर गरेको थियो । भुकम्पमा घर बनाउन ३/३ लाख रुपैयाँ सरकारले प्रदान गरेको थियो । भुकम्प पीडितलाई घर बनाउने पैसा दिई सकेको भन्दै गृह मन्त्रालयले उक्त कोषमा संकलित रकम बाँड्न रोकेको हो । यो रकम वितरण गर्नका लागि गाउँपालिकाले सिन्धुपाल्चोक सीडीओ कार्यालयमा पत्र पनि पठाएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताए ।

तिमी शितल दिने छायाँ, ओइलायो मेरो मया (गीत)

तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया आगो लागेछ मनमा रहर जलेर गयो खरानी भो सपना, हुरीले उडाई लग्यो म तिम्रो मनको पुजारी भेटी चढाएँ माया आफ्नै मुटु छामी हेर्छु छैनौ दाँयाबाया तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया गल्ती हजार हुन्छन्, होस हराएको बेला अमृत नै विष बन्छ, खोट भाग्यको खेला बेहोसिमै पनि झस्काउने तिम्रो माया चिच्याउँदै खोज्छु, छैनौ दाँयाबाया तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया बाँध फुटेछ मायाको विश्वास टुटेर गयो पत्थर बन्यो यो मुटु मर्म सुकेर गयो बगर झै जिन्दगीमा प्यारो तिम्रो माया भौतारीँदै खोजें तिम्लाई छैनौ दाँयाबाया तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया

शहिदको चिहानमा मेरो भ्यालेन्टाइन डे

प्रेम गर्न सधैं छुट भएको यो देशमा बहाना खोज्दै उन्मक्त कैयौं जोडीहरु पर्खिरहेका हुन्छन् आज रोज डे आज प्रपोज डे आज चकलेट डे आज टेडी डे आज हग डे आज किस डे खै तिमिले सुन्यौ सुनेनौ तिम्रो पनि त मनमा रहरहरु थिए होलान् तिम्रो पनि त आँखामा सपनाहरु थिए होलान् प्रेमिकालाई झ्याम्म अँगालो हालेर तिमि पनि त कतै हराउन चाहन्थ्यौ होला तिमिलाई पनि त बैंसले पिरोल्थ्यो होला तर तिमि त न बाबाले रोक्दा रोकियौ न आमाले समाउँदा अडियौ न सानुको मधुर बोलिमा तानियौ बैंस बिसाउँदै एक मुट्ठि माटोको लेप छातिमा टाँसेर तिमिले ल्याएको स्वतन्त्रताका दिनहरु फगत आज रुपान्तरित हुँदैछ प्रेम गर्न सधैं छुट भएको यो देशमा आज रोज डे, आज प्रपोज डे, आज चकलेट डे… आज हग डे… किस डे… तर म … तिम्रो चिहान छेउ वसेर अझै पूरा नभएका तिम्रो सपनाहरु सम्झँदै आदर्शका तिम्रो सिद्वान्तहरु पढ्दै म संकल्प लिइरहेछु मेरो तर्फवाट भोलिको भ्यालेन्टाइन डे मा हुनेछ केवल नयाँ विहानी र परिवर्तनको रातो गुलाव मेरो तिमि (चार शहिद) लाई ह्याप्पी भ्यालेन्टाइन डे…