गणेश आत्मदाह प्रकरणमा तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले गणेश नेपाली आत्मदाह प्रकरणमा तीन जना काठमाडौं नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

मुगुको सोरु गाउँपालिका– १ निवासी २५ वर्षीय नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । उनको केहीबेरअघि उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।  

नेपाली ‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका थिए । उनको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका थिए । 

प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले भनेका थिए- राज्य असफल भयाे

बाइकमा ह्विल लक गरेकै कारण गणेशले आत्मदाहको प्रयास गरेका हुन् ?

Share News