४५ मिनेटमा ४८ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार ४८ अंकले घटेको छ । ११ बजेर ४५ मिनेट जाँदा सेयर बजारमा ४८.२८ अंकको गिरावट आएको हो । यो समाचार तयार पर्दासम्म सेयर बजारमा ४ लाख ८५ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्रीबाट २४ करोड १७ लाख ६२ हजार रुपैयाँ लाख रुपैयाँ कारोबार भएको छ । आज (मंगलबार) सेयर बजारमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) मा पनि समस्या देखिएको छ । टीएमएसमा समस्या देखिँदा लगानीकर्ताले खरिद बिक्रीमा पनि समस्या भएको छ ।

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी जेठ २८ गते वार्षिक साधारण सभा (एजीएम) डाकेको छ । उक्त सभा सो दिन बुटवल रुपन्देहीमा हुन लागेको हो । सभामा जाने प्रयोजनको लागि संस्थाले जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै जेठ ११ गतेसम्म कायम सेयरधनी संस्थाको साधारण सभामा भाग लिन पाउने छन् । संस्थाले बोनस, नगद लाभांश र हकप्रद कुनै पनि प्रस्ताव गरेको छैन । जेठ १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो ।

विन नेपाल लघुवित्तको लाभांश संशोधित

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । बैशाख २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो । संशोधित लाभांशसँगै संस्थाले सेयरधनीलाई ९.३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसअघि संस्थाले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । अब संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । संस्थाको आगामी वार्षिक साधारण सभा (सातौं) जेठ २० गते शुक्रबार दिनको ११ बजे सिन्धुपाल्चोकको इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै जेठ २ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन नेपाल लघुवित्त वित्तीय संस्था बनेका हुन् । यससँगै विन नेपाल लघुवित्तको चुक्ता पुँजी ७ करोड २४ लाख रुपैयाँ पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७७र७८ को संचित नाफाबाट चुक्ता पुँजीको ९.३३ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश पारित पछि संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ नाघ्ने छ ।