१५० मा नकिनेपछि १ सयमा झारियो सेयर मूल्य, निफ्राबाट बाहिरिँदै आईएमई

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा रहेको आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्दै आईएमई लिमिटेड बैंकबाट बाहिरिने भएको छ ।

आईएमई लिमिटेडले निफ्रामा रहेको आफ्नो ०.५० प्रतिशत स्वामित्व अन्तर्गत १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको हो । उक्त सेयरको कुल मूल्य १० करोड ८० लाख रुपैयाँ बराबर रहेको छ ।

कम्पनीले यसअघि प्रतिकित्ता १५० रुपैयाँमा सेयर बिक्री प्रयास गरे पनि खरिदकर्ता नपाएपछि मूल्य घटाएर प्रतिकित्ता १०० रुपैयाँमा पुनः बिक्रीमा राखिएको हो ।

बैंकका अनुसार उक्त सेयर पहिले विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

यदि तोकिएको अवधिभित्र संस्थापकहरूले सेयर खरिद नगरेमा सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिने बैंकले जनाएको छ ।

Share News