१२ अंकले नेप्से परिसूचक बढ्दा डेढ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ । सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । नेप्सेका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन , जलविद्युत, अन्य उपसमूह र वित्त उपसमूहको परिसूचक ० प्रतिशत भन्दा बढीले बढेको छ । तर यता जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक र लगानी उपसमूहको सुचकमा गिरावट आएको छ । सोमबार जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्तको शेयरमूल्य ७.७७ प्रतिशत बढेको छ । यता हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । सोमबार कारोबार रकमका आधारमा ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले ९० करोड बराबरको सेयर निष्काशन गर्ने
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने भएको छ । आइतबार सम्पन्न इन्स्योरेन्स साधरण सभाले यस्तो निर्णय गरेको हो । सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी वृद्धि गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ । यस्तै साधारण सभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।
१८ अंकले नेप्से परिसूचक बढ्दा डेढ करोडको कारोबार
काठमाडौं । नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । आइतबारको परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ बिन्दुमा रोकिएको हो । आइतबारको २३३ कम्पनीको ३३ ला ४१ हजार कित्ता सेयर एक अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार जालपा लघुवित्तको मूल्यमा सकारात्मक सकर्टि लाग्दा घलम्दी हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयर करिब ९ प्रतिशतले बढेको छ । त्यस्तै धेरै गुमाउनेमा उन्नति सहकार्यले ५ प्रतिशत, एनआइसी एसिया फण्ड ३ र एसियन लाइफ इन्योरेन्स ३ प्रतिशत छन् । आज सिटिजन इन्भेष्टमेन्ट सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १३६ कम्पनीकै सेयर मूल्यमा हरियाल छाउदा ५२ कम्पनीको राताम्मे भएका छन् । सेयरका सबै उपसमूहको मूल्य वृद्धि हुँदा माइक्रोफाइनान्स र बैकिंङ क्षेत्रको सेयर मूल्य ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।