लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधरणलाई दिनुपर्ने माग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ । राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने बताएका हुन् । ‘लिमिटेड कम्पनीको सेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ’, उनले भने । संस्थापक शेयरधनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष मल्लले लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुने बताए । सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सकेमात्र यसको तरलता सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ । धेरै विद्युत् खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषिजन्य उद्योगमा पनि लागू गर्नुपर्ने माग सो अवसरमा गरिएको थियो । रासस
आश्वा सदस्यता नवीकरण गराउन बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आश्वा सदस्यता नवीकरण गराउन आग्रह गरेको छ । बोर्डले आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को अनुमतिपत्र नविकरण गराउन आग्रह गरेको हो । जसको लागि बोर्डले यो जेठ मसान्तसम्मको समय दिएको छ । यससँगै अनुमति पत्र नविकरण गराउन निवेदन पेश नगरेका आस्वा सदस्यहरुले जेठ ३१ गतेभित्र निवेदन दिन सक्नेछन् । साथै, बोर्डका अनुसार उनीहरुले नवीकरण दस्तुर, सक्कल अनुमतिपत्र र निर्देशिकाले तोकेका योग्यता पुरा भएको जनाउने विवरणसहित निवेदन पेश गर्नुपर्ने छ ।
आईएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २३ गते सोमबार सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ४६ लाख ३० हजार ३४४ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ ।