सेबोनको ८ कार्ययोजना : बुक बिल्डिङदेखि एसएमई प्लेटफर्मको छुट्टै व्यवस्था गर्नेसम्म
काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न कार्य योजनाको तयार पारेको छ । नेपालको पुँजी बजार सुधारको लागि बोर्ड विभिन्न ८ वटा कार्य योजनासाथ अघि बढाएको हो । जसमा राष्ट्रिय पुँजी निर्माण र परिचालनदेखि साना तथा मझौला व्यवसायीलाई पुँजीबजारमा प्रवेश गराउनेसम्म रहेको छ । बोर्डले राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई प्रोत्साहन गर्दै जाने छ । बुक बिल्डिङ प्रणाली संचालनमा ल्याउन अन्तर्रराष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम शुरुवात गर्ने बोर्डको योजना छ । वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजार मर्फत पुँजी परिचालन गर्न प्रोत्साहित गर्ने बोर्डले जनाएको छ । साथै, बोर्डको सूचना प्रविधि, भौतिक पूर्वाधार विकास र जनशक्तिको क्षमता विकास गर्न आवश्यक रहेको छ । बजारमा एसएमई प्लेटफर्मको छुट्टै व्यवस्था गर्ने तथा साना तथा मझौला व्यवसायीलाई पुँजीबजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने र एनआरएनलाई पुँजी बजारमा प्रवेश गराउने बोर्डको योजना छ । बोर्डको योजना अनुसार बोर्डले ठुला तथा स्थापित कम्पनीहरुमा जनताको स्वामित्व बढाई पुँजी बजारलाई थप विस्तार गर्नुपर्ने छ । बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गरिने कार्यक्रममा जनाइएको छ । बोर्डले विभिन्न समस्या र चुनौती दुबैको बाबजुत यी कार्ययोजना अघि बढाएको हो । अहिलेको अवस्थामा बोर्डलाई भौतिक पूर्वाधार तथा सूचना प्रविधि, बोर्डको स्वायत्तता, वितीय साक्षरता, कानुनी पूर्वाधार, रियल टाइम सर्भिलेन्स सिस्टम, वास्तिविक क्षेत्रका कम्पनीको न्यून उपस्थिति, बजार सहभागीहरुको सुशासन अभ्यास र धितोपत्र औजारको विविधिकरण रहेको छ । नेपाल धितोपत्र बोर्डले जेठ २५ गते ३०औं वार्षिकोत्सव मनाएको छ । बोर्डले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो ३०औं वार्षिकोत्सव बताउँदै सो जानकारी गराएको हो ।
एकाएक सेयर बजारमा छायो हरियाली, परिसूचक ६० अंकले बढ्दा यी कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । सेयर बजारमा एकाएक हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटीरहेको बजारमा बुधबार हरियाली छाएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक गत जेठ ११ गतेदेखि निरन्तर घटीरहेको थियो । त्यसयताको कारोबारमा परिसूचक एकदिन पनि नबढी निरन्तर १९६ बिन्दुले घटीसकेको थियो । जेठ ११ भन्दा अघि अर्थात करिब ६/७ महिनादेखि भने परिसूचक घटबढ घटबढको अवस्थामा थियो । तर, बुधबारको बजारमा भने परिसूचक ६०.२२ अंकले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९८ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बजारमा एक अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३३ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जुन पछिल्लो केही दिनयता राताम्मे थिए । बुधबार सबैभन्दा बढी जीवन बीमा समूह २९३.१३ अंकले बढेको छ । हरियाली छाएको बजारमा करिब ४ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भइरहेको छ । उपकार लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, १०, ९.९६ र ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.४४ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२८ प्रतिशतले बढेको छ । बजारमा हिमालयन बैंक, माउन्टेन हाइड्रो नेपालसहित अन्य ५ वटा (म्युच्युअल फण्ड र ऋणपत्र) टप लुजरमा रहेका छन् । जसमध्ये हिमालयन बैंकको सेयर मूल्य ०.९६ र माउन्टेन हाइड्रोको सेयर मूल्य ४.११ प्रतिशतले घटेर क्रमशः ३२० र ३१० रुपैयाँमा झरेको छ । पछिल्लो केही दिन यता बजार निरन्तर घटेसँगै बजारसम्बन्धित लगानीकर्ता संगठनका लगानीकर्ताहरुले शान्तिपूर्ण आन्दोलन गर्नेदेखि राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउनेसम्मका गृहकार्य गरेका छन् । यता अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा आफू बजारप्रति सकारात्मक रहेको बताएका छन् । उनले बजारको समस्या सुधारको लागि सुझाव समिति गठन गरेको जानकारी गराएसँगै त्यसको सकारात्मक प्रभाव आजको बजारमा परेको देखिन्छ । सम्बन्धित समाचार सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति
सेयर बजारको समस्या मिलेर समाधान गरौं
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका गुनासोहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएका गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् । ‘मौद्रिक नीतिमा समावेश भएका गुनासोहरु यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासमा सहजीकरण गर्नुपर्ने छ,’ उनले भने । बजार विकासको लागि नियमनकारी संस्थाहरुबीचको समन्वयनको खाँचो रहेको बताउँदै उनले सबै नियमनकारी संस्थाहरुलाई समन्वयन गरेर काम गर्न आग्रह गरेका छन् । उनले राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीचको अन्तरसम्बन्ध समन्वयात्मक सहकार्य गर्नको आग्रह गरेका हुन् । पुँजीबजारमा नयाँ नेतृत्व आएपछि सकारात्मक प्रयासहरु भइरहेको र ती प्रयासमा थप तीव्रता दिन आवश्यक रहेको उनले बताए । हरेक नियमनकारी संस्थाहरुमा जवाफदेहीताको सहितको स्वायत्ता हुनुपर्ने छ । नेपाल सरकारअन्तर्गतका जुनसुकै नियमनकारी निकायका संस्थाहरुलाई जवाफदेहीताको सहितको स्वायत्ताको उपयोग गर्न अपिल गरेका छन् । धितोपत्र बजारको आजको समस्याको समाधान गर्नको लागि नेपालको पुँजीबजारललाई अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ । त्यो आधुनिक प्रविधिको अभावमा नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्न सक्ने प्रयास गर्नुपर्छ । ‘म अर्थमन्त्रालय आएदेखि सबैभन्दा पहिला पुँजीबजार सुधार गर्ने विषय उठाएको थिएँ, र, समस्याहरुको पहिचान गर्न सचिवज्यूहरुसँगको व्यापक छलफल गरियो । र, पहिचान गरेर त्यसलाई नयाँ ढंगले अघि बढ्ने काम गरिएको छ’, उनले भने । बजारमा प्रविधिको आवश्यक रहेको छ, त्यसको लागि नियमनकारी संस्थाहरुलाई सहजीकरण गर्न अर्थमन्त्रालय तयार रहेको उनले बताए । भौतिक पूर्वाधारको विषयमा पनि अर्थमन्त्रालयले सहजीकरण गर्ने उनले बताए । सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति स्वचालित कारोबार प्रणालीलाई विश्वसनीय बनाई लगानीकर्तालाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउनु पर्ने बताउँदै उनले धितोपत्र बजारसम्बन्धी जनचेतनाका कार्यक्रम अपर्याप्त भएकोले लगानीकर्ताहरुले समस्या भोग्नुपरेको समेत बताए ।