सिइडिबी हाइड्रोपावरको लकइन अवधि वैशाख ३१ गते सकिँदै
सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको लिमिटेड कम्पनीको लकइन अवधि वैशाख ३० गते सकिने भएको छ । कम्पनीले संस्थापक सेयरधनी तथा कर्मचारीहरूकाे सर्वसाधारणलाई बाँडफाँट गरिएकाे सेयरको लकइन अवधि वैशाख ३० गते सकिने भएको हो । कम्पनीले एक सूचना जारी गर्दै संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो । कम्पनीले २०७८/१/३१ गते उक्त सेयर बाँडफाँड गरेको थियो ।
सानिमा जीआईसीको प्रस्तावित २५ प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । चैत २९ गते सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै कम्पनीले चुक्ता पुँजी २ अर्बको २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । उक्त सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९/०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न उक्त सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पारित भएको छ । त्यसैगरी, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गरिएको छ । साथै, कम्पनीले आगामी दिनमा व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।
निलगिरि खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाडौं । निलगिरि खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको एजेन्डा पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते दिन काठमाडौंको लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा बिहान १०ः३० बजे विशेष साधारण सभा आह्वान गरेको हो । सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर बाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।