काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशत बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयरको रकम ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ । जसअनुसार सेयरधनीले ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर पाउनेछन् ।
त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
बोनस सेयर र नगद लाभांश गरी कम्पनीले कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांश आगामी १७औँ वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ । साधारणसभाबाट स्वीकृत भएपछि मात्रै प्रस्तावित लाभांश सेयरधनीलाई वितरण हुनेछ ।