सर्वोत्तम सिमेन्टको लकइन सकिँदै, एकैपटक साढे २५ लाख कित्ता कारोबारमा आउने

काठमाडौं । सर्वोत्तम सिमेन्टको लकइन अवधि भदौ २५ गते सकिने भएको हो । कम्पनीको संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरू (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको सेयरको लकइन अवधि सकिन लागेको हो । संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरूको २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ । सर्वोतम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशतले हुन आउने कूल ६० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख किता योग्य संस्थागत लगानीकर्तालाई र सर्वसाधारणलाई छुट्टयाईएको सेयर मध्येको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ किता सेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरेको थियो । नेपाल धितोपत्र बोर्डले वि.सं २०८० कात्तिक २५ गत संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषलाई वितरण गरेको सेयर ६ महिनासम्ममा लकईन राख्नुपर्ने व्यवस्था बमोजिम लकईन राख्न निर्देशन दिएको थियो । सोही बमोजिम २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन अवधि भदौ २५ गते सकिने कम्पनीले जनाएको छ ।

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य भने सार्वजनिक गरेको छैन । यदि ३५ दिनभित्र संस्थापकहरूले खरिद नगनरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

हिमालय उर्जाको हकप्रद सेयर बिक्री बिक्री खुला

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज साउन २४ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत असार २० गते बुकक्लोज गरेको थियो । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन् ।