नेपाल टेलिकमको २५५ एमबी डाटा अफर, भदौ १६ गतेदेखि लागू
काठमाडौं, १४ भदौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार उपभोक्ताले १०० एमबी डाटा सव्सक्राइब गर्नका लागि स्पेशल १०० एमबी र २५५ एमबी डाटा सव्सक्राइब गर्नका लागि SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी भदौ १६ गतेदेखि ३ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ ।
विदेश उड्ने जहाजका चार लाख सिट खाली
काठमाडौं, १४ भदौ । अन्तराष्ट्रिय उडान भर्ने २९ वटा बायु सेवा कम्पनीको चार लाख सिट खाली भएको छ । जहाजको क्षमता अनुसार यात्रु नपाउँदा गत आर्थिक वर्षमा नेपाल हुँदै अन्तराष्ट्रिय उडान भर्ने ती कम्पनीहरुको चार लाख सिट खाली भएको हो । २९ कम्पनीले बार्षिक ३६ लाख १३ हजार जनालाई बोक्न सक्छन् । तीमध्ये गत आर्थिक वर्षमा जम्मा ३२ लाख १७ हजार यात्रुलाई मात्रै उडान गराएका हुन् । नेपालमा उडान भर्ने कम्पनीहरुले सातामा २१ वटासम्म उडा भर्न पाउँछन् । नेपालले हालसम्म ३८ देशसँग हवाई सेवा सम्झौता गरेको छ भने १५ वटा मुलुकसँग उडान भरिरहेको छ । समाचारः अन्नपूर्णपोष्टबाट
होटेलमा वित्तिय संस्थाको ४० अर्ब लगानी
काठमाडौं, १४ भदौ । होटल क्षेत्रमा बैंक तथा वित्तिय क्षेत्रको लगानी ४० अर्ब पुगेको छ । बैंक तथा वित्तिय कम्पनीले आर्थिक वर्ष २०७१÷७२ मा होटल क्षेत्रमा गरेको लगानी भन्दा १० प्रतिशतले वृद्धि गरेर ४० अर्ब पुर्याएका हुन् । सो अवधीमा होटल क्षेत्रमा वित्तिय संंस्थाको लगानी ३० अर्ब ११ करोड रहेको थियो भने हाल ३९ अर्ब ९० करोड पुगेको छ । यो लगानी करिब ३३ प्रतिशतले बढि हो । होटल एसोसियसन अफ नेपाल(हान)का अनुसार हाल २५० वटा होटल सञ्चालनमा रहेका छन् । समाचारः कान्तिपुर दैनिकबाट