भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल नियुक्त

काठमाडौं । भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिग्देललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । 

भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरेको थियो।

अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारमध्ये सिग्देललाई रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

सोही सिफारिसका आधारमा मन्त्रालयले उनलाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

Share News