बालेनले १० हजार १९० मत प्राप्त गर्दा ओलीको कति ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा-५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बर बढी मत पाएका छन् ।  ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा-५ को मतगणना जारी रहेको छ ।

सर्लाही-४ मा मतगणना सुरु

काठमाडौं । । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही-४ मा मतगणना सुरु भएको छ । शुक्रबार बिहान करिब सवा १० बजेदेखि मतगणना औपचारिक रूपमा सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका नेपाली कांग्रेसका सभापति गगन थापा र  राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मतगणनाको पहिलो चरणमा बलरा नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको छ। बलरा नगरपालिका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका भएकाले प्रारम्भिक नतिजाले चुनावी प्रतिस्पर्धाको संकेत दिने अपेक्षा गरिएको छ । सर्लाही-४ मा मुख्य दलहरूबीच रोचक प्रतिस्पर्धा देखिएकाले प्रारम्भिक परिणामप्रति राजनीतिक वृत्तको विशेष चासो रहेको छ । 

विराजभक्त श्रेष्ठको फेरि काठमाडौं ८ मा जित सुनिश्चित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ जित नजिक पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठले ९ हजार ३२० मत प्राप्त गर्दै फेरि संसद् यात्रा सुनिश्चित गरेका हुन् ।  श्रेष्ठ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । लगातार दोस्रोपटक जित हात पार्दै उनले आफ्नो राजनीतिक प्रभाव कायम राख्न सफल भएका छन् ।  यस क्षेत्रमा सुमन सायमि भने अपेक्षित मत ल्याउन सकेनन्। नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार सायमिले यसपटक १ हजार २३४ मत मात्र प्राप्त गरे ।