यस्ता छन् मन्त्रिपरिषद बैठकका ७ निर्णयहरू

काठमाडौं । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले विभिन्न ७ निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री शाहको टोली आइतबार पौने २ बजे भारत भ्रमणमा जान लागेको हो ।

यी हुन् निर्णयहरू :

१. २०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

२. चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने ।

३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

४. नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

६. ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स २०८३ स्वीकृत गर्ने ।

७. राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।
 

Share News