काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते (मंगलबार) बस्ने भएको छ ।
बैठक मंगलबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
दुलालले जारी गरेको सूचनामा बैठकमा केन्द्रीइ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । यद्यपि सूचनामा बैठकका एजेन्डा भने उल्लेख गरिएको छैन ।