सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन् । गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत ल्याए । यसैगरी, नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत पाएकी छन् । 

झापा- ५ मा बालेन ४० हजार ५२५ मतले अगाडि

काठमाडौं । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले ५५ हजार ९३४ मत पाएका छन् । उनी ओलीभन्दा ४० हजार ५२५ मतले अगाडि रहेका छन् ।  एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन् । झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । हालसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ । १७ हजार ९३१ मत गणना गर्न बाँकी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा  हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।   निर्वाचन आयोगका अनुसार काठमाडौं– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएका छन् ।   जारी मतगणनामा रास्वपाकी सोविका गौतम (चितवन–३), डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (सर्लाही–१), आशिका तामाङ (धादिङ–१),पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरी कुमारी (महोत्तरी चार)मा अग्रस्थानमा रहेका छन् ।   आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ ।