मध्य मर्स्याङदी रोकेर माथिल्लो मर्स्याङदी किन्ने तयारी, बिजुली नकिने ८० प्रतिशत जरिवाना तिर्नुपर्ने

काठमाडौं ९, असोज । निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मर्स्याङ्दी ‘ए’आयोजनाबाट उत्पादित विजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्यमस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको समाचार आइतबारको कारोबार दैनिकमा छापिएको छ। माथिल्लो मर्स्याङ्दीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मर्स्याङ्दी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाए छ। सयममै प्रसारणलाइन नबानाउँदा मस्र्याङदीको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ । मध्य मस्याङदी तल्लो मस्र्याङदी प्रसारण लाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रसारणको सम्भावना छैन ।

राजधानीका ९० प्रतिशत घर भवनसंहिता विपरित, मापदण्ड पालनामा कडाइ भएन

काठामाडौं ९, असोज । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन्। भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी रुपमा कार्यान्वयन हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको समाचार आइतबारको नेपाल समाचार पत्रले छापेको छ। स्थानीय निकायमा दक्ष प्राविधिक जनशक्तिको अभाव र नागरिकहरुमा चेतनाको कमीका कारण अहिले पनि मापदण्ड विपरित घर निर्माणको क्रम रोकिएको छैन। शहरी विकास तथा भवन नपर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले राष्ट्रिय भवनसंहिता लागू गर्नका लागि स्थानीय तहमा दक्ष प्राविधिक जनशक्ति नहुनु र नागरिकमा चेतानाको कमिका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।

बडादसैँको साइत सार्वजनिक, असोज २५ गते ८ः४५ बजे टीका थाप्नु शुभ

काठमाडौँ, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज १५ गते शनिबारबाट नवरात्र अर्थात् दसैँ सुरु हुँदैछ । सो दिन बिहान ८ः३५ बजे घटस्थापनाको साइत राम्रो रहको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । असोज १६ गते आइतबार बिहान ८ः३७ बजे पूर्व फर्केर झन्डा फेर्नु शुभ हुने समितिले जनाएको छ । असोज २० गते बिहीबार पचली भैरव यात्रा, असोज २२ गते शनिबार तुलजा भवानी यात्रा बिहान ७ः३९ बजे र तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत ८ः४५ बजे जुरेको छ । असोज २२ गते फूलपाती परेको छ । फूलपाती भित्र्याउनका लागि साइत आवश्यक नपर्ने अध्यक्ष गौतमको भनाइ छ । असोज २३ गते आइतबार महाअष्टमी र राति कालरात्रि, २४ गते सोमबार महानवमी पर्व परेको छ । असोज २५ गते मङ्गलबार दसैँको मुख्य दिन अर्थात् दुर्गाको प्रसाद लगाउने विजयादशमी परेको छ । “विजयादशमीका दिन बिहान देवी विसर्जनको साइत ८ः२५ बजे र साइतमा भगवतीको टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि ८ः४५ बजेको साइत शुभ छ, सामान्यतया राज्य सञ्चालकले शुभसाइतमा प्रसाद ग्रहण गर्नु राम्रो हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ, अन्यले त्यसदिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका, जमरा र प्रसाद ग्रहण गर्न सक्छन्” – उनले भने । विजयादशमीकै दिन तुलजा भवानीको यात्रा ११ः२७ बजे र स्थिरासनमा राख्ने साइत ११ः५१ मा शुभ छ । खड्ग यात्रा पनि विजयादशमीकै दिन बिहान ११ः५१ बजे राम्रो रहेको छ । असोज २९ गते शनिबार सबै बलि पूर्ति गरी टीका, जमरा र प्रसाद ग्रहण समाप्त हुनेछ । सोही दिन कोजाग्रत पूर्णिमा रहेको समितिले जनाएको छ । रासस