नेपालका २६ पालिकाः कहाँ कस्तो छ पर्यटकीय क्षेत्र, कसरी हुँदैछ विकास ?

काठमाडौं । नेपाल पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बाेकेकोे ठाउँ हो । नेपालमा ठाउँ अनुसारको फरक फरक हावापानी पाइन्छ । नेपालका हरेक ठाउँ प्राकृर्तिक रुपले पनि एकदमै सुन्दर रहेका छन् । भौगाेलिक बनावट ठाउँ अनुसार फरक फरक रहेको छ । पर्यटन क्षेत्रले नेपालको आर्थिक क्षेत्रमा ठूलो सहयोग पुर्याएको छ । हिमाल, पहाड र तराईका फाँटहरु रहेका हाम्रो देशमा आन्तरिक तथा वाह्य पर्यटनको पनि बक्लो उपस्थिति रहेको पाइन्छ । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण र सन्त्रासले वाह्य पर्यटनको आवागमन खासै छैन । पर्यटनको लागि देशभरका स्थानीय तहहरुले पर्यटन प्रवद्र्धनमा जोड दिएका छन् । स्थानीय तह अर्थात पालिकाहरुले आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीय गन्तव्यको प्रचारप्रसार पनि गरिरहेका छन् । पर्यटन प्रबद्र्धनकै लागि विभिन्न स्थानहरुमा भ्यू टावरहरु पनि निर्माण भइरहेका छन् । यसै सन्दर्भमा विभिन्न पालिकाहरुमा पर्ने चर्चित पर्यटकीय क्षेत्रको परिचय र त्यसको विकास तथा प्रबद्र्धनका लागि पालिकाहरुले के कस्ता कामहरु गरिरहेका छन् भन्ने उदेश्यले यो सामग्री तयार पारेका छौं । वाग्मती गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तरगत ललितपुर जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः यो गाउँपालिकाभित्र चर्चित विभिन्न पर्यटीकय क्षेत्र छन् । माल्टा फाँट, भट्टेडाँडाको राडार क्षेत्र, सिद्धेस्वर महादेव, महाङ्कालस्थान मन्दिर, बुद्ध बिहार, आश्राङको ध्याम्पे दह, गिम्दीको चमेरो गुफा जस्ता चर्चिय पर्यटीकय क्षेत्र यो पालिकामा पर्छन् । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चन गाउँपालिकाको पर्यटन क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारसँग बजेट माग गरिएको बताउँछन् । तर, बजेट परेन । गाँउपालिकाको वडा नं ३ भित्र रहेको तीनपाने राडार पर्यटकीय स्थलका रुपमा चर्चित छ । यो ठाउँमा पर्यटकको धेरै भिड लाग्ने गरेको छ । सातकन्य भन्ने ठाउँमा पनि धेरै पर्यटन आउने गरेका छन् । गाउँपालिका भित्रका मठमन्दिर निर्माण गर्ने काम र प्रचारप्रसारमा पनि जोड दिएको अध्यक्ष लोप्चनले बताए । बेसीशहर नगरपालिका बेसीशहर नगरपालिका गण्डकी प्रदेशमा पर्ने एउटा सुन्दर नगरपालिका हो । पर्यटकीय क्षेत्रः यस नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । लमजुङ दरवार र बरा पोखरी यस नगरपालिकाका चर्चित पर्यटकीय स्थलहरु हुन् । के गर्दैछ नगरपालिका ? नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको पहिचान र विकासका लागि प्रारम्भिक चरणको कामहरु सकिएको छ । सांस्कृतिक, धार्मिक हिसावले यो नगरपालिका महत्वपूर्ण रहेको छ । लमजुङ दरवारको सिढी करोडौं रुपौयाँको लागतमा निर्माण भइरहेको छ । यस्तै, बरा पोखरी जाने अस्थाई बाटो निर्माण सम्पन्न हुन लागेको र ८ वटा पार्क निर्माणको लागि डिपिआर तपार पारिसकिएको नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । षडानन्द नगरपालिका यो नगरपालिका प्रदेश १को भोजपुर जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः यो नगरपालिकामा पनि चर्चित पर्यटकीय क्षेत्र छन् । नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्र धेरै छन् । यस नगरपालिकामा बालागुरु षडानन्द गुरुले निर्माण गर्नु भएका धार्मिक क्षेत्र र मठ, मन्दिर छन् । विक्रम सम्वत १९३२ मा षडानन्द गुरुले स्थापना गरेको स्कुल देशकै नमुना स्कुलका रुपमा लिइन्छ । यो नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । यहाँ सतिघाट जस्ता सति जाने भनेर चिनिने स्थानहरु छन् । साउने डाँडामा झरना छ । नगरपालिकाले बेला बेलामा धार्मिक, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न बिभिन्न कार्यक्रमहरु हुने गरेको छ । योगमायाले तपस्या गरेको ठाँउहरु रहेका छन् । योगमायाले सति प्रथाका बिरुद्ध आन्दोलन गरेको इतिहास छ । यस्तै योगमायाले सति प्रथाका बिरुद्ध आन्दोलन गरेको ठाउँ पनि यहाँ देख्न पाइन्छ । योगमायाले तपस्या गरेको ठाँउ र उनको शालिक पनि देख्न पाइन्छ । के गर्दैछ पालिका ? पर्यटकीय स्थलको डिपिआर तयार पारेर मठ मन्दिरको पनि निर्माण गरिरहेको नगरपालिकाका मेयर वीरवल राईले जानकारी दिए । दोरम्बा गाँउपालिका बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो दोरम्बा गाउँपालिका । पर्यटकीय क्षेत्रः यो गाउँपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्रकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र हो । मगर, तामाङ, शेर्पा लगायतका आदिबासी जनजातिको बहुल बासोबास क्षेत्रको रुपमा रहेको छ । यो गाँउपालिका हिन्दु संस्कृतिको अनुपम संगम स्थलको रुपमा रहेको छ । अग्लेश्वर, शैलुङ्ग, कण्ठेश्वर मन्दिर जस्ता धार्मिक स्थल महत्वपूर्ण सांस्कृतिक सम्पदाहरु यस गाँउपालिकामा रहेका छन् । के गर्दैछ पालिका ? शैलुङ्ग क्षेत्र पर्यटकीय स्थलको रुपमा चर्चित छ । बढि पर्यटक आए भने आर्थिक वृद्धि पनि हुन्छ भन्ने लक्षले गाँउपालिकामा मठ मन्दिरको निमार्ण गर्ने काम पनि गरिरहेको गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले जानकारी दिए । गाँउपालिको वडा नं २ लाई पर्यटकीय स्थलको रुपमा घोषणा गरेका छ । यो गाँउपालिकमा आन्तरिक पर्यटनको बढी आर्कषण रहेको पाइन्छ । पर्यटन आकर्षण गर्नको लागि पर्यटन पूर्वधारको विकास पनि जोड दिइएको छ । पर्यटन विकासको लागि वार्षक २ करोड रुपैयाँ बजेट विनियोजन हुँदै आएको अध्यक्ष तामाङले जानकारी दिए । दुधपोखरी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः दूधपोखरी कुण्डको आधारमा यो गाउँपालिकाको नाम राखिएको हो । हिमालको काखमा रहेको दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थलको रुपमा प्रसिद्ध छ । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न मठ मन्दिरको पनि निमार्ण गरिरहेको अध्यक्ष छुपीमाया गुरुङले जानकारी दिइन् । यो गाउँपालिकाबाट हिमाली दृश्य अबलोकनका साथै हरिया खर्कको मनोरम दृश्यपान पनि गर्न सकिन्छ । धवलागिरी गाउँपालिका गण्डकी प्रदेश अन्तरगत म्याग्दी जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो धवलागिरी । यो गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्मिमा रहेको छ । पर्यटकीय क्षेत्रः यो गाउँपालिका प्रकृर्तिक रुपले पनि निकै सुन्दर छ । विश्वको सातौं अग्लो धवलागिरी हिमाल यो गाउँपालिकामा पर्छ । यहाँ विभिन्न धार्मिक स्थल पनि छन् । के गर्दैछ पालिका ? यो गाँउपालिका पर्यटन क्षेत्रको लागि प्रवल सम्भवाना बेकेको ठाउँ हो । गाँउपालिका साना तिना हिमालहरु धेरै रहेका छन् । पद मार्ग विकास गरी गाँउपालिमा रहेको मठ मन्दिरको पनि प्रचार प्रसार गरिरहेको र पर्यटनको लागि होमस्टेको पनि व्यावस्थापन मिलाएको गाउँपालिका अध्यक्ष थमसार पुनले बताइन् । पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेट विनियोजन पनि गर्ने गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका हजार वर्ष पुरानो त्रिपुरासुन्दरी मन्दिर नामबाट नामाकरण गरिएको यो गाउँपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः हरिया पहाडहरु र जुगल अनि गौरीशंकर हिमाल यो पालिकाबाट हेर्न सकिन्छ । काठमाडौंबाट नजिकै रहेको हुनाले आन्तरिक पर्यटनको निकै भिड लाग्ने गरेको छ । पालिकाले शहिद पार्क निर्माण गरेको छ । यो ऐतिहासिक स्थान हो । गाउँपालिका भित्र महाभिर झरना र हरिया डाडाँ धेरै छन् । के गर्दैछ पालिका ? गाउँपालिकाभित्र बुद्ध पार्कको स्थापना गरिएको अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए । सो स्थानमा ३८ फिटको उचाइमा बुद्धको मुर्ति राखिएको छ । तौथलीस्थित टोकलोखु डाडाँमा पार्कको स्थापना गरिएको हो । सो पालिकाको वडा नं ३ बाट सूर्यास्ता पनि देख्न सकिन्छ । गाउँपालिका भित्र मठ, मन्दिर रहेको, प्रचार प्रसार गरी पर्यटन विकासलाई पनि जोड दिई रहेको अध्यक्ष् श्रेष्ठले जानकारी दिए । क्व्होलासोथार गाउँपालिका यो गाउँपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः भौगोलिक बनावटले पनि सुन्दर अनि गुरुङ्ग समुदायको बाहुल्यता भएको यस क्षेत्रमा एसिया महादेशको नमुना गाउँ घलेगाँउ र भुजुङ पनि पर्छ । नेपालकै दोश्रो होम–स्टेको अवधारण पनि यसै गाउँपालिकाबाट सुरु भएको हो । कृषि, पर्यटन र आन्तरिक रीति संस्कृतिमा पनि गाँउपालिकाको छुट्टै पहिचान छ । गुम्बा, मठ–मन्दिर र विभिन्न समुदायको भेष–भुषा, चाड–पर्वको विषयमा अध्यान गर्नेको लागि पनि एक गन्तव्य स्थलको रुपमा रहेको छ । ल्होसार, दशैं, तिहार, बुद्ध पुर्णिमा यहाँको प्रमुख पर्व हुन् । घाँटु, सोरेठी नृत्य पनि यो गाँउपालिकाको आकर्षणका रुपमा रहेको छ । पर्यटन, चिया बगान, कफि बगान, अलौंची खेति र भेडा पालन यस भेगका सर्वसाधारणको प्रमुख आय आर्जन गर्ने स्रोत हो । मनोरम दृश्य, सेता हिउले ढाकिएको हिमाल र मनोरम पहाडी दृश्य हेर्नको लागि भ्यु–टावर, गुरुङ समुदायको परापुर्व कालदेखि रिति, संस्कृति र पहिचानको जगेर्ना गर्नका निमित निर्माण गरिएको संग्रालयका साथै घले राजाको पार्कले पनि गाउँपालिकाको सुन्दरता थपेको छ । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउदै आएको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न कुनै कञ्जुस्याईं नगरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । गोकुगंगा गाउँपालिका बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लाको उत्तर पूर्व पहाडी भागमा अवस्थित प्रकिृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो गोकुलगंगा । पर्यटकीय क्षेत्रः यो गाउँपालिकाको अधिकांस भाग पहाडी भूभागले ढाकेको र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँपालिकामा विभिन्न धर्म मान्ने मानिसहरुको बहुल्यता रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार पर्यटकीय क्षेत्रको रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रको प्रचार प्रसारका लागि तीब्र रुपमा काम भइरहेको बताउँछन् । पाँचपोखरीसम्म जानको लागि सडक निर्माण गरिएको, तांबे डाँडामा मन्दिरको निर्माण गर्नका लागि डिपिआर तयार पारिएको उनको भनाइ छ । पर्यटको लागि गाउँपालिकामा होमस्टे, होटल सञ्चालन भएका छन् । पर्यटन विकासको लागि गाउँपालिकामा आरसिसि भवन भएका होटललाई सञ्चालन गर्नेलाई पनि अनुदानको व्यवस्था गाउँपालिकाले बनाएको छ । बलेफी गाउँपालिका बागमती प्रदेशको सिधुपाल्चोक जिल्लामा बलेफी गाउँपालिका पर्छ । यो गाँउपालिकाभित्र धार्मिक अनुयायीहरु जस्तै, हिन्दु, बौद्ध र क्रिचियनहरु बसोबास गर्ने गरेका छन् । यहाँको मुख्य भाषा भनेको नेपाली हो । त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गरिन्छ । गाँउपालिका कठमाडौंदेखि करिव ७० किमिको दुरीमा रहेको छ । पर्यटकीय क्षेत्रः खास गरेर गाँउपालिकाको २ वटा सिमा रेखा एउटा सुनकोशी नदि रहेको छ भने अर्काे बलेफी नदी रहेको छ । गाँउपालिकामा रहेको भोटे कोशी ‘ह्वाइट रिभर’ नाम मा चिनिन्छ । यो नदिमा राफ्टिङ्ग हुने गरेको छ । यहाँ पुराना मठ मन्दिर, गुम्वा पनि रहेका छन् । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री काठमाडौंबाट विदाको समयमा शनिबार बसेर आईतबार अफिस भ्याउन सक्ने हुनाले पर्यटकीय सम्भावना बढी भएको बताउँछन् । जुगल हिमाल आरोहण गर्न जादा गाँउपालिकाको वाटो भएर जानु पर्छ । यसको प्रचार प्रसार गर्ने सकियो भने वाह्य पर्यटनमा पनि धेरै टेवा पुग्ने अध्यक्ष क्षेत्रीले बताए । यहाँ पुराना मठ मन्दिर, गुम्वा पनि रहेका छन् । पर्यटनको लागि होम स्टेको पनि व्यावस्थापन गरिएको र १० लाख रुपैयाँ लगानीमा होमस्टे सञ्चालन गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । कालिका गाउँपालिका बागमती प्रदेशको रसुवा जिल्लाामा कालिका गाउँपालिका पर्छ । मनोरम पहाडी दृश्यले भरिपूर्ण यो गाउँपालिका पर्यटनको धेरै सम्भावना बोकेको स्थान हो । पर्यटकीय क्षेत्रः प्राकृर्तिक हराभराले सुसजित यो पालिकाभित्र स्याउबारी र कमेरे नदि यहाँको चर्चित पर्यटकीय स्थल हुन् । के गर्दैछ पालिका ? गाँउपालिकाको वडा नं २ को स्याउबारी क्षेत्र एकदमै सुन्दर स्थान हो । यो ठाँउलाई प्रचार प्रसार गर्ने र पर्यटन विकास गरी आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने तथा गोसाइँकुण्ड जाने बाटो निर्माणको योजना रहेको गाउँपालिकाकी अध्यक्ष सीता कुमारी (पौडेल) अधिकारीले बताइन् । कमेरे नदि क्षेत्रमा १८१४ मा चीनसँग युद्ध लड्दा लागेका गोलीको संरक्षण गरिएको उनको भनाइ छ । पर्यटन पुर्वाधारको विकासको लागि वार्षिक १ करोड ५० लाख रुपैयाँ बजेट छुट्टयाइने गरिएको छ । कमलामाई नगरपालिका बागमती प्रदेश सिन्धुली जिल्लामा यो नगरपालिका पर्छ । यो नगरपालिकाले मानव विकास क्रममा, मौलिक परम्परा, सांस्कृतिक, सामाजिक संरचनालाई जोड दिइरहेको छ । पर्यटकीय क्षेत्रः यो नगरपालिका पनि एक दमै सुन्दर रहेकोे छ । यहाँका मुख्य पर्यटकीय स्थलको रुपमा सिन्धुलीगढी र कमलामाई मन्दिर लगायत छन् । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि नरपालिकाले विशेष जोड दिइरहेको छ । ऐतिहासिक सिन्धुलीगढीमा नेपाल–अंग्रेज युद्धताकाका ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्यटन पूर्वाधान बनाउने र कमलाई मन्दिरमा पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको मेयर खड्गबहादुर खत्रीले जानकारी दिए । खानीखोला गाउँपालिका बागमती प्रदेश अन्तर्गतको काभे्र जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः काभे्रको डाँडापारि भनेर चिनिने यो गाउँपालिकामा पूर्वमा महाभारत, पश्चिममा महांकाल, उत्तरमा वेथान र दक्षिणमा वागमती गाँउपालिका पर्छ । शितल, शान्त, प्रदुषणरहित, हरियाली खेत खानीखोलाले घेरेको बस्ती भनेर चिनिन्छ । यो गाँउपालिकाले प्राकृर्तिक विविधता बोकेको छ । के गर्दैछ पालिका ? आकर्षक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न र्धािर्मक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु रहेको कारण विकास गर्न सकिने ठुलो संभावना रहेको गाउँपालिका अध्यक्ष कृष्ण वहादुर खुलालले जानकारी दिए । पालिकाले पर्यटन पूर्वाधार निर्माणका लागि वार्षिक ६० लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ । मनहरि गाउँपालिका बागमती प्रदेशको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । पर्यटकीय क्षेत्रः यो गाउँपालिकामा मुख्य पर्यटक स्थलको रुपमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पर्छन् । के गर्दैछ पालिका ? पर्यटन क्षेत्रको विकास लागि पालिकाले समिति नै गठन गरेर अध्ययन गरी योजना तर्जुमा गरिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि सोही पालिकाभित्र पर्ने भएकोले त्यसको उचित प्रबन्ध गर्दै मनहरि पिस पार्क निर्माण गरिरहेको उनको भनाइ छ । यस्तै, ६५ फिट अग्लो बुद्धमुर्ति निर्माण पनि भएको उनले जानकारी दिए । मिक्वाखोला गाउँपालिका प्रदेश १ को ताप्लेजुङ जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः भौगोलिक रुपमा बिकट र दुर्गम भए पनि मिक्वाखोला गाँउपालिका पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । गाँउपालिकाभित्र पर्यटकलाई आकषर्ण गर्ने खाल्को फुंगफुगे झरना छ । के गर्दैछ पालिका ? गाँउपालिका क्षेत्रभित्र सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम गरिरहेको तथा गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र भएकोले पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्नका लागि वार्षिक २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष रामकुमार सावाले जानकारी दिए । नौकुण्ड गाउँपालिका बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो नौकुण्ड गाउँपालिका । पर्यटकीय क्षेत्रः चुरे ढुङ्गा पर्यटकीय स्थल यो पालिकाको चर्चित स्थान हो । गाउँपालिकाको अन्य धेरै स्थानमा आकर्षक मठ मन्दिर पनि रहेका छन् । के गर्दैछ पालिका ? चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको चुरे ढुङगाको प्रचारप्रसार तथा त्यसका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको अध्यक्ष नोर्बु स्याङ्बो घलेले जानकारी दिए । पालिका क्षेत्रमा रहेका मठ, मन्दिर लगायत धार्मिक पर्यटकीय क्षेत्रको निर्माणका लागि डिपिआर तयार पारेर काम अघि बढेको उनको भनाइ छ । नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा यो गाउँपालिका पर्छ । वाइवा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाकको बेसी हुदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर यस गाउँपालिकाको नाम नेत्रावती डबजोङ राखिएको हो । पर्यटकीय क्षेत्रः यो गाउँपालिकाभित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेव स्थान, कुण्डला देवी मन्दिर, बाराही मन्दिर र दोश्रो नव बुद्ध क्षेत्र रहेका छन् । के गर्दैछ पालिका ? यो पालिकामा चर्चित पर्यटकीय क्षेत्र डबजोङ दरवार छ । यसको संरक्षण गर्ने लागि १० लाख रुपैयाँ रकम संघीय सरकारले दिएको गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यले जानकारी दिए । विन्दुकेशर महादेव भएको स्थानमा चैत महिना भरी मेला पनि लाग्ने गरेको छ । सो ठाउँसम्म पुग्नको लागि सडक निर्माण गनुका साथै मठ मन्दिरको पुननिर्माण र संरक्षण गरिरहेको शाक्यको भनाइ छ । अजिरकोट गाउँपालिका गण्डकी प्रदेश गोरखा जिल्लामा यो गाउँपालिका रहेको छ । पर्यटकीय क्षेत्रः गाउँपालिकाको मुख्य नदीको रुपमा दरौंदी र चेपे रहेका छन् । थेरै समथर टारहरु र अधिकांश हरियाली पहाडी क्षेत्र रहेको यो पालिकाको वातावरण स्वास्थ्य र रमणीय छ । नागपोखरी क्षेत्र यो पालिकाभित्रको चर्चित पर्यटकीय गन्तव्य हो । के गर्दैछ पालिका ? पर्यटन क्षेत्रको लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पर्यटन विकास लागि गत साल ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पर्यटन विकासको लागि गाउँपालिकामा होमस्टे पनि सञ्चालन भएको छ । गाउँपालिकाभित्र मठ मन्दिरको निर्माण गरिएको छ । भुमेथान मन्दिर र नागेपोखरी गाउँपालिकाको मुख्य पर्यटकीय स्थलको रुपमा रहेको गाउँपालिका अध्यक्ष फणिन्द्र प्रसाद धितालले जानकारी दिए । यो गाउँपालिकाबाट गणेश हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ । रामेछाप नगरपालिका बागमती प्रदेश अन्तर्गतको रामेछाप जिल्लामा यो नगरपालिकामा पर्छ । पर्यटकीय क्षेत्रः यस नगरपालिकामा पर्यटन क्षेत्रहरु धेरै रहेका छन् । यस नगरपालिकामा भ्युटावरको पनि निर्माण भइरहेको छ । पिकनिक स्पट पनि धेरै रहेका छन् भने नगरपालिकामा होमस्टेको स्थापना गरेर संचालन भइरहेको छ । के गर्दैछ पालिका ? नगरपालिकामा ‘एक वडा एक पर्यटकीय’ क्षेत्र छुटाएर पर्यटन विकास गरिरहेको मेयर नरवहादुर थापा मगरले जानकारी दिए । नगरपालिका भित्र रहेका मठमन्दिको प्रचारप्रसार गरिरहेको, भ्युटावरको पनि निर्माण भइरहेको, पर्यटन पुर्वधारको विकासमा पनि जोड दिएको पनि मेयरले मगरले बताए । सभापोखरी गाउँपालिका प्रदेश १ अन्तर्गत रहेको संखुवासभा जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः यस गाउँपालिकामा विभिन्न धार्मिक तिर्थहरु (सभापोखरी, बन्दुके तिर्थस्थल, गोरुजुरे हिमाल, रानीढुङ्गा लामालमिन गुफा, महादेव स्थान जस्ता महत्वपूर्ण धार्मिक स्थलहरु) रहेका छन् । के गर्दैछ पालिका ? गाउँपालिका अध्यक्ष रतन वहादुर सुब्बा सो पालिकामा पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको बताउँछन् । धार्मिक क्षेत्र रुपमा सभापोखरी क्षेत्रलाई विशेष जोड दिएको उनको भनाइ छ । यस्तै, त्रिवेणी धामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ३ करोड रुपैयाँ बजेट विनियोज गरिएको र पर्यटन विकासका लागि वार्षिक ३० लाख रुपैयाँ बजेट छुट्टयाइएको अध्यक्ष सुब्बाले जानकारी दिए । शिवपुरी गाउँपालिका बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्लामा यो पालिका रहेको छ । पर्यटकीय क्षेत्रः शिवपुरी गाउँपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्रकिृतिक रुपले फरक विशेषता बोकेको पालिका हो । भगवान शिवको आराधाना तथा तपस्याको लागि ऋषि, महर्षि तपस्वीहरुले यही स्थान प्रयोग गरेको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको छ । यो पालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा काठमाडौंबाट नजिकै पर्ने शिवपुरी गाउँपालिकाभित्र धेरै पर्यटन क्षेत्र रहेको बताउँछन् । गाँउपालिका क्षेत्रमा पर्ने चिसापानी एरिया निकै सुन्दर र आकर्षक छ । यसको विकासको लागि विभिन्न योजना बनाइएको अध्यक्ष थापाले बताए । सो स्थानमा पार्क, भ्युटावर बनाउने योजना अगाडी बढाइरहेको र बेला बेलामा पर्यटन प्रवधनको लागि कार्यक्रम सञ्चालन गरी होमस्टेको अवधारण पनि अगाडि सारेको अध्यक्ष थापाको भनाइ छ । सुनकोशी गाउँपालिका बागमती प्रदेश सिन्धुली जिल्लामा यो गाउँपालिका रहेको छ । पर्यटकीय क्षेत्रः यो गाँउपालिका प्राकृतिक रुपमा भित्री मधेशको समथर भुमिदेखि पहाडी भुभाग पनि छ । यो गाँउपालिका प्रकृतिक सुन्दरता एवं एतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो गाँउपालिका काठमाडांैबाट करिब १५० किलेमिटर पूर्वमा रहेको छ । सुनकोशीमा र्याफटिङ्ग गर्न र गाँउपालिका भित्र रहेका विभिन्न धार्मिक क्षेत्र घुम्न रुचाउनेहरुको यहाँ भिड लाग्ने गरेको छ । के गर्दैछ पालिका ? गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि प्रारम्भिक चरणको काम सम्पन्न भएको तथा पदयात्रा बनाउनको लागि सम्बन्धित वडाहरुलाई जिम्मा दिइएको गाउँपालिका अध्यक्ष दिपा वोहोराले जानकारी दिइन् । तादी गाउँपालिका गण्डकी प्रदेशको नुवाकोट जिल्लामा यो गाउँपालिका रहेको छ । पर्यटकीय क्षेत्रः यस गाउँपालिकाको पर्यटकीय स्थलको रुपमा गाउँपालिकाको वडा नं ४ को बाघमारा भन्ने क्षेत्र रहेको छ । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डे आन्तरिक पर्यटनको लागि बाघमारा क्षेत्र चर्चित रहेकोले त्यसको विकासका लागि काम भइरहेको बताउँछन् । थाहा नगरपालिका बागमती प्रदेशको मकवनपुर जिल्लामा यो नगरपालिका रहेको छ । पर्यटकीय क्षेत्रः यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरबाट विश्वको सर्वोच्च शिखर सहित २५ भन्दा बढि उच्च हिमशृखलाहरुको प्रत्यक्ष मनमोहको द्धश्य अवलोकन गर्न सकिन्छ । आकर्षक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न र्धािर्मक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु यो क्षेत्रमा रहेका छन् । प्रख्यात सिमभज्याङ्ग, दामन भ्यू टावर, कोट थुम्की प्रशिद्ध ऋषेश्वर मन्दिर, मनकामना मन्दिर प्राचिन शैलीका बस्तुहरु पर्यटकलाई लोभ्याउने थाहा नगरपालिकाको सम्पत्तिहरु रहेका छन् । के गर्दैछ पालिका ? नगरपलिकाका मेयर लवशेर विष्ट पर्यटन क्षेत्रको विकासका लागि विशेष जोड दिएको बताउँछन् । तीनपाटन गाउँपालिका बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तीनपाटन । पर्यटकीय क्षेत्रः यस गाउँपालिकाको पर्यटन क्षेत्रको रुपमा ठुङ्गरी नदि रहेको छ । यो क्षेत्रमा नेपाल–अंग्रेज युद्धताकाका ऐतिहासिक सम्पदाहरु रहेका छन् । यो पालिकामा जमावती गुफा पनि पर्यटकीय गन्तव्यका रुपमा चर्चित छ । के गर्दैछ पालिका ? जमावती गुफालाई धार्मिक र पर्यटकीय क्षेत्र बनाउनको लागि ५० लाख रुपैयाँ बजेट केन्द्र सरकारबाट आएको र यसको लागि टेन्डर आव्हानको काम भइरहेको अध्यक्ष कर्णबहादुर मगरले जानकारी दिए । भिमसेन थापा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो भिमसेन थापा गाउँपालिका । पर्यटकीय क्षेत्रः नेपालको पहिलो प्रधानमन्त्री, सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियारी तथा राष्ट्रिय बिभुति भिमसेन थापाको नामबाट यो गाँउपालिकाको नामकारण गरिएको हो । यो पालिका भौगोलिक विविधता पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेशी तथा अन्य प्राकृर्तिक सम्पदाले भरिएको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा भिमसेन थापाको सालिक राख्नको लागि सालिक बनाइसकेको र अनुकुल ठाँउका पार्क, भ्युटावर बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए । बिगु गाउँपालिका वागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वरी माहादेव, तातोपानी कुण्ड, गोल्मा राजा दरबार, ठाडोखोला महादेव आदि गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु हुन् । के गर्दैछ पालिका ? पर्यटन स्थलसम्मको पुग्नको लागि सडक निर्माण गर्ने, मठमन्दिरको निर्माण गर्ने र यसका साथै पर्यटन पुर्वाधारको विकासमा पनि जोड दिएको अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत नवलपरासी जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । पर्यटकीय क्षेत्रः यो गाउँपालिकामा विभिन्न रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी, दरबारका साथै ताल, पोखरी, मठ मन्दिर एवम् मन लोभ्याउने हरिया डाँडाकाँडाहरु रहेका छन् । रुद्र प्रताप सेनको रुद्रपुर गढी दरबार, गोलपोखरी शान्ति पार्क, ऐतिहासिक मगर संग्रालय, दरबार थुम्का, पौराणिककालको मयूरपोखरी आदि जस्ता विशेष महत्व बोकेका ऐतिहासिक धरोहरहरु रहेको हुप्सेकोट गाउँपालिका पर्यटकीय क्षेत्रहरु धेरै छन् । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि ६ हजार लालिगुराँस रोपेको र पर्यटन विकास समिति पनि गठन गरी गाउँपालिकामा मठ मन्दिरको पनि निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

३३ नगरपालिकाकाे पूर्वाधार र क्षमता विस्तारकाे लागि विश्व बैंकको साढे १७ अर्ब अनुदान

काठमाडाैं । नेपाल सहरी शासकीय र पुर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकिय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासंग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारको तर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय सरकारको तर्फबाट नगरप्रमुखहरुले अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन् । विश्व बैंकको साढे १७ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालनमा आएको नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले मुलुकभरका विभिन्न ३३ नगरपालिकालाई सहयोग गर्ने कार्यक्रम अनुसार विहिबार १२ वटा नगरपालिका प्रमुखसंग हस्ताक्षर भएको हो । फिदिम, गोलबजार, हरिवन, सन्धीखर्क, अमरगढी, लम्कीचुहा, भिमेश्वर,पुर्व सुस्ता कावासोती, भेरी, मुसीकोट पश्चिम रुकुम, फलेवास र लमही नगरपालिका संग अनुदान सम्झौता भएको हो । बाँकी नगरपालिकासंग शुक्रबार सम्झौता गरिने आयोजनाले जनाएको छ । दिगो शहरी विकासलाई प्रवद्र्वन गर्दै नेपालका रणनैतिक माध्यमिक शहरहरुमा कोभिड-१९ पछिको आर्थिक पुनर्लाभलाई सहयोग पुर्याउने उद्देश्यसहित आयोजनाले २९ नगरपालिकालाई ससर्त अनुदान र थप चार वटा नगरपालिकालाई क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ । आयोजना प्रमुख परिक्षित कडरियाले आयोजनालाई प्राप्त रकम स्थानिय तहलाई सर्शत अनुदानका रुपमा दिईने बताए । शसर्त अनुदानका लागि नगरपालिका चयन गर्दा भारतीय सिमामा रहेका, पुर्वपश्चिम र उत्तरदक्षिण राजमार्गमा पर्ने शहर तथा कोभिड १९ बाट बढी प्रभावित लाई मुख्य आधार बनाईएको उनले बताए । यस आयोजना अन्तर्गत सञ्चालित कार्यक्रमले ४ वर्षभित्र नेपालका रणनैतिक माध्यमिक शहरहरुमा सेवा प्रवाह र संरचनागत क्षमताको अभिवृद्धि गर्दै श्रम-सघन सार्वजनिक कार्यहरु मार्फत कोभिड १९ पछिको आर्थिक पुनर्लाभलाई गति दिने लक्ष्य राखिएको छ । नेपालको संघीयता कार्यन्वयनपछि संघीय सरकारले व्यवस्थापन र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरि विश्व बैकले लगानी गरेको यो पहिलो आयोजना हो । यो आयोजनाले संघियताको सुदृढीकरण र लक्षित नगरपालिकाहरुको क्षमता अभिवृद्धिका नतिजाहरु स्थानिय जनताको हितका लागि सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन २६ रोपनी जग्गा पास, २५ करोडमा भवन बनाउने तयारी

बाघखोर । नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन केन्द्रीय सरकारले करिव २६ रोपनी जग्गा दिएको छ । फागुन १४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बेलकोटगढी वडा नम्बर ८ बाघखोरस्थित नेपाल सरकारको नाममा रहेको २५ रोपनी १२ एक दाम जग्गा नगरपालिकाको नाममा कायम गर्ने गरी निर्णय भएको छ । उक्त जग्गामा नगरपालिका कार्यालय प्रयोजनको लागि धेरैवटा भवनहरु बनाउने तयारी भईरहेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए । ‘केन्द्रीय सरकारबाट हामीले करिव २६ रोपनी जग्गा पाएका छौं । यसमा नगरपालिकाको कार्यपालिका कार्यालय, सुरक्षा निकायको कार्यालय, कृषि कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, वर्कशप लगायतका भवनहरु बनाउने तयारीमा छौं’ उनले भने–‘यस परियोजनाको डीपीआर बनाउँदैछौं । मेरो कार्यकालमा कम्तिमा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।’ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल १५ महिना मात्र बाँकी छ । यस अवधिमा डीपीआर तयार गर्ने, ठेक्का लगाउने र निर्माणको कार्य आधाआधी सक्ने उनको योजना छ । यी संरचना बनाउने २० देखि २५ करोड रुपैयाँ आवश्यक हुने मेयर खनालको अनुमान छ । उक्त रकम केन्द्रीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतबाट जुटाउन लागेको उनले बताए । उक्त स्थानमा हाल स्थायी प्रकृतिको संरचनाहरु बनाई कार्यसञ्चालन हुँदै आएको छ । समुन्द्री सतहबाट १६ मिटर अग्लोस्थानमा भएकोले खानेपानीको व्यवस्था गर्न कठिन भएको उनले बताए । ‘खाली डाँडो भएकाले अरु समस्या छैन । मोटर बाटो पुगेको छ । बाटो पीच गर्न बाँकी छ । खानेपानीको व्यवस्था गर्न कठिन छ’ उनले भने ।