काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा डंगोलको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को ५ हजार ४११ मत गणना गर्दा बालेनले एक हजार ९१७ मत ल्याएर अग्रता कायम राखेका हुन । बालेन मतगणनाको सुरुवाती चरण देखिनै अग्र स्थानमा रहेका छन् । उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशब स्थापितले १ हजार १८९ मत ल्याएका छन् । स्थापीतलाई पछ्याउँदै बाम गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ९९२ मत पाएकी छिन् । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन् । विवेकशील साझाका उम्मेदवार कृति कंसाकरले ७६, राप्रपाका बिनिता मगैयाले ४१३ पाएकी छिन् ।

चन्द्रागिरिमा कांग्रेसको अग्रता: वडा नं १ मा कांग्रेस र २ मा माओवादी विजयी

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र ) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गरे । यस्तै, चन्द्रागिरि –२ को वडाध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत प्राप्त गरे । चन्द्रागिरि नगर प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाभित्रका पाँच हजार ६७७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार घनश्याम गिरीले दुई हजार ४१३ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८९४ मत प्राप्त गरेकाे जनाइएको छ ।

खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याएका थिए । यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।