स्थानीय तह निर्वाचन : ३८ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?
काठमाडौं । देशभर मतगणना जारी छ । जसमध्ये ३८ पालिकामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये १५ पालिका जित्दै नेपाली कांग्रेस अग्रस्थानमा छ भने १३ पालिका जित्दै एमाले दोस्रो प्रतिस्पर्धीको रुपमा छ । र, माओवादी केन्द्रले देशभरका ६ पालिका जितेको छ भने एकीकृत समाजवादीले ४ पालिका जितेको छ । कसले कहाँ जिते ? कांग्रेसले जितेका १५ पालिका १. मिङमार ढोमा लामा, चामे, मनाङ २. कोन्जो तेन्जीङ लामा, नार्पा भूमि, मनाङ ३. धनबहादुर गुरुङ, नासोँ, मनाङ ४. मोहन सिंह लालचन, घरपझोङ, मुस्ताङ ५. सोमल हिराचन, थासाङ, मुस्ताङ ६. जोकलाल बुढा, तमानखोला, बाग्लुङ ७. भीमबहादुर रोका, ताराखोला, बाग्लुङ ८. सरोजकुमार थापा, गुल्मीदरबार, गुल्मी ९. खिलध्वज पन्थी, रेसुङ्गा, गुल्मी १०. निमा बुढा, काईके, डोल्पा ११. कर्णबहादुर रावल, खार्पूनाथ, हुम्ला १२. रामबहादुर खाती, थलारा, बझाङ १३. भैरवबहादुर साउद, बडीकेदार, डोटी, १४. ईन्द्रबहादुर कार्की, गन्यापधुरा, डडेल्धुरा १५. देवकीदेवी बोहरा, अपिहिमाल, दार्चुला एमालेले जितेका १३ पालिका १. मिङमा छिरी शेर्पा, खुम्बु पासाङल्हामु, सोलुखुम्बु २. लोकेन्द्रबहादुर घले, चामे, मनाङ ३. मेङमर फुन्चो लामा, नार्पा भूमि, मनाङ ४. कान्छा घले, मनाङ ङिस्याङ, मनाङ ५. प्रदिप गौचन, थासाङ, मुस्ताङ ६. लोप्साङ छोम्पेल विष्ट, लो–घेकर दामोदरकुण्ड, मुस्ताङ ७. टसी न्हर्वु गुरुङ, लोमन्थाङ, मुस्ताङ ८. रिङजीन नामगेल गुरुङ, वारागुङ मुक्तिक्षेत्र, मुस्ताङ ९. प्रकाश ओझा, बौदीकाली, नवलपरासी (पूर्व) १०. कर्म ढुण्डुप गुरुङ, छार्का ताङसोङ, डोल्पा ११. धावा सम्डुक गुरुङ, शे फोक्सुण्डो, डोल्पा १२. प्रकाशबहादुर रोकाया, थलारा, बझाङ १३. मानवीर बोहरा, साइपाल, बझाङ माओवादी केन्द्रले जितेका ६ पालिका १. बेदबहादुर गुरुङ, नासोँ, मनाङ २. धनबहादुर विक, ताराखोला, वाग्लुङ ३. छविराम सुवेदी, नौमुले, दैलेख ४. नारासिंह रोकाया, जगदुल्ला, डोल्पा ५. ज्ञानबहादुर सिंह, खार्पूनाथ, हुम्ला ६. भक्त सिंह ठेकरे (बोहरा), अपिहिमाल, दार्चुला एकीकृत समाजवादीले जितेका ४ पालिका १. गंगबहादुर शाही, नौमुले, दैलेख २. अंगदकुमार राना, काईके, डोल्पा ३. सेनाङ गुरुङ, छार्का ताङसोङ, डोल्पा ४. पेम्मा धोर्चे गु्रुङ, डोल्पोबुद्ध, डोल्पा
रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी
रोल्पा । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बहत्तर वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरु रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी भएका हुन् । सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी भएका छन् । थवाङ गाउँपालिका–ं ५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी भएका छन् । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् । त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी भएका छन् । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन् । नेपाली कांग्रेस विजयी भएका वडा नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका हुन् । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी भएका छन् । नेकपा एमाले विजयी भएका वडा नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर विजयी भएका छन् । यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी भएका छन् । स्वतन्त्र विजयी भएका वडा रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका छन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थियो । रासस
शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित
काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएका छन् । दङ्गाले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दङ्गालको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिइन् । वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ । कांग्रेसको प्यानल विजयी यसैगरी नगरपालिका–९ मा भने वडा अध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर प्रमुखमा भने एक हजार २४८ मतका साथ एमालेका कृष्णलाल बजगाइँले अग्रता कायम गरेका छन् । उनलाई पच्छ्याउँदै नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले एक हजार १९१ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले एक हजार ८९ मत पाएका छन् । नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले एक हजार ५९४ मत पाएकी छिने । उनकी प्रतिष्पर्धी एमालेकी लक्ष्मी केसीले ९५७ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल वडा नं. २ र ८ को मतगणना भइरहेको जनाइएको छ । रासस