चन्द्रागिरि सामुदायिक अस्पतालको शिलान्यास,छुट्यायाे दुई करोड बजेट
काठमाडौं । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुन लागेको हो । सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन् । कार्यक्रममा नेता नेपालले चन्द्रागिरि क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् । “चन्द्रागिरिका जनतालाई मात्र नभएर धादिङका जनतालाई समेत अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्नेछ”, उनले भने ।नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पतालले सहयोग पुग्ने बताए । १५ देखि २५ शैयासहित निर्माण हुने उक्त अस्पताल साँढे तीनतले हुनेछ । प्रदेश सरकार र नगरपालिकाबाट नपुगेको रकम चन्द्रागिरि नगरपालिका–८ ले व्यहोर्ने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताएका छन् । एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण हुनलागेको उक्त अस्पतालमा वार्षिक एक लाखभन्दा बढीले सेवा पाउने नगरपालिकाले जनाएको छ । चन्द्रागिरि नगरपालिका क्षेत्रफलका आधारमा प्रदेश नं ३ कै सबैभन्दा ठूलो नगरपालिका पनि हो । रासस
रोग नियन्त्रण महाशाखाको देशलाई स्वस्थ बनाउने प्रयास जारी छ: निर्देशक डा. विवेककुमार लाल
डा. विवेककुमार लाल १ बर्ष देखी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको रुपमा कार्यरत छन् । महाशाखाले पहिला सरुवा रोगहरुको क्षेत्रमा मात्र काम गथ्र्यो भने अहिले आएर एचआईभी र टिभी बाहेकका सबै सरुवा रोग, मानसिक स्वास्थ्य, कुष्ठरोग, अपांगता र कुनैपनि प्रकोपहरु जिम्मेवारी भित्र पर्दछ। विं स २०३१ मा स्थापना भएको महाशाखाको २ बर्ष देखी क्षेत्र बिस्तार भई काम गरिरहेको छ । महाशाखाले देशभरको सबै ठाउँबाट रोगहरुको डाटा संकलन गरी राज्यलाई स्वास्थ्य क्षेत्रमा भएका कमि कमजोरीलाई सुधार गर्न मद्त गर्दछ । ईपिडिमियोलोजी महाशाखाको काम र नेपालमा सरुवा रोगको अवस्थाको बिषयमा महाशाखाका निर्देशक लालसँग डोमी शेर्पाले गरेको कुराकानीः ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सरकारले सरुवा रोगका क्षेत्रमा कसरी काम गरिरहेको छ ? सरकारले कति रोगहरु नियन्त्रणका लागि राष्ट्रिय अभियानको रुपमा काम गर्छ । यसमा मलेरिया तथा औलो रोग नियन्त्रण, कालाजार नियन्त्रण कार्यक्रम, हात्तीपाईले, लेप्रोसी रोग नियन्त्रण कार्यक्रमहरु रहेका छन् । अन्य रोगहरुको राष्ट्रिय रुपमा कार्यक्रम नभए पनि त्यसलाई कसरी नियनत्रण गर्ने भन्ने आधारमा पनि काम भईरहेको छ। साथसाथै महाशाखा सजिलै आवतजावत हुने विमानस्थल र देशको सिमा क्षेत्रबाट सजिलै नेपाल प्रस्थान गर्ने मानिसको पनि रोग परीक्षण गर्दछ। हाल एक देशदेखी अर्को देश जानलाई सजिलो भएको कारण रोग पनि सजिलै एकदेखी अर्को देशमा सर्न थालेको छ । यही अवस्थालाई देशमा आउन नदिनको लागी पनि ईपिडिमियोलोजी महाशाखाले निगरानी गर्दै आएको छ। हाल नेपालमा सरुवा रोगको अवस्था के छ ? प्रभावको हिसाबले हेर्ने हो भने डेगुको संख्या सबैभन्दा बढी रहेको छ, यानिक पहिलाको भन्दा यसको बिरामीको संख्या बढ्दै गएको छ । गत बर्षको तथ्यांकमा २१०० को हारहारिमा यसका बिरामी थिए । औलोंको कुरा गर्नुपर्दा पोहोर साल ११८७ को हारहारिमा यसका बिरामीहरु थिए। यस वर्षको असार अन्तिमसम्ममा हामी सबै तथ्यांक संकलन गरेर पूरा डाटा प्रस्तुत गर्छौं । यस्तै विभिन्न जिल्लामा कालाजार पनि फैलिएको छ । हात्तीपाईले रोग सुरुमा देखिएको ६३ जिल्लाबाट नियन्त्रण हुँदै आएर १५ वटा जिल्लामा सीमित भएको छ । स्क्रब टाईफस रोग चाँही २०७२ सालको भूकम्प पश्चात देखिने थालेको हो, यो सानो मात्रामा धेरै ठाउँमा देखिएको छ । यस्ता कति पुराना रोगहरु नियन्त्रणमा छन् भने नयाँ रोगहरु देखिन थालेका छन् । मलेरिया र कालाजार जस्ता रोगहरु झन्डै ५० वटा जिल्लामै देखिएको छ । पहिला पहिला तराई क्षेत्रमा मात्र देखिने रोगहरु हिमाली जिल्लाहरुमा पनि देखिन थालेका छन् । डेगु रोगको प्रत्येक पटक जिल्ला फरक हुने गरेको छ । कुनै जिल्लामा ३.८ वटा रोग देखिएको छ भने कुनै जिल्लामा १ वटा मात्र रोग देखिएको छ । सरुवा रोग लाग्नुको मुख्य कारण के हुन् ? रोग लाग्नुको कारण हरेक रोग पिछे फरक–फरक हुने गर्दछ । यस्तै सरुवा रोगपनि विभिन्न प्रकारका छन्, जुन विभिन्न कारणले हुने गर्दछ । जस्तै उदाहरणको लागि किटजन्य रोगहरु जस्तै मलेरिया, कालाजार, स्क्रब टाईफस, हात्तीपाईले, लामखुट्टे, भुसुनाको टोकाइबाट सर्ने गर्दछ । त्यस्तै एउटा व्यक्तीले अर्कोलाई हाच्छिउँ गर्दापनि सर्ने रोग छ, जस्तै उदाहरणको लागि बर्सेनी रुघाखोकी, सिजनल ईन्फ्ल्युन्जा रहेका छन् । यस्तै कुष्टरोग लागेको व्यक्तीसँग लामो समयसम्म सम्पर्क रहँदा यो रोग सर्ने गर्छ । त्यसैले रोग पिच्छे सर्ने माध्यम फरक छन् । कुनै सरुवा रोग एक संक्रमित व्यक्तीबाट दोस्रो संक्रमित व्यक्तीमा सिधै सर्ने गर्छ भने कुनै किरा, कुकुरहरुको टोकाइबाट सर्ने गर्दछ । कुन सरुवा रोगको छोटो समयमा उपचार नगरे भयानक रुप लिन्छ ? मलेरिया रोग जुन केही दिनको उपचार गरेको खण्डमा निको भएर जान्छ। यस्तै कालाजार रोगको अहिले एक मात्र ईन्जेक्सन दियौं भने अधिकांशमा यसको उपचार हुन सक्छ । त्यस्तै, हाम्रो हात्तीपाईले रोगको पनि आमा औषधी सेवन सम्बन्धी कार्यक्रम सञ्चालन गरी मानिसहरुलाई बर्षको एक पटक ६ बर्ष सम्म खुवाउँछौं । त्यस्तै रेबिजबाट बच्नको लागि रेबिज लागेका कुकुरले टोकेको खण्डमा हामीले ३ पटक डोज दिन्छौं अनी त्यसको डोज पूरा हुन्छ। तर, यो रोगहरु केही दिन भन्दा ढिलो उपचार गरे यसले भयानक रुप लिन सक्ने सम्भावना बढेर जान्छ । सरुवा रोग बिशेष गरेर कुन मौसममा बढी देखिन्छ ? कुनै सरुवा रोग मौसम परिवर्तन हुँदा हुन्छन् जस्तै मौसमी रुघाखोकी । त्यस्ता केही रोगहरु छन्, जुन वर्षाको समयमा लाग्ने गर्दछ जस्तै मलेरिया, कालाजार, डेङु । पानी पर्न थालेपछी लामखुट्टेहरुको बिकास पनि बढी हुन्छ र सजिलै यो रोग सर्ने हुन्छ । यसका सावधानी के कस्तो रहेका छन् ? सावधानीको कुरा गर्नुपर्दा हामीले त्यस्तो साह्रो सावधानी अप्नाउनु पर्छ भन्ने छैन । हामीले सानो सानो कुरामा शतर्क भएरपनि स्वस्थ रहन सक्छौं । जस्तै धेरै मानिसहरु फोहोर पानीको सेवनको कारण बिरामी भएर आउँछन् । झाडापखला, टाईफाईड, हैजा जस्ता रोगहरु फोहोर पानीको कारण सर्ने गर्दछन् । बर्खायाममा पानी बढेपछी पानीको श्रोतहरु दुषित हुनेगर्दछ र यसलाई शुद्दीकरण नगरी खाएको अवस्थामा स्वास्थ्यमा समस्या आउने गर्दछ । यस्तै भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, हाच्छ्यु गर्दा, खोकी लाग्दा मुख छोपेर खोक्ने । त्यस्तै, मलेरिया(कालाजार) भएका ठाउँहरुमा जाँदा सावधानीको लागि झुल लगाएर सुत्ने, घरबाहिर निस्कँदा लामो वाउला भएका कपडाको प्रयोग गर्ने सक्छौं । तपाईहरु कसरी डाटा संकलन गर्नुहुन्छ ? हाम्रो यसको लागि २–३ वटा माध्यमहरु छन् । एउटा त समग्रस्वास्थ्य क्षेत्रको सूचना व्यवस्था प्रणाली भनिन्छ, त्यसबाट महिनाको अन्तिममा सबै सरकारी तथा गैरसरकारी सामुदायिक स्वास्थ्य संस्थाहरुबाट रिपोर्ट संकलन हुन्छ, यो पहिलो माध्यम हो । अर्को हामीले बिशेष गरेर सरुवा रोगको लागि छिटो रिपोर्ट आउने गरेर ८२ वटा सरकारी अस्पतालहरुबाट साप्ताहिक सूचना आउने एउटा रिपोर्टिङ सिस्टम बनाएका छौं । यस्तै गैरसरकारी संस्था र मेडिकल कलेजलाई समेटेर त्यस ठाउँबाट पनि रिपोर्ट आउने सिस्टम बनाएका छौं । त्यस्तै कुनैपनि ठाउँमा महामारी(प्रकोप) फैलियो भने ती ठाउँहरुबाट सिधै हामीलाई फोन अथवा ईमेलबाट वा अन्य सूचनाको माध्यमबाट सोझै खबर आउने हुन्छ । डाटा संकलनले तपाईहरुलाई कसरी सहयोग पुर्याएको छ ? डाटा संकलनको दुईवटा फाईदा छन् । पहिलो त कुन रोग को के छ अवस्था भनेर हामी तथ्यांक नहेरी भन्न सक्दैनौं र अर्को रोगको व्यवस्थापनको लागि जे सामाग्रीहरु उपलब्ध गराउँछौं त्यसको लागि पनि रोगको अवस्था हेर्न जरुरी छ । डाटाकै आधारमा कार्यक्रम कुन दिशामा लैजाने पनि तय हुने गर्दछ । यसरी हामीलाई डाटा संकलनले सहयोग पुर्याउँदै आएको छ । सरकारले कुन-कुन सरुवा रोगको उपचार निशुल्क प्रदान गर्दै आएको छ ? औलो रोग(मलेरिया)को लागि सरकारले निशुल्क उपचार खर्च प्रदान गर्दै आएको छ । हात्तीपाईले रोग बिरुद्कोद्ध औषधी निशुल्क उपलब्ध गराउँछ, सर्पदंशको औषधी उपचार खर्च, मौसमी रुघाखोकीमा प्रयोग हुने एन्टी भाईरल औषधीहरु निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाउँछ र कुनै ठाउँमा प्रकोपहरु आएको अवस्थामा उपचार गर्न जाँदा सरकारले सम्भव भएसम्म निःशुल्क खर्च उपलब्ध गराउँछ । सरकारले कति कति बजेट छुट्याएको छ ? अहिले अवस्थामा हामीले जति पनि मात्रामा श्रोतसाधनहरु प्रभावकारी रुपमा बिस्तार गर्नुपर्ने हो त्यति भएको छैन किनभने बजेटको पनि कमी भएको छ । बजेट पनि पहिलाको भन्दा कम छ । यो बर्ष हामीलाई कुल बजेट ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि १ करोड ६६ लाख, जुनोटिक रोग नियन्त्रणको लागि १५ करोड ६६ लाख, हात्तीपाईले रोग नियन्त्रणको लागि ५ करोड ७२ लाख, प्राकृतिक प्रकोप व्यवस्थापनको लागि ७१ लाख, कालाजार नियन्त्रणको लागि ५ करोड ४ लाख, औलों नियन्त्रणको लागि ५ करोड ३५ लाख र महामारी नियन्त्रणको लागि ७ करोड ६१ लाख छुट्टाईएको छ । गत बर्ष हामीसँग ४६ करोड बजेट छुट्टिएको थियो ।
३ घण्टा बढी काम गर्दैन सनक्रिम, गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी: डा. स्मृति श्रेष्ठ
काठमाडौं। झरीको मौसम होस् वा चहकिलो घाम लागेको दिन, जाडो होस् वा गर्मी केही समय बाहिर बिताउँदा तपाईको संवेदनशिल छालालाई असर गर्ने गर्दछ। हामीलाई पहिलैबाट सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ भन्ने सुन्दै आएका छौं तर अझै पनि यसले कसरी काम गर्छ र हाम्रो छालालाई कसरी बचाउँछ भन्ने कुरामा हामी अस्पस्ट छौं। घाममा हाम्रो छालाको मिल्ने साथी भनेर सनस्क्रिनलाई भनिन्छ। सनस्क्रिन क्रिमको प्रयोगले छालालाई धेरै हदसम्म घामका नकरात्मक विकिरणको प्रभावबाट बचाउँछ। घामका किरणहरु देखिने र नदेखिने हुन्छन्। त्यसमा धेरै मात्रामा युभी रे हुने गर्दछ। यि विकिरणहरुले सिधै छालाको बाहिरी सतहलाई असर पार्दै छालाको कोशीकाहरुको बिकास दरमा प्रभाव पार्दछ। घामको किरण र छाला सम्पर्कमा आउँदा छाला डड्नुको साथै पछि गएर छाला चाउरिने, बिग्रिने र छालाको क्यान्सर पनि हुनसक्ने सम्भावना हुन्छ। हाम्रो छाला हाम्रो शरीरको संवेदनशिल भाग हो। घामको प्रत्यक्ष प्रभाव जहिले पनि छालालाई परिरहेको हुन्छ। लामो समयसम्म घामसँग छाला सम्पर्कमा रहँदा छालामा रातो डाबरहरु देखिने, चिलाउने, फोका जस्तो आउने गर्दछ। कसरी सनस्क्रिन क्रिम छान्ने ? बजारमा धेरै संख्यामा विभिन्न ब्राण्डका सनस्क्रिन क्रिमहरु पाइने गर्दछ। त्यसमा कुन हाम्रो छालाको लागि उपयुक्त हुन्छ भन्ने हामीले प्रयोग गरेपछी मात्र थाहा पाउन सक्छौं। त्यसमाथी बजारमा नक्कली ब्राण्डका ब्युटी प्रडक्ट छ्यापछ्यापती पाईन्छन् जसकारण हामी अझै धेरै सजक रहनुपर्छ। यसमा हाम्रो राम्रो छनोट हुन सक्छ मेडिकेटेड सनस्क्रिन क्रिम। यो सजिलै औषधी पसलमा पाउन सकिन्छ। तपाईले औषधी पसलको मानिससँग आफ्नो छालाको प्रकारको बारेमा बुझेर त्यही अनुरुप म्र्डिकेटेड सनस्क्रिन प्रयोग गर्न सक्नुहुन्छ। मेडिकल सनस्क्रिनमा किन्दा हामीले उक्त सनस्क्रिनमा भएको तत्वो र त्यसको एसपिएफ हेर्नुपर्ने हुन्छ। एसपिएफ भन्नाले घामको संरक्षण कारक ब्र्टिस असोसेसियन अफ डर्मेटोलोजिस्टको अनुसार एउटा सनस्क्रिनको एस्पिफ कम्तिमा पनि ३० भन्दा कम एसपिएफको प्रयोग नगर्नु भन्दछ। यस्तै एसपिएफ ५० भन्दा माथिका बजारमा पाईने सनस्क्रिन क्रिमको प्रयोग नगर्न छाला रोग बिशेषज्ञहरु बताउँछन्। धेरै सनस्क्रिनहरुले प्रयोग गरेको आधाघण्टामा आफ्नो काम गर्न थाल्दछ भने केहीले प्रयोग गरेको ५ मिनेटमै आफ्नो काम सुरु गर्दछ। यस्तै कुनै पनि सनस्क्रिन क्रिमले ३ घण्टा भन्दा लामो समय काम भने गर्दैन। त्यसैले दिनमा ३ पटक समय मिलाएर हामीले सनस्क्रिन आफ्नो छालामा प्रयोग गर्नुपर्छ। यो एक पटक लाउँदा आदा चम्चा देखी एक चम्चा लगाउनु पर्दछ। यो अन्य मोस्टराईजर क्रिम जस्तो थोरै प्रयोग गरेर काम गर्ने क्रिम भने होईन। साथै कुनै पनि सनस्क्रिन पूरा सुरक्षा भने होईन त्यसैले घरबाहिर जाँदा जहिले पनि तपाई छालामा सनस्क्रिन र हातमा छाता बोकेर निस्किनुहोला। गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी तपाईको छालाको रङले तपाईको छालालाई घामको किरणले कत्ति असर गर्छ र गर्दैन भन्ने निर्घारण गर्दछ। सबै प्रकारको छालालाई घामका विकिरणहरुले प्रभाव पार्ने भएता पनि गोरो छाला भएका मानिसलाई कालो छाला भएका मानिसको दाँजोमा बढी प्रभाव पार्ने गर्दछ। कालो छालामा मेलानोसाईट्स भन्ने तत्वो बढी हुनेगर्छ जसले मेलानिन उत्पादन गर्दछ। मेलानिन यस्तो तत्वो हो जसले युभी रे हरुलाई रोक्ने गर्दछ जसकारण कालो छाला भएका मानिसहरु घाममा सजिलै डढ्छन् तर घामको विकिरणको प्रभाव कम हुने गर्दछ। मेलानिन बढी भएको कारण कालो छाला भएका मानिसहरुको गोरो छाला भएका मानिसको दाँजोमा कम चाउरी पर्ने र क्यान्सर हुने सम्भावना कम हुन्छ। ( छाला रोग बिशेषज्ञ डा. स्मृति श्रेष्ठसँगको कुराकानीमा आधारित )