नेपाल क्यान्सर अस्पतालले नाेभेम्बर महिनामा नि:शुल्क ओपीडी सेवा दिने

काठमाडौ। नेपाल क्यान्सर अस्पताल हरिसिद्विले नोभेम्बर महिनामा फोक्सोको क्यान्सरलाई मध्यनजर गर्दै निःशुल्क ओपीडी सेवा दिने भएको छ। नोभेम्बर महिना विश्वभर फोक्सोको क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ । यही अवसर पारेर अस्पतालले निःशुल्क ओपीडी सेवा दिन लागेको हो। अस्पतालले कात्तिक १५, १७, १९, २२, २४, २६, २९ गते र मंसिर १, ३, ६, ८, १०, १३ गते दिउँसो ३ बजे देखि ६ बजे सम्म सेवा दिने बताएको छ। फोक्सोको क्यान्सरको कारण विश्वमा प्रत्येक वर्ष लाखौ मानिसको मृत्यु हुनेगरेको छ । स्तन क्यान्सर, पाठेघरको क्यान्सर तथा प्रोस्टेट क्यान्सरका कारण वर्षमा जति मानिसको मृत्यु हुन्छ, त्यो भन्दा बढीको मृत्यु फोक्सोको क्यान्सरले हुने गर्छ। फोक्सोको क्यान्सरका लक्षणहरू : १. लगातार खोकीे लाग्नु वा झन् खराब हुने २. रगत उत्पन्न गर्ने खोकी ३. छाती, पछाडि वा कुममा दुखाई छ जो खोक्दा, हाँस्दा वा लामो सास फेर्दा गाह्रो हुने ४. अचानक सास फेर्न गाह्रो हुने ५. अव्यवस्थित रुपमा वजन घट्नु ६. थकित महसुस हुने ७. भोक कम लाग्नु ८. फोक्सोको संक्रमण जस्तै ब्रोन्काइटिस वा निमोनिया लामो समय सम्म निको नहुने

एनआईसी एशियाका ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका छन् ।

अधिक वजन भएका व्यक्तिको फोक्सोमा बोसो, दम हुने सम्भावना बढी

अष्ट्रेलिया। अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले ५२ जनामा फोक्सोको नमुना परीक्षण गरेकाे धेरैकाे  फोक्सोमा बोसो भेटाएका छन्। उनीहरुकाे आफ्नो अध्ययनले किन  धेरै वजन भएका मानिसहरुलाई दम हुने सम्भावना बढी हुन्छ भन्ने कुराकाे पुष्टी भएकाे बताए। फोक्सो विज्ञहरु यस समस्यालाई तौल घटाएर बद्ल्नु सकिन्छ कि भन्ने विषयलाई अध्ययन गर्न अझ रोचक हुने बताउँछन्। युरोपियन रेसपिरेटरी जनरलमा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरुले अनुसन्धानको लागि दान गरिएको फोक्सोको पोष्टमार्टम नमुनाहरुको अध्ययन गरेका थिए। उक्त ५२ फोक्सोको नमुनाहरुमा १५ जनालाई दम थिएन, २१ जनालाई दम थियो तर उनीहरुको अन्य कारणले मृत्यु भएकाे थियो भने बाँकी १६ जनाको मृत्युको कारण भने दम रहेको थियो। वैज्ञानिकहरुले रंगको प्रयोग गरेर उक्त नमुना फोक्सोको १४ सय स्वास नलीकाे माईक्रोसकोपको माध्यमबाट विस्तृत अध्ययन गरेका थिए। अनुसन्धानकर्ताहरुले उक्त अध्ययनमा  स्वास नलीमा बोसो युक्त तन्तु भेटाएका थिए र शरीरको वजन बढी भएको व्यक्तिमा यो बढी पाइएको थियो। उनीहरु भन्छन्, ‘बोसो बढ्नाले स्वास नलीकाे सामान्य संरचना परिवर्तन हुने र फोक्सो सुनिन्छ जसले मोटो व्यक्तिहरुमा दम हुनुको कारण पुष्टि गर्दछ।’ युरोपियन रेस्पीरेटरी सोसाईटीका अध्यक्ष प्रोफेसर थिरि टुरुस्टरको अनुसार शरीरको तौल र श्वासप्रश्वास सम्बन्धी रोग बिचको सम्बन्धको यो महत्वपूर्ण खोज हो किनभने यसले कसरी अत्याधिक तौल वा मोटोपनले दमका रोगीलाई अझै बढी असर गरिरहेको छ भन्ने देखाउँछ।फोक्सोमा देखिएको बोसोलाई भने वजन घटाएर घटाउन सकिन्छ वा सकिदैन भन्नको लागि थप अनुसन्धानको आवश्यक रहेको उनी बताउँछन्। ब्रिटिश थोरेसिक सोसाईटीका अध्यक्ष डा. एलिजावेथ सापेको भन्छिन्, ुशरीरको तौलले फोक्सोमा वायुमार्गको संरचनालाई असर गर्छ भनेर यो पहिलो पटक पत्ता लगाईएको हो। विश्वभर मोटोपना एक समस्याको रुपमा रहेको विषयलाई ध्यानमा राख्दै, यस अध्ययनले एक स्वास्थ्य समस्याको रूपमा रहेको दमको उपचारमा सुधार गर्ने नयाँ तरिकाहरू पहिचान गर्न सहयोग पुर्याउन सक्छ’ उनी भन्छिन्। ( बिबिसीबाट नेपालीमा उल्था गरिएको )