हरेक सामुदायिक विद्यालयमा सेनेटरी प्याड निःशुल्क

काठमाडौं। देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छात्राहरुलाई सरकारले निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ। बुधबार भएको २०७६ ७७ को बजेटमा अर्थमन्त्री युवराज खतिवडाले सबै सामुदायिक विद्यालयमा निशुल्क प्याड वितरन गर्ने बताएका हुन्। नेपालको दुर्गम क्षेत्रका धेरै बालबालिकाहरु महिनावारीको समयमा विद्यालय जादैँनन्। महंगो प्याड र सजिलै नपाईने कारण पनि उनिहरु विद्यालय जानबाट बन्चित छन्। साथै अन्य कपडाहरुको प्रयोगले उनिहरुको स्वास्थ्यमा पनि समस्या निम्ताउने गरेको छ।  

स्वास्थ्यलाई ६८ अर्ब ७८ करोड बजेट

काठमाडौं। सरकारले आर्थिक बर्ष २०७६/७७ को बजेटको स्वास्थ्यलाई ६८ अर्ब ७८ करोड विनियोजन गरेको छ। रकम विनियोजन गर्दै सरकारले गरीब तथा विपन्न नागरिकलाई दिँदै आएको अनुदानलाई वृद्धि गरी २ अर्ब २० करोड बनाएको छ। यस्तै आमा र बच्चाको पोशणलाई सुनिस्चित गर्न गर्भअवस्था देखी नै प्रसुती सेवा पुर्याईने र यस अन्तर्गत गर्भवती जाँच गर्ने र सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्चलाई २ अर्ब २२ करोड विनियोजन गरेको छ। यस्तै मुलुकभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार यातयात खर्चको लागि १५ करोड विनियोजन गरेको छ। क्षयरोग, एड्स जस्ता रोग निवारणको लागि १ अर्ब ८२ करोड विनियोजन गरेको छ।

एनआईसी एशियाका ग्राहकलाई ग्रिनसिटी, स्टार र कान्तिपुर डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्राप्त गर्नेछन् । ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०%, कान्तिपुर डेन्टल हस्पिटलमा १०%, र स्टार हस्पिटलमा १५% सम्म छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका छन् । छुट्टाछुटटै सम्झौता पत्रहरुमा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन् ।