एनआईसी एशियाका ग्राहकलाई सीपी हस्पिटल धनगढीमा २० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सीपी हस्पिटल, प्रालि धनगढी चटकपुरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका हुन् ।

२०० बढी यातायात मजदुरले एकैस्थानमा गरे रक्तदान

काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २०० भन्दा बढी सर्वसाधारणले रक्तदान गरेका छन् । देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको संगठनले आफ्नो स्थापनाको ४०औं स्थापना दिवस मनाउँदै गर्दा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरु, तथा स्वास्थ्यकर्मीहरुको सहभागिताका सञ्चालन हुँदै आएको शिविरमा यसपटक भने नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागि रहेको थियो । आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले रक्तदानले आपतकालीन अवस्थामा जो कोहीको ज्यान जोगाउने भएकाले संगठनसंग सहकार्य गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि कार्यक्रममा सहभागी भएका थिए । रक्तदान कार्यक्रमका लागि उत्साहजनक सहभागिता रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

डेंगुको प्रकोप बढ्दै छ, यसबाट बच्न वातावरणीय सरसफाईमा ध्यान दिन जरुरी: डा. अनुप बास्तोला

काठमाडौं। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। पछील्लो केही हप्ता देखी पुर्वको तराई क्षेत्र धरान, ईटहरीमा डेंगु महामारीको रुपमा फैलिएको छ। डेंगु पोजिटिभ देखिएको बिरामीको संख्या दिनप्रति बढ्दो छ र यसको जाँचको लागि स्वास्थ्य सेवा विभाग र शुक्रराज ट्रपिकल अस्पतालको बिशेषज्ञ टोली उक्त स्थान प्रस्थान गरिसकेको छ। सरकारले यस बर्ष सरुवा रोग नियन्त्रणको लागि कुल ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि मात्र १ करोड ६६ लाख छुट्टाएको छ। जनमानसमा चेतनाको कमी भएको कारण यो रोगले अहिले आएर माहमारीको रुप लिईसकेको छ यधापी कसैको मृत्‍यु भने भएको छैन तर हुँदैन भन्न पनि सकिन्न। काठमाडौंमा डेंगु देखिने सम्भावना  शुक्रराज ट्रपिकल अस्पतालका डा. अनुप बास्तोलाको अनुसार काठमाडौं पनि डेंगु देखिने सम्भावना बढी भएको बताउँछन्। काठमाडौंमा  एजिप्टाई जातको पोथी लामखुट्टे भएको र यसले बिशेष गरेर बर्षायाममा फुल पार्ने र त्यो फुल बनिसकेपछी संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने सम्भावना भएको बताउँछन्।  यधापी अहिलेकोबर्ष भने डेंगुका त्यस्तो बिरामो नआएको उनको दाबी छ। उनी भन्छन्,’हामीसँग भेक्टर छ र भेक्टरको गतिविधीले अहिल्को मौसममा डेंगु लाग्ने सम्भावना कति छ भन्ने कुरा बताउँछ र अहिलेसम्म त्यस्तो केही पनि देखिएको छैन। तापक्रमको हिसाबले हेर्ने हो भने काठमाडौंको हालको तापक्रम २८ देखी ३२ डिग्री सेल्सियस भित्र रहेको छ। यो तापक्रम एक लाम्खुट्टेको लागि एकदमै राम्रो व्रिद्दिबिकास हुने अवस्था हो।’ ‘यधापी अहिले सम्मको लागि काठमाडौंमा भने डेंगुको माहामारी हुने अवस्था भने छैन तर भबिस्यामा नहोला भन्न सकिन्न।’ डेंगुको यस बर्ष र पछील्लो बर्षको अवस्था ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको असार २ गतेको डाटाको अनुसार ६०४ जना डेंगुको बिरामी धरान, सुनसरी, मोरङ र ईटहरीमा पाईएको थियो जसमा धरानको बिपी कोइराला मेमोरियल अस्पतालबाट ५०५ जना मानिसमा डेंगु पोजिटिभ देखिएको थियो। त्यसमा पनि डेंगु लागेका मुख्य मानिसहरु धरान उपमहानगरपालिकाको वडा नं ८ र १५ का रहेका छन्। पछिल्लो बर्ष धरानमा ८ जना डेंगुका बिरामी देखिएका थिए। महाशाखाको अनुसार २०७५ सालमा काठमाडौंको ठुलोभर्याङबाट १६ जना डेंगुका बिरामी भेट्टाईएको थियो। २०७४ मा भने यो १ जना मानिसमा मात्र देखिएको थियो। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन्? लामखुट्टेहरु बिशेष गरेर दिउँसोको समयमा सकृया हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृया हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ति संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। । साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने – शरीरमा विमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने ( सरुवा रोग बिशेषज्ञ  अनुप बास्तोलासँगको कुराकानीमा आधारित )