दुनियाँले अझ लामो बाटो तय गर्नु छः डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले कोरोना महामारीसँग सामना गर्नका लागि दुनियाँले अझै पनि एउटा लामो बाटो तय गर्नुपर्ने बताएका छ । डा. टेड्रोसका अनुसार एकतर्फ जहाँ पश्चिमी युरोपका धेरै देशहरुमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ भने अर्कोतर्फ अफ्रिका, मध्य र दक्षिण अमेरिका तथा पूर्वी युरोपमा प्रकोप बढ्दै गएको देखिएको छ । यस्ता छन् विश्वभरका प्रमुख घटना संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या बढेर साढे २६ लाख नजिक पुगेको छ । त्यसैगरी यस भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार भन्दा बढि मानिस निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सवैभन्दा बढि प्रभावित देशहरुमध्येको स्पेनले घोषणा गरेको छ कि त्यहाँ मई महिनाको अन्तिम दुई हप्तामा लकडाउन हटाउने योजना बनिरहेको छ । जर्मनीले कोभिड–१९ को भ्याक्सिन मानवमा परीक्षण गर्नका लागि स्वीकृति दिएको छ । १८ वर्ष देखि ५५ वर्ष उमेरसमूहबीचका करीब २ सय जनामा यो परीक्षण गरिनेछ । बेलायमा अफिस फर नेशनल स्ट्याटिस्टिक्सको तर्फबाट जारी गरिएको तथ्यांकलाई आधार बनाउँदै फाइनेन्सियल टाइम्सले आशंका जाहेर गरेको छ कि बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ४१ हजार भन्दा बढि हुन सक्छ । यी तथ्यांकको आधार यो हो कि सार्वजनिक रुपमा अस्पतालमा भएका मृत्युलाई मात्र गणना गरिएको छ जबकि त्यसका बाबजुद पनि मृत्यु हुनेको संख्या धेरै बढि हुन सक्छ । फ्रान्सका श्रम मन्त्री मुरिल पेनेइकुदका अनुसार देशमा काम गर्ने करीब आधा जनसंख्याले देशको अस्थायी बेरोजगारी योजनामा हस्ताक्षर गरेका छन् । निजी क्षेत्रमा काम गर्ने करीब १ करोड २० लाख मानिसले मद्दका लागि आवेदन दिएका छन् । पेनेइकुदको भनाइ छ कि हरेक दुईमध्येको एउटा कर्मचारीले तथा हरेक दशमध्येको छ कम्पनीले मद्दका लागि आवेदन दिएका छन् । (श्रोतः बीबीसीडटकम)

कोरोना अपडेटः निको हुनेको संख्या ७ लाख १७ हजार नाध्यो

काठमाडौं । आज विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार ६ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ४८ हजार ९ सय ९४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ६८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)

थप दुई जना पुरुष कोरोना मुक्त, नेपालमा निको हुनेको संख्या ७ पुग्याे

काठमाडौं । नेपालमा थप दुई कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ७ पुगेको छ । बुधबार कोरोना संक्रमित दुई पुरुषहरु निको भएर एकजना घर गईसकेको र दोस्रो डिस्चार्जको तयारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । कैलालीको सेती प्रादेशीक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत ३२ वषिर्य पुरुष कोरोना मुक्त भएका हुन् । कैलालीका पुरुष १९ दिनपछि निको भएर घर गएका छन् भने शुक्रराजका ३२ वर्षिय पुरुष २९ दिनपछि निको भएर डिस्चार्ज हुने क्रममा रहेको देवकोटाले बताए । १४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका कैलालीका पुरुष क्वारेन्टाइनमा बसेका थिए । २२ चैतमा र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । यस्तै ३२ वर्षिय धादिङका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो । टेकु अस्पतालबाट नै यसअघि दुईजना, धनगढीस्थित सेती अस्पतालबाट दुई जना र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना डिसचार्ज भएर घर गइसकेका छन्। हालसम्म नेपालमा काेराेना लागेर कसैकाे मृत्यु भने भएकाे छैन। नेपाल हाल काेराेना संक्रमणकाे दोस्रो चरणमा छ । बुधबारसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ ।