निसर्ग हस्पिटलद्धारा एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा
काठमाडौं । सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा गरेको छ । अस्पतालले एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारी गरी जनाको कोरोना बीमा गरेकाे हाे । अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । कोरोना भाईरसको विश्वव्यापी महामारीको जोखिम सबैतिर रहेका बेला कर्मचारीको बीमा गरिएको उनले बताए ।
नेपालमा चार दिनको शिशुमा पनि देखियो कोरोना
फाइल फाेटाे काठमाडाैं । नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे । अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।
थप २ सय ५० जनामा देखियाे काेराेना संक्रमण, संक्रमितकाे संख्या ४६ सय नाघ्याे
काठमाडौं । बुधबार थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । याेसँगै नेपालमा ८ सय ६१ जना निकाे भएर घर फर्किएका छन्, काेराेना संक्रमितकाे संख्या ४६ सय १४ पुगेका छ जसमा १५ जनाले ज्यान गुमाईसकेका छन् । मन्त्रालयका अनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । कुन प्रदेशमा कति संक्रमित ? हालसम्म प्रदेश एककाे १३ जिल्लामा ३०७ जना संक्रमित, प्रदेश दुईकाे ८ जिल्लाका १६७१ जना, बागमति प्रदेशकाे १२ जिल्लाकाे १४७ जना, गण्डकी प्रदेशकाे ९ जिल्लामा १४७ जना, प्रदेश ५ काे १२ जिल्लाका १३९९ जना, कर्णाली प्रदेशकाे ९ जिल्लाकाे ७५९ र सुदुरपश्चिमकाे ९ जिल्लाकाे १९२ जना काेराेना संक्रमित रहेका छन् । कतिकाे परीक्षण ? हालसम्म १ लाख १५ हजार ९ सय ३० काे पिसिआर विधि र १ लाख ७८ हजारकाे १ सय २७ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।