कोरोनाबाट संसारभर ५ लाख ७ हजारभन्दा बढिको मृत्यु, साढे ५६ लाख निको भए
काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४ लाख २ हजार २ सय ८७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ७ हजार ५ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५६ लाख ४८ हजार २ सय ८० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २६ लाख ८१ हजार ४ सय २५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ भने अहिलेसम्म १६ हजार ९ सय ४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १३ हजार २ सय ४८ जना संक्रमित भएका छन् भने २९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)
उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित
काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ४ जना पुरुष र २ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ पुरुष रहेकाे गाैतमले बताए ।
नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार २ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ३१ सय ३४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख २३ हजार ६ सय ३० काे पिसिआर विधि र २ लाख ९७ हजारकाे ८ सय ७१ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ८५ जना आईसाेलेसनमा रहेका छन् ।