सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो, शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो ।’ हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।
काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका ३ जनाकाे मृत्यु
सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे हाे । राजविराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दुई जनाको र उपचारको लागि धरान लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु भएको बताइएकाे छ । उनीहरुको स्वाब सङ्कलन गरी पठाइएको बताइएकाे छ ।
काठमाडाैं उपत्यकामा एकैदिन ६२ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४८, ललितपुरकाे १ र भक्तपुरकाे ११ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१ ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७२९ पुगेको छ। बुधबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ९ पुगेको छ।