नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या हाल सम्मकै उच्च, एकैदिन ११ जनाकाे मृत्यु
काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यू भएको छ । यो कोरोनाबाट नेपालमा एकै दिन मृत्यू भएको अहिलेसम्मकै उच्च तथ्यांक हो योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् ।
काठमाडौंमा मात्रै थप १ सय ८२ जनामा कोरोना भाइरस संक्रमण
काठमाडाैं । काठमाडौं उपत्यकामा आज १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
देशभर थप ८ सय ३८ जनामा काेराेना भाइरस देखियाे
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे बताएका हुन् । पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षणमा २ सय ९२ महिला र ५ सय ४६ जना पुरुषमा संक्रमण देखिएको हाे । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ।