सरकारले प्रतिबन्ध लगाएका स्यानिटाइजरमा ज्यानै जाने विषादी, कडा कारवाहीको तयारी

काठमाडौं । औषधी व्यवस्था विभागले गत भदौ २७ गते स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनीलाई कारवाही गर्नेभन्दै सूचना जारी गर्यो । त्यसको लगतै अर्थात ३ दिनपछि भदौ ३१ गते पनि विभागले थप ४ स्यानिटाइजर कम्पनीलाई कारवाही गरिएको सूचना जारी गर्यो । फेरि विभागले थप ९ स्यानिटाइजर कम्पनीलाई कारवाही गरेको र सर्वसाधरणलाई यो स्यानिटाइजर प्रयोग नर्गन आग्रह समेत गर्यो । औषधी व्यवस्था विभागले यसरी विभिन्न समयमा १८ स्यानिटायजर कम्पनीको स्यानिटाइजरको प्रयोगमा प्रतिबन्ध लगायोे । यसरी विभागले १६ दिनको अवधिमा १८ वटा स्यानिटाइजर उत्पादक कम्पनीहरुलाई कारवाही गरेको छ । कारवाही हुने कम्पनीहरुमा भदौ २७ गते नेपाल कयाकल्पा उद्योगको इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर, हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ रहेको छ । यस्तै भदौ ३१ गते कारवाही हुने कम्पनिहरुमा सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको छ । साउन १२ गते कारवाही हुने कम्पनिहरुमा भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ । यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको हो । कारवाहीमा परेका १८ वटा स्यानिटाइजरमा ३ वटा विदेशी र बाँकी १५ वटा नेपाली कम्पनिको स्यानिटाइजर रहेका छन् । चीनको एउटा कम्पनी र भारतका दुई कम्पनी कारवाहीमा परेका हुन् । यी सबै १८ वटा कम्पनीलाई के कस्तो कारवाही गर्ने भन्ने तयारी भइहरेको विभागले जनाएको छ । बजारमा कसरी बिक्री भए यी मापदण्ड विपरितका स्यानिटाइजर ? औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार कोभिड आउन अघि स्यानिटाइजर सामान्य रुपमा कुनै पनि मापदण्ड बिना बिक्री वितरण हुन्थ्यो । कोभिड १९ पछि विभागले चैत ९ गते सबै स्यानिटाइजरको मापदण्ड बनाई सबै कम्पनिहरुलाई विभागमा दर्ताको लागि आउन सुचना जारी गरेपनि तत्काल लकडाउन भएपछि असोज २२ सम्मको लागि मिति सारिएको केसीले बताए । के कारवाही गर्छ  विभागले ? केसीका अनुसार १८ कम्पनीलाई कडा कारवाहीकाे तयारी भइहरेकाे छ । मानिसकाे ज्यानै जान सक्ने विषादी प्रयाेग भएका स्यानिटाइजर बिक्री गरेकाेले साेही अनुसारकाे कारवाहीकाे तयारी भइहरेकाे उनले बताए । औषधी व्यवस्था विभाग अहिले प्रारम्भिक अनुसन्धानमै रहेको छ । ‘हामी अहिले प्रारम्भिक अनुसन्धानमै छौं, सबै कुरा पुष्टि भइसकेपछि कारवाही अगाडि बढाउँछौं, त्यसमा कालाेबजारी, ठगेकाे लगायतका कसुर पर्न सक्छन्,’ उनले भने । ती स्यानिटाइजर उत्पादकहरुलाई औषधी एन अन्तर्गत, कालोबजारी, मिसावट तथा उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही हुने उनले बताए । मिथानोल स्वास्थ्यमा कस्तो असर गर्छ ? मिथानोल एउटा यस्तो विषाक्त रसायन हो जुन पेट भित्र जान बित्तिकै मानिस कोमामा नै जान सक्ने र बढि भएमा मृत्यु नै पनि हुने गर्दछ । यस्तै हामीले स्यानिटाइजरहरु समयसमय प्रयोग गर्ने भएकोले त्यसमा मिथानोल हुँदा हातहरु सुख्खा हुने, सुन्निने गर्दछ । यस्तै मिथानोलको प्रयोग हुँदा यसले कलेजोमा असर गर्नुको साथै लामो दीर्घ रोगहरु पनि निम्त्याउँने खतरा हुन्छ ।

मुटुरोगीहरु कोरोना सङ्क्रमणबाट यसरी बचाै‌ं

काठमाडाैं  कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा बढी सङ्ख्यामा रोगप्रतिरोधी क्षमता कम भएका र दीर्घरोगी रहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता समस्या भएकामा मुटुरोगको उच्च जोखिम हुने गर्दछ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले मुटु रोगका समस्या भएकाहरु कोरोना सङ्क्रमणको जोखिममा रहेको बताए । उनका अनुसार कोरोनाले मुटुको मासु, रगतको नलि र मुटुलाई ढाक्ने झिल्लिमा आक्रमण गर्दछ । जसबाट हृदयघातसमेत हुने गरेको उनको भनाइ छ । रगतको नलिमा रगत जमेर हुने पल्मोनरी इम्बोलिजम पनि हुने गरेको रेग्मीले बताए । जसले गर्दा श्वाँश्वाँ हुने, बेहोस् हुने, श्वास फेर्न गाह्रो हुने गर्दछ । कोरोनाकै कारण मुटुमा अनेक समस्या देखिने गरेको उनले जानकारी दिए । दीर्घरोगीहरु सङ्क्रमण हुनबाट अधिकतम बच्नुपर्ने रेग्मीको सुझाव छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजन पाण्डेले पहिले पहिले दीर्घरोगीहरु र पाको उमेर भएकालाई मुटुको समस्या हुने गरेको भए पनि आजभोलि कम उमेरकालाई पनि यो समस्या देखिने गरेको बताए । वरिष्ठ फिजिसियनसमेत रहेका पाण्डेले भने, “दीर्घरोगीलाई मुटुको समस्या बढी हुने गरेकोमा पछिल्लो समय युवा पुस्तामा पनि यो समस्या देखिएको छ ।” खानपान, जीवनशैलीमा परिवर्तन आएसँगै मानिसमा सानो उमेरमै मुटुको रोग देखिन थालेको पाण्डेको भनाइ छ । जुनसुकै उमेर समूहको भए पनि मुटुरोगीहरु कोरोनाको सङ्क्रमणबाट बच्नुपर्ने उनको सुझाव छ । सञ्चालनको तयारीमा रहेको चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले कोरोना सङ्क्रमितमध्ये १० देखि १२ प्रतिशत मुटुरोगी भएको बताए । सङ्क्रमितमध्ये सबैभन्दा धेरै फोक्सोका रोगी हुने गरेको बताउँदै उनले दोस्रोमा मुटुरोगी रहेको जानकारी दिए । कोरोना सङ्क्रमणले उमेर बढी भएका वृद्धवृद्धा, उच्च रक्तचाप भएका, मधुमेहका समस्या भएका, मिर्गाैलाका समस्या देखिएका, क्यान्सर रोगका र मोटोपना ज्यादा भएकामा समस्या हुनेहरुको उनको बुझाइ छ । यस्ता रोगीमा अन्यको तुलनामा ५ देखि १० गुणा बढी कोरोना सङ्क्रमणको जोखिम हुने गरेको लौडारीको भनाइ छ । विलासी जीवन, धूमपान, सूर्ती सेवन, उच्चरक्तचाप, मधुमेह, खानामा बोसोमाको मात्रा अत्यधिक प्रयोगले मुटुरोग निम्त्याउने गर्दछ । उनका अनुसार विश्वमा दुई तिहाई मुटुरोगका रोगी यिनै कारणबाट हुने गर्दछ । जीवनशैलीमा परिवर्तन गर्न सक्ने हो भने दुई तिहाई मुटुरोगबाट बच्न सकिने उनको तर्क छ । मुटुरोगले कुनै पनि उमेर समूहलाई असर पार्न सक्ने भन्दै उनले भने, “जन्मेको नवजात शिशुदेखि लिएर बुढापाकासम्मलाई मुटुरोगले प्रभावित पार्ने गर्दछ ।” मुटुरोगका पनि विभिन्न प्रकृति भएको बताउँदै डा लौडारीले जन्मजात मुटुमा हुने स–साना प्वाल, मुटुमा रगत बग्ने भाग साघुरो हुने रोग, मुटुमा पानी जम्ने, हृदयघाटजस्ता समस्या हुने जानकारी दिए। भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा मणि गौतमले यन्त्रिक कामले मानिसको शारीरिक क्रियाकलाप घटदा मुटुरोग बढेको बताए । अहिले मृत्युको प्रमुख कारण मुटुसम्बन्धी रोग भएको बताउँदै उनले भने,’मधुमेह, उच्चरक्तचाप, मोटोपनाको अन्तिम विन्दु भनेको मुटुमा गएर असर गर्ने हो ।” मिर्गाैला रोगी पनि अन्तिममा गएर मुटुरोग हुने बताउँदै उनले भने, “शारीरिक क्रियालकप बढाउने, मोटोपन घटाउने, उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने र मधुमेहलाई उपचार गर्ने र कोल्डस्टोरलाई नियन्त्रणमा राख्नु प¥यो र मुटुरोगबाट बच्न सकिन्छ ।” खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारी, रेसादार खानेकुरा खानुपर्ने उनको सुझाव छ । खानेकुरा एकै पटक टन्न हुने गरी नखाई थोरै गर्दै समय समयमा खानुपर्ने उनको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या वर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासङ्घका अनुसार मुटुको रोगबाट विश्वभर वर्सेनि एक करोड ७५ लाख जनाको ज्यान जाने गरेको छ । यस्तै, नेपाललगायत विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ । यो कूल जनसङ्ख्याको २५ प्रतिशत हुन आउँछ । आज विश्व मुटु दिवस । ‘मन लगाउ, मुटु बचाउ’ भन्ने नाराका साथ मनाइँदै छ । विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मनाउन थालिएको हो । रासस

नेपालभर १५१३ जना काेराेना संक्रमित थपिए, ७३१ जना निकाे भए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय १३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २० हजार ३ सय ९६ पुगेकाे छ । हाल क्वारेन्टिनमा ५ हजार ७ सय ७८ जना रहेका छन् भने आजसम्म १० लाख ९ हजार २ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ७३१ जना निकाे भएसँगैं हालसम्म ५५ हजार ३ सय ७१ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४९१ पुगेकाे छ ।