महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल काेराेनामुक्त
काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल काेराेनामुक्त भएका छन् । काेराेना संक्रमण भएपछि उनकाे ह्यम्स अस्पतालमा उपचार भइरहेकाे थियाे । ‘हिजो गरिएको स्वाब परीक्षणको आज प्राप्त मेरो रिपोर्ट नेगेटिभ आएको खुशीसाथ जानकारी गराउन चाहन्छु’ ढकालले आइतबार फेसबुकमा लेखेका छन्-यो दुई हप्ताको अवधिमा मेरो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी मलाई स्वास्थ्य लाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका आदरणीय महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी साथीहरु एवं सबैप्रति कृतज्ञ छु ।’ ढकाललाई असाेज १२ गते काेराेना पाेजेटिभ देखिएकाे थिए । शुरूमा सामान्य अवस्थामा रहेका ढकाल हाेम आइसाेलेशनमा बसेका थिए । पछि ज्वाराे आउने, स्वास्प्रवाश्वसमा समस्या हुने लगायतका लक्ष्यण देखिएपछ अस्पताल भर्ना भएका थिए । आफ्नाे उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उनले धन्यवाद दिएका छन् । ‘यहाँहरुको सद्भाव, शुभेच्छा र मायाले नै मैले कोभिड भाइरसलाई परास्त गर्न सकेको महसुस गरेको छु । यसबीचमा यहाँहरुको फोन रिसिभ गर्न तथा एसएमएस आदिको जवाफ लेख्न असमर्थ भएकोमा तपाईँहरु सबैप्रति क्षमाप्रार्थी छु’ ढकालले भनेका छन् । उनले महामारीको अहिलेको अवस्थामा स्वदेश तथा संसारभरी रहेका नेपालीहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहन उनले सुझाव दिएका छन् ।
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण, पाटन अस्पतालमा भर्ना
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको बताइएकाे छ । पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा सामान्य रहेकाे बताइएकाे छ । शनिबार लक्षणसहितको कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन्। ज्वरो आएपछि उनी शनिबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए। यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।
चिसाे बढेसँगै काेराेनाकाे जखिम थप बढ्ने हुनाले विशेष सावधानी अप्नाऔं: स्वास्थ्य मन्त्रालय
काठमाडाैं । जाडाे बढेसँगै काेराेनाले थप सताउने भन्दै सरकारले थप सचेत रहन अनुराेध गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राडा. जागेश्वर गौतमले जाडाे बढेसँगै काेराेनाले थप असर गर्न हुनाले सबैलाई थप सचेत रहन अनुराेध गरेका छन् । गाैतमले जाडाेमा लाग्ने रुघा, खाेकीले हरेका साल वृद्धवृद्धा, बालबालिका, दिर्घ राेगीलाई असर गर्ने गरेकाे र यसवर्ष काेराेना पनि सँगै हुनाले यसले यस्ता मानिसहरुलाई थप जाेखिमा पार्ने भएकाेले सबैलाई सचेत रहन अनुराेध गरे । उनले भने, ‘जाडाेमा देखिने रुघा, खाेकी काेराेना हाेकि भनेर डराउनुपर्ने अवस्था आएकाे छ । यसताे अवस्थामा काेराेनाकाे जाेखिम उच्च हुने हुनाले याे अवस्थामा विशेष सावधानी अप्नाउनु पर्ने हुन्छ ।’