तुलसी र पुदिनाको पात सेवनः स्वास्थ्यका लागि यस्तो छ फाइदा
काठमाडौं । घर आँगनमा मठ बनाएर राखिने तुलसी धार्मिक रुपले महत्वपूर्ण त मानिन्छ नै । यसको वैज्ञानिक महत्व समेत रहेको छ । मात्रा मिलाएर सेवन गर्नाले तुलसी र पुदिना पाचन क्रियाको लागि पनि लाभदायक हुने गर्छ । पाचन प्रकृया बढाउन अहिलेको समयमा अपच हुनेदेखि कब्जियत लगायतका समस्या धेरैमा हुने गरेको छ । पाचनक्रिया सन्तुलित बनाउन तुलसी वा पुदिनाको पात सेवन गर्न विज्ञहरुले सुझाएका छन् । तुलसी र पुदिनाले मुख्यतय शरिरमा उत्पन्न हुने विकार तथा एसिडलाई सन्तुलन राख्दछन् । सुगर तथा रक्त संचारलाई उपयोगी सुगर भएका बिरामी तथा रक्त संचार राम्रो बनाउँन तुलसी तथा पुदिनाको भूमिका महत्वपूर्ण हुन्छ । रक्त संचारमा सघाउने तथा इन्सुलिनको मात्रा मिलाउन तुलसी तथा पुदिन सहयोगी मानिन्छ । सर्दी हटाउन ठन्डी लागेको अवस्थामा समेत तुलसीको सेवन गर्न सकिन्छ । तुलसी तथा पुदिनाले शरिरमा सर्दी लाग्दा त्यसबाट मुक्ति दिलाउन सहयोग गर्ने अध्ययनहरुले देखाएका छन् । तनाव कम गर्न अहिले मानिस विभिन्न किसिमका तनावबाट गुज्रिरहेका छन् । कसैलाई पारिवारीक तनाव छ भने कसैलाई कार्यालयको तनाव भएको हुन सक्छ । अझ कोरोना महामारीपछि त विश्वमा नै तनाव लिनेको संख्यामा वृद्धि भएको छ । यस्तो अवस्थामा तनाव कम गर्न तुलसी तथा पुदिनाकोे सेवन गर्न सकिन्छ । अनुहारमा चमक ल्याउन अनुहारमा चमक ल्याउन पनि पुदिना तथा तुलसीको सेवन गर्नु राम्रो मानिन्छ । अन्य विभिन्न फाइदाहरु रहेका कारण पुदिना तथा तुलसी सकेसम्म दैनिक सेवन गर्नु राम्रो मानिदै आएको छ । (अन्तराष्ट्रिय विभिन्न संचारमाध्यमको सहयोगमा)
उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल, आकस्मिक बाहेकको शल्यक्रिया रोकियो
काठमाडाैं । अब उपत्यकाका सबै अस्पताल काेभिड अस्पतालकाे रुपमा संचालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हाे । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकाका सबै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको उपचार हुने बताए । यस्तै मन्त्रालयले दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई पनि कोभिड –१९ को लक्षणसहितको संक्रमितको उपचार गर्नेगरि कोभिड अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय गरेकाे गौतमले जानकारी दिए । सरकारले उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका सबै प्रकारका शल्यक्रिया (अप्रेसन) स्थगित गर्न पनि निर्देशन दिएको छ । कोरोना महामारी बढेको कारण देखाएर सरकारले नियमित शल्यक्रिया रोक्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रण हुँदै गएपछि मात्रै नियमित शल्यक्रियालाई निरन्तरता दिन सरकारले सबै अस्पतालहरुलाई निर्देशन दिएको हो ।
उपत्यकामा ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे काम शुरु
काठमाडाैं । काठमाडाैं उपत्यकामा ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु भएकाे जानकारी दिए । गाैतमले अस्पतालकाे लागि जग्गा व्यवस्थापनकाे काम शुरु भएकाे जानकारी दिए । हाल उपत्यकामा सुरुवा राेग अस्पतालकाे रुपमा टेकु अस्पताल मात्र रहेकाे छ ।