साेमबार ७ हजार १३५ जनाले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म तीन लाख ९८ हजार ४८३ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० हजार ४५३ जनाको नमुना परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगैँ हालसम्म ५ लाख २० हजार ४६१ जनामा संक्रमण पुष्टि भएको छ । आज थप १८५ जनाको मृत्यु भएसँगैं देशभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।
पहिलाे खाेप लगाएकालाई १६ हप्ताभित्र दाेस्राे खाेप लगाउने तयारीमा स्वास्थ्य मन्त्रालय
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिडकाे पहिलाे खाेप लगाएकालाई १६ हप्ताभित्र दाेस्राे खाेप लगाउने तयारी भइरहेकाे जानकारी दिएकाे छ । मन्त्रालयका काेभिड-१९ केस म्यानेजमेन्टका प्रमुख विशेषज्ञ डा, राेशन पाेखरेलले मन्त्रालयले पहिलाे खाेप लगाएकाहरुकाे लागि १६ हप्ताभित्र खाेप लगाउने तयारी भइरहेकाे बताएका हुन् । यसअघि पहिलाे खाेप लगाएकाे १२ हप्तासम्म दाेस्राे डाेज खाेप लगाउने गाइडलाइन्स रहेकाे थियाे । डा. राेशनकाे अनुसार भारतले पठाएकाे नयाँ गाइडलाइन्सलाई पालन गर्दै ४ महिनाभित्र दाेस्राे डाेज खाेप लगाउने तयारी भइरहेकाे छ । उनले पहिलाे खाेप लगाएर दाेस्राे खाेप नलगाएकाे अवस्थामा असर नगर्ने पनि बताएका छन् । पहिलाे खाेप लगाएका अवस्थामा खाेपले काम गर्ने र दुवै डाेज लगाएकाे अवस्थामा थप काम गर्ने उनले जानकारी दिएका छन् ।
स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकरात्मक: स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडाैं । विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउने विषयमा दिएकाे सुझावमा स्वास्थ्य मन्त्रालय सकरात्मक भएकाे हृदयश त्रिपाठीले बताएका छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले साेमबार एक कार्यक्रम मार्फत मन्त्रालय स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकरात्मक भएकाे बताएका हुन् । मन्त्री त्रिपाठीकाे यस प्रतिकृयाले नेपालमा स्वास्थ्य संकटकाल लाग्ने सम्भावना देखिएकाे छ ।