क्यानडाबाट बागलुङकाे बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ४ लाखको स्वास्थ्य सामग्री
बागलुङ । ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’को आर्थिक सहयोग, नेपाली कांग्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा चार लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको उक्त केन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालित छ । केन्द्रमा आयोजित कार्यक्रममा शेरचनले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ती सामग्री हस्तान्तरण गरेका थिए । कोरोना महामारीविरुद्धको लडाइमा अत्यावश्यक उपकरण अक्सिजन कन्सन्ट्रेटर तीन, अक्सीमिटर २५, मास्क चार हजार थान, स्यानिटाइजर २० लिटर, सिटामोल आठ सय स्टिक र आइसोलेसन शय्याका लागि १५ थान तन्नालगायत गरी रु. चार लाख बराबरको सामग्री प्रदान गरिएको शेरचनले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि फाउण्डेशनका अध्यक्ष देवेन्द्र हमाल, सदस्य लोमश रेग्मी, हरिहर भण्डारी, राजु बज्राचार्य र राधा बरालले आर्थिक सहयोग गरेका थिए । ‘कोरोना रोकथाम र उपचारमा सहयोग पु¥याउने अभियानमा छौँ, बुर्तिबाङ बजारका सर्वसाधारणलाई मास्क पनि वितरण ग¥र्यौँ’, उनले भने । ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आफूहरुको पहल र सक्रियता रहीरहने शेरचनको भनाइ छ । नगरप्रमुख नेपालीले विपद्को सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । रासस
नेपाललाई १० लाख डोज खोप दिने चीनको घोषणा
काठमाडाैं । चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका हुन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप दिने घोषणाको जानकारी दिएकी हुन्। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि यसअघि चीनले नेपाललाई ८ लाख खोप अनुदान दिएको थियो। चिनियाँ भेरोसेल खोप कोरोनाविरुद्ध प्रभावकारी मानिएको छ। बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् । During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd — Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021
चिकित्सककाे सल्लाह बिना जथभावी स्टेराेइडकाे प्रयाेग नगर्नु: स्वास्थ्य मन्त्रालय
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सककाे सल्लाह बिना जथभावी स्टेराेइड र एन्टिबायाेटिक्सकाे प्रयाेग नगर्ने सबैलाई अनुराेध गरेकाे छ । मन्त्रालयका सहप्रवक्त डा. समिर कुमार अधिकारीले बुधबारकाे प्रेस ब्रिफिङ्गमा चिकित्सककाे सल्लाह बिना जथभावी स्टेराेइड र एन्टिबायाेटिक्सकाे प्रयाेग नगर्ने गरेका हुन् । यस्ता औषधीहरु स्वास्थ्यकर्मीकाे सिफिरिस र निगरानीमा रहेर मात्र प्रयाेग गर्नुपर्छ । यस्ता औषधीले शरीरमा सुगर लेभल बढाउने र अन्य विभिन्न असरहरु गर्ने हुन्छ त्यसैले याे चिकित्सककाे सिफारिस बिना कदापी पनि प्रयाेग नगर्न सबैलाई आग्रह गर्दछु,’ उनले भने । अनावश्यक औषधीकाे प्रयाेगले गम्भिर स्वास्थ्य समस्याहरु बढीरहेकाे कारण काेराेना सबैलाई उनले सचेत र सजक रहन आग्रह गरेका छन् ।