कोशी अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने
काठमाडौं । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ुमोबाइल अस्पताल एपु सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्ने छन् । यसैगरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने छन् । यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ । दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।
अष्ट्रेलियाको नेसनल लिडरशीप फोरममा नेपालका डा. दिनेश कोइराला ‘की नोट स्पिकर’
काठमाडौं । वरिष्ठ बाल शल्य चिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् । १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको तर्फबाट त्यहाँको पार्लियामेन्टमा सञ्चालन हुने सो फोरममा ‘की नोट स्पिकर’को रूपमा चुनिएका छन् । युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरूका लागि अष्ट्रेलियामा आयोजना हुने ठूला सम्मेलनहरूमध्ये यो सम्मेलन एक हो । विभिन्न क्षेत्रमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वहरू लक्षित यो सम्मेलन लक्षित गरिन्छ । यस सम्मेलनमा अष्ट्रेलियाका पार्लामेन्टका सिनेटर, पार्लियामेन्ट फिडरल एमपी, ठूला व्यवसायीहरू तथा अन्य युवा नेताहरूसँग विभिन्न क्षेत्रमा छलफल गर्ने तथा अनुभव साटफेर समेत गरिनेछ । उक्त फोरमको कार्यकारी टिममा रहेका नेपाली व्यवसायी सागर लोहनीले यो वर्ष की नोट स्पिकिङमा डा। कोइरालाको नाम सिफारिस गरेका थिए । जसलाई सो फोरमको कार्यकारी समूहले कोइरालाले समाजलाई पुर्याएको योगदानको आधारमा उनलाई चुनेको हो । यस सम्मेलनमा सहभागी हुने नेपालबाट डा. कोइराला एक मात्रै व्यक्ति हुन् । चिकित्सकहरूमध्ये नेपालबाट अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने उनी पहिलो व्यक्ति हुनेछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. कोइरालाको स्थाई घर पोखरा हो । बंगलादेशमा डा. कोइरालाले पिडिएट्रिक सर्जरीको ५ वर्षे कोर्ष अध्ययन गरेका छन् । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस गरेका उनले बंगलादेशबाटै अमेरिकन युनिभर्सिटी अफ ढाकाबाट एमपिएच अध्ययन गरेका छन् । कोभिड महामारीको समयमा नेपालमा सबैभन्दा धेरै सर्जरी गर्नेमध्येका सर्जियनका रुपमा डा. कोइराला सम्मानित व्यक्ति हुन् । यस्तै २०७२ वैशाखको भूकम्पका समयमा धादिङ र सिन्धुपाल्चोकमा गई घाइतेहरूको उद्दार तथा उपचारमा सक्रिय उनलाई सरकारले राष्ट्र्रिय हिरोका रुपमा सम्मान समेत गरेको थियो । नेपालका दूर्गम गाउँहरूमा पुगी विभिन्न स्वास्थ्यसम्बन्धी शिविर गरि बिरामीहरूको उपचार गर्ने उनी अन्य प्राकृतिक प्रकोपका समयमा पनि धेरैको उद्दार तथा उपचारमा सक्रिय हुने चिकित्सक हुन् ।
मेडिसिटी अस्पतालमा एमआरसिपी युके पेसेस पूर्वअभ्यास परीक्षाको आयोजना
काठमाडौं । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट अफ क्लिनिकल एक्जामिनेशन स्किल्स पेसेसको पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । सेप्टेम्बर ७ र ८ तारिख भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरुले सहभागिता जनाएको अस्पतालले जनाएको छ । एमआरसिपी युके पेसेस परीक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाईन गरिएको हो । फेडेरेशन अफ द रोयल कलेज अफ फिजिसिएन्स, युकेले तोकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिएको मेडिसिटी अस्पतालले जनाएको छ । अस्पतालकाअनुसार त्यहाँ पाँच स्टेशनहरु थिए, जसको माध्यमबाट परिक्षार्थीहरुलाई उनीहरुको ज्ञान, क्लिनिकल सीप, बिरामीहरुको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्यांकन गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिसिएन्स, युकेसँग् मिलेर एमआरसिपी युके पेसेस परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव साटेका थिए । उनले भने,’उक्तस्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन मात्र गर्दैन । तर, यसले बिरामी सुरक्षाका मुद्दाहरु र सञ्चारलगायत सफ्ट स्किलहरु पनि हेर्दछ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पुर्याउँदछ । यस परीषा सञ्चालन गर्नु देशको लागि एक उपलब्धि हो । रोयल कलेज अफ फिजिसिएन्स जस्तो ५ शताब्दीभन्दा लामो इहिास बोकेको अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित संस्थाले नेपाल र नेपालको अस्पतालाई गरेको विश्वासलाई निकै ठूलो उपलब्धिको रुपमा हेरेको छु ।’ फेडेरेशन अफ द रोयल कलेजज अफ फिजिसिएन्स अफ द युनाइडेट किंगडमका प्रतिनिधिहरु डा. तञ्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीकाअनुसार उक्त पूर्वअभ्यास सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ । मेडिसिटी अस्पतालमा एमआरसिपी युकेको क्लिनिकल पाइलट परीक्षापछि निकटभविष्यमा एक समर्पित परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको छ । यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरुको आवश्यकत्ता मात्र नभई छिमेकी दक्षिण एशियाली देशका उम्मेदवारहरुलाई पनि फाइदा पुर्याउनेछ भन्ने अस्पतालको विश्वास छ । एमआरसिपी युके चिकित्सकहरुको लागि विश्वव्यापी रुपमा मान्यताप्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकहले आफ्ना बिरामीहरुलाई उत्कृष्ट योग्य चिकित्सकको रुपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हाँसिल गरेको प्रमाािण्त गर्छ । हाल धेरै चिकित्सकहरुले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नका लागि बेलायतको यात्रा गर्नुपर्नेछ । नेपालमा यस परीक्षाको लागि केन्द्र खोल्दा त्यस्ता सबै चिकित्सकहरुलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बन्नेछ । बेलायतबाट आएको भ्रमण टोलीका सदस्यहरुले सफल पाइलट परीक्षाको व्यवस्था गरेकोमा स्थानीय आयोजकहरु र मेडिसिटी अस्पतालको प्रशासनलाई धन्यवाद दिँदै यसले एमआरसिपी युकेसँगको दीर्घकालिन साझेदारीको नेतृत्व गर्ने आशा गरेको जनाएका छन् । नेपाल मेडिसिटीमा एमआरसिपी पेसेसको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा. नीरज जोशीले यस परीक्षाको उच्च मापदण्डलाई ध्यानमा राख्दै पेसेस केन्द्रहरुले पेसेस केन्द्रको दर्जा दिनुअघि निश्चित् शैक्षिक मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन् । नेपाल मेडिसिटीमा एमआरसिपी पेसेस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्कबिना अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरु खुल्नेपनि उनको भनाई छ । उनले भने,’यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।’