पीपीपी मोडलमा खुल्यो ‘तिलगंगा आइ सिटी सेन्टर’, तिलगंगाको सेवालाई देशभर विस्तार गरिँदै
काठमाडौं । तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो । तिलगंगाले आफ्नो सेवालाई विकेन्द्रिकरण गर्दै देशभर विस्तार गर्ने उद्देश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं पर्यटन समितिका सभापति देशबन्धु वस्नेत (अजित)को लगानी रहेको एबी होल्डिङ्स अन्तरगतको एबी आईकेयरसँगको सहकार्यमा पीपीपी मोडलमा तिलगंगा सिटी आई सेन्टर संचालमा ल्याएको हो । पहिलो पटक काठमाडौंको चुच्चेपाटीमा रहेको दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई केयर संचालनमा ल्याएको हो । उक्त सेन्टरको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन् । आखाँका विरामीहरुलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्राडा सन्दुक रुईतले बताए । ‘यो तिलगंगाको पीपीपी मोडलको पहलो अबधारण हो । यस तिलगंगाको जनशक्ति र निजी क्षेत्रको लगानीमा हामीले हाम्रो सेवालाई देशभर विस्तार गर्नेछौं,’ उक्त सेन्टरको उद्घाटन कार्यक्रममा उनले भने, ‘अबका दिनमा एबी आई केयरसँगको पीपीपी मोडलमा तिलगंगा सिटी आईकेयरलाई देशभर विस्तार गरी आँखाका विरामीलाई सेवा दिनेछौ ।’ सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि आवश्यक सेवाहरू प्रदान गर्दछ । उक्त सेन्टरबाट आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष जनशक्तिहरुद्वारा आँखाको जाच गराउँनुका साथै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू दिनेछ । यसैगरी मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धी र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भिजन थेरापीको सेवासुविधाहरु समेत उक्त सेन्टरले प्रदान गर्नेछ । साथै, कार्यक्रममा प्राडा रुईतले संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको भन्दै प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ प्रविधि र पद्धतीको परिकल्पना गरिएको बताए । ‘क्वालिटी आई सर्भिस एट योर डोरस्टेप’ भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएका छौं,’ उनले भने, ‘अबका दिनमा तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरि काम गर्नेछ ।’ पीपीपी मोडलमा उक्त आईसेन्टरको स्थापनासँगै स्वाथ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका बढ्दै जाने र त्यसले अबका दिनमा विरामीलाई सहज रुपमा सेवा प्रदान गर्नै सकिन तिलगंगाल सिटी आईसेन्टरका प्रबन्ध निर्देशन देशबन्धु वस्नेतले बताए । ‘हामीले तिलगंगा आँखा अस्पताको सेवालाई विरामी माझ अझै सहज रुपमा पुर्याउन पीपीपी मोडलमा उक्त आई सेन्टर संचालमा ल्याएका छौं,’ उनले भने, ‘अबका दिनमा उक्त सेन्टरलाई देशभर विस्तार गर्ने छौं जसले गर्र्दा तिलगंगाको सेवा लिन देशभरबाट काठमाडौं धाईरहनुपर्ने बाध्यता हट्नेछ ।’ साथै अबका दिनमा उक्त आई सेन्टरलाई देशभर पुर्याउन द्वूत गतिमा काम गरिने समेत वस्नेतले जानकारी दिए ।
चितवनको नेशनल सिटी अस्पतालको स्तरोन्नति, भवनमा मात्रै ५० करोड लगानी
चितवन । मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ । अस्पतालले एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो । यहाँको श्री मेडिकल एण्ड टेक्निकल कलेजसहित दुई सयले अस्पतालमा लगानी गरेका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार हालै निर्माण गरिएको छ तले अत्याधुनिक भवनबाट सेवा सुरु गरिएको छ । ‘८२ हजार स्क्वायरफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो । भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था छ । भवनका लागि मात्रै अस्पतालले ६० करोड लगानी गरेको छ’, उनले भने । भरतपुरको चौबीसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्ण व्यावसायिक ढङ्गबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिए । अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा एक सय श्यया छन् । भविष्यमा थप ५० श्यया बढाउने योजना रहेको उनले बताए । ‘हाल २२ क्याविन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटीस्क्यान, छ श्ययाको बाल सघन उपचार कक्ष, १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको पोष्टअप सञ्चालनमा छन्’, उनले भने । दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिए। अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उनको भनाइ थियो । केही दिनमै पाँच श्ययाको डायलासिस सेवासमेत दिन लागिएको उनले जानकारी दिए । एक अर्ब अधिकृत पुँजी रहेको अस्पतालको चुक्ता पुँजी ८५ करोड रहेको छ । विसं २०६५ असोज १५ गते नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई विसं २०७२ साउनदेखि भरतपुरमा सारिएको थियो ।
तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ
काठमाडौं । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटी स्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ आजबाट गरिएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समुहवाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको हो । सेन्टरको उद्घाटन कार्यक्रम ‘द गड अफ साईट’को रुपमा प्रख्यात तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबाट संयुक्त रुपमा गरियो । यस सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्दछ । यहाँ आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाच गरिन्छ । नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू यसले प्रदान गर्दछ । मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरु पनि यो संस्थाले प्रधान गर्ने छ । न्यानो र स्वागतयोग्य वातावरणमा बिरामी केन्द्रित उपचार सहित हरेक वर्गका सेवाग्राहीहरुले सरल र सहज तरिकाले उचित सेवा सेन्टरले प्रदान गर्ने छ । संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको छ । प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ नयाँ प्रविधि र पद्धतीको परिकल्पना गरेको । ‘क्वालिटी आइ सर्भिस एट योर डोर स्टेप’ भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएको यो तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरि कार्य गर्नेछ ।