अब भारतबाट सिधै नेपालको बैंक खातामा पैसा पठाउन मिल्ने, सीमा कति ?

काठमाडौं । अब भारतबाट नेपालको बैंकको खातामा पैसा पठाउने पाइने भएको छ । नेपाल राष्ट बैंकले इन्डो-नेपाल रेमिट्यान्स फ्यासिलिटी स्कीम अन्तर्गत शुक्रबार एक परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकको सम्झौताअनुसार नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग ( इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग र क्यूआर कोडमार्फत् राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी पैसा पठाउने सक्नेछन् । यस्तै, नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ–बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्यूआर कोडामार्फत् राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन १५ हजार र प्रतिमहिना एक लाख रुपैयाँ भारतीय रुपैयाँ जम्मा हुने गरी पारिश्रमिक बापतको सटही प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । नेपाली व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्न सकिनेछ । यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरू र सोका निराकरण/न्यूनीकरणका उपायहरु सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नु परिपत्रमा उल्लेख छ । क्रसबोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच गत भदौमा सम्झौता भएको थियो । क्रसबोर्डर भुक्तानी सम्बन्धमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) बीच गत जेठमा सम्झौता भएको थियो ।

फागुनमा ६५ हजार युवा विदेशिए, धेरैको गन्तव्य यूएई

काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा फागुनमा ६५ हजार बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनमा नेपालबाट ६५ हजार ६५८ जना नेपाली विदेशिएका हुन् । विभागको तथ्यांकअनुसार माघको तुलनामा फागुनमा रोजगारको निम्ति विदेश जाने नेपालीको संख्या झण्डै तीन हजारले वृद्धि भएको छ । माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारको सिलसिलामा विदेशिएका थिए । वैदेशिक रोजगारको सिलसिलामा फागुनमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना पुरुष विदेशिएका छन् । तथ्यांकअनुसार फागुन महिनामा नेपालबाट सबैभन्दा धेरै अर्थात् १८ हजार ७०७ जना नेपाली रोजगारीको लागि युएई गएका छन् । त्यस्तै, १३ हजार २६७ जना साउदी अरेबिया, ११ हजार ३९० कतार, ८ हजार ४१७ मलेसिया, ३ हजार २०६ कुवेत र १३६० जना नेपाली रोजगारको निम्ति इटली गएका छन् । सो महिनामा अन्य देशमा गएका नेपालीको संख्या भने एक हजार भन्दा कम रहेको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ८ महिनामध्ये साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६३३, मंसिरमा ७१ हजार २७६ र पुसमा ६५ हजार ८१३ जना नेपाली रोजगारको निम्ति विदेशिएका छन् । फागुन महिनामा धनुषा जिल्लाबाट सबैभन्दा ठूलो संख्या अर्थात् ३५५४ जना रोजगारको सिलसिलामा विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।

मार्कसिटमा ‘स्टारै स्टार’, शैक्षिक उद्यममा राज

काठमाडौं । अहिले विश्व आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा प्रवेश गरिसकेको छ । मान्छेले भन्दा धेरै काम प्रविधिले गरिरहेको छ । तर, नेपालमा भने अझैं विद्यालय वा कलेज जाँदा झोलाभरि किताब बोकेर जानु पर्ने बाध्यता छ । नेपालको घोकन्ते शिक्षा प्रणालीले विद्यार्थीहरूलाई विद्यालयप्रतिको आकर्षण घटाइरहेको छ । बेलाबखत यो शिक्षा प्रणालीको वहस पनि हुन थालेको छ । तर, उही घोकन्ते प्रणालीमा नेपालका विद्यालय, कलेजहरू सञ्चालन भइरहेका छन् । नेपालको शिक्षा प्रणाली काम नलाग्ने भन्दै अहिले धेरै विद्यालय, कलेजहरू अन्तर्राष्ट्रिय अथवा विदेशबाट मान्यता लिएर सञ्चालनमा आइरहेका छन् । दशकौ पुरानो ‘करिकुलम’मा आधारित शिक्षाभन्दा प्राविधिक शिक्षामा जोडदिनुपर्छ भनेर पनि वहस भइरहेको छ । यो वहसका बिचमा विगत केही वर्ष यता नेपाली शिक्षा क्षेत्रलाई विज्ञान प्रविधिसँग जोड्ने उद्देश्यका साथ इनोभेटिभ नेपाल ग्रुप (आईएनजी)ले चर्चा पाइरहेको छ । व्यावसायिक शिक्षालाई जोड दिएर काम गरिरहेको आईएनजी ग्रपले सूचना प्रविधि र व्यवसायसँग सम्बन्धित विषयमा विद्यार्थीलाई शिक्षा दिइरहेको छ । नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सघाउ पु¥याउने र पढ्दै काम गर्न सक्ने बनाउने उद्देश्यले नेपाली शिक्षामा (आईएनजी)ले आईटी र बिजनेस सम्बन्धिका कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरू माझ लोकप्रिय बनिरहेको छ । लन्डन मेट्रोपोलिटन युनिभर्सिटी र वोल्भरह्याम्प्टन विश्वविद्यालयबाट सम्बन्धन लिई आईएनजीले शिक्षा क्षेत्रमा राज गरेको छ भन्दा फरक नपर्ला । विद्यार्थीलाई घोकन्ते शिक्षामा ढाल्ने भन्दा पनि सिक्दै काम गर्ने वातावरणको सिर्जना आईएनजी ग्रुपले गरेको छ । नेपालका अन्य कलेजमा विद्यार्थीको समस्या भइरहेका बेला आईएनजीले सञ्चालन गरेका कलेजमा भने विद्यार्थीको संख्या भरिभराउ छ । के हो आईएनजी ? इनोभेट नेपाल ग्रुप (आईएनजी) एक लगानी होल्डिङ कम्पनी हो । यसले नेपालमा अन्तर्राष्ट्रियस्तरको स्नातक र स्नातकोत्तर तहको आईटी र बिजनेसका पाठ्यक्रम निर्माण गरी अध्ययन गराउने गरेको छ । यो व्यावसायिक समूहले आफूलाई अन्तर्राष्ट्रिय कलेजहरूको सञ्जालमा नेपालको ठूलो ग्रुपका रूपमा चिनाइरहेको छ । नेपालमा सन १९९६मा स्थापना भएको यस कम्पनीका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी हुन् । उनलाई सरकारले सन् २०१४ मा नेपालमा उच्च शिक्षाको सुधारको लागि काम गरेको भन्दै सम्मान पनि गरेको थियो । त्यसपछि उनले काठमाडौंको कमल पाखेरीमा ईस्लिङटन कलेजको स्थापना गरेका थिए । ईस्लिङटन कलेजबाट सुरु गरेको आईएनजीको शैक्षिक यात्रा अहिले देशभर फैलिएको छ । अहिले आईएनजीले काठमाडौंमा हेराल्ड कलेज र ईस्लिङटन कलेज, विराटनगर इन्टरनेसनल कलेज, पोखरामा इन्फरमेटिक्स कलेज, इटहरी इन्टरनेशनल कलेज सञ्चालन गरिरहेको छ भने अन्य धेरै कलेजसँग सेयर साझेदारकारूपमा पनि काम गरिरहेको छ । हेराल्ड कलेज आईएनजीले सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंकोे नक्सालमा रहेको छ । यो कलेज सन् २००० मा स्थापना भएको कलेज हो । यस कलेजले बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयबाट ब्याचलर्स डिग्री कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कलेजले विद्यार्थीका अन्तर्राष्ट्रियस्तरको शिक्षा दिरहेको छ । हेराल्ड कलेज काठमाडौंले इम्फरमेशन टेक्नोलोजीतर्फ विश्व बजारलाई सुहाउने गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । यसले ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी अन्तर्गत कम्प्युटर साइन्स, आधुनिक कम्प्युटर भाषा, उपकरण, प्रविधि र विधिसँग विद्यार्थीलाई जोड्ने गरेको छ । ईस्लिङटन कलेज यो कलेज काठमाडौंको कमलपोखरीमा छ । सन् १९९६ मा खुलेको ईस्लिङटन कलेजले आईटी शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी भूमिका खेलेको छ । बेलायतको लन्डन मेट्रोपोलिटन कलेजसँग सिधै सम्झौता गर्ने यो नेपालको पहिलो कलेज हो । इस्लिङटन अन्तर्राष्ट्रिय डिग्री दिने कलेजको समूहमा फरक पहिचान बोकेको छ । यो कलेजले आईटी तर्फ बीएससी कम्प्युटिङ, ब्याचलर्स इन कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, ब्याचलर्स इन मल्टिमिडिया टेक्नोलोजी, ब्याचलर्स इन मोबाईल एप्लिकेशन डेभलपमेन्ट, ब्याचलर्स इन कम्प्युटिङ विथ आर्टिफिसियल इन्टिलिजियन्सको अध्यापन गर्दै आएको छ । विराटनगर इन्टरनेशनल कलेज मेरिल्याण्ड कलेजको नाममा परिचित यो कलेज अहिले विराटनगर इन्टरनेशनल नामका रुपमा परिचित छ । विगत केही वर्ष यता इनोभेट नेपाल ग्रुप आईएनजीले खरिद गरेर नाम परिवर्तन गरेको हो । त्यहाँ अहिले बिए (अनर्स) इन्टरनेशनल हस्पिटालिटि म्यानेजमेन्ट, मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढइन्छ । इन्फरमेटिक्स कलेज पोखरा आईएनजीले सञ्चालन गरेको अर्को कलेज हो इन्फरमेटिक्स कलेज । यो पोखरमा छ । सन् २०११ मा स्थापना भएको कलेजले सन् २०१७ देखि इन्फर्मेटिक्स कलेज पोखराले पोखराका विद्यार्थीहरूलाई सुलभ मूल्यमा आईटी र व्यवसायमा उच्च शिक्षा प्रदान गरिरहेको छ । लन्डन मेट्रोपोलिटन युनिभर्सिटी, युकेसँग प्रत्यक्ष साझेदारी गर्दै आएको छ । इटहरी इन्टरनेशनल कलेज बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयको समबन्धनमा केही वर्षदेखि इटहरी इन्टरनेशनल कलेज सञ्चालनमा आएको छ । मोरङको सुन्दर हरैंचामा संचालनमा आएको इटहरी इन्टरनेशनल कलेज पनि आईएनजीमा आवद्ध छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री म्यानेजमेन्ट अन्तर्गत बिबिए डिग्री र बिअईटि डिग्री सर्वशुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरमा नै पढाइ हुँदै आएको छ । कस्तो हुन्छ पढाइ ? आईएनजीले विशेषगरी आईटी र व्यवसाय लगायत सूचना प्रविधिलाई जोड दिन्छ । समय सापेक्षा अनुरूप शिक्षा, र शिक्षण सिकाइमा परिवर्तन गर्ने उद्देश्यले नेपालमा उदय भएको आईएनजीले नेपाली विद्यार्थी, नेपाली बजारमा मात्र नभई विश्वबजारमा प्रतिसपर्धा गर्न सक्ने गरी शिक्षा दिरहेको दाबी गरेको छ । अबको समय विज्ञान र प्रविधिको हो । सैद्धान्तिक कुरामा अब सायदै अरुको चासो जान्छ । त्यसैले प्रविधि र कम्प्युटर अनि सूचना प्रविधिका बारेमा जानकारी राख्न पनि आईटी पढ्न आवश्यक रहेको आईएनजीको दाबी छ । अहिलेको विद्यार्थी धेरै अगाडि छन्, उनीहरू खुसी र सफलता चाहन्छन् । आईएनजीका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी विद्यार्थीको रोजाइलाई ध्यान दिँदै शिक्षा प्रदान गर्दै आएको बताउँछन् । बुढाथोकी सैद्दान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा कलेजले जोड दिइरहेको सुनाउँछन् । ब्याचलर्स इन कम्पियुटिङ, ब्याचलर इन कम्पयुटर नेटवर्किङ एण्ड साइबर सिक्युरेटी, ब्याचलर्स इन मल्टिमिडिया टेक्नोलोजि, इन्टरनेश्नल बिजनेस र डिजिटल बिजनेस म्यानेजमेन्ट लगायतका विषयहरू यी कलेजहरूमान पढाइ हुन्छ । उनले काब्या स्कूल पनि सञ्चालन गर्दै आएका छन् । कमजोर विद्यार्थी, उद्यममा राज काठमाडौंमा जन्मे हुर्केका सुलभ बुढाथोकी नेपालकै एउटा इन्स्टिच्युटमा पढाउँथे । उनी २३ वर्षअघि भारतबाट ओरेकल सर्टिफिकेसन सकेर नेपाल फर्के । भारतबाट फर्केपछि उनी अमेरिका जाने योजनामा थिए । उनलाई अमेरिका जानुभन्दा पहिले आफूले काम गरेको संस्थामा जान मन लाग्यो । त्यहाँ जाँदा त्यो संस्था लिलामी अवस्थामा थियो । त्यहाँ काम गर्ने कर्मचारी, त्यहाँका पढ्ने विद्यार्थी सबैको मुखमा उनले निराशा देखे । आफूले काम गरेको, पढाएको संस्था बन्द हुन लागेको देख्दा उनलाई अमेरिका जान मन लागेन । यस्तो अवस्था देख्दा पनि आफू बाहिर गए मैले भाग्न खोजेको जस्तो हुन्छ भन्दै उनले अमेरिकाको यात्रा रोके । त्यसपछि उनलाई लाग्यो, ‘अब मैले नेपाल छोडेर जान हुँदैन, बरु नेपालमै केही गर्नुपर्छ ।’ उनलाई शिक्षामा केही नयाँ काम गर्न मन लाग्यो । उनलाई त्यही बेला आएको त्यो जोशले नै अहिले यहाँसम्म पु¥याएको उनी सुनाउँछन् । २३ वर्ष अगाडि सुरु गरेको त्यो झिल्कोले आज यहाँ सम्म पुगेको उनको भनाइ छ । अहिले उनले सुरू गरेको आईएनजी शिक्षा कार्यक्रममा विभिन्न कलेजमा करिब ९ हजार विद्यार्थी उच्च शिक्षामा अध्ययन गरिरहेका छन् भने करिब १ हजार ७ सय कमचारी छन् । शिक्षा क्षेत्रमा अहिले पनि ठूलो खाडल रहेको उनी बताउँछन् । जहाँ चुनौत छ त्यहाँ अवसर पनि छ । शिक्षा क्षेत्रमा देखिएको गहिरो खाडल पुर्न आफू लागि परेको उनी सुनाउँछन् । सुलभ विद्यालय पढ्दा कनीकुथी पास हुन्थे । उनलाई अहिले पनि स्कुलका शिक्षक सम्झदा लठ्ठीको मात्र याद आउँछ । कक्षा १० सम्म उनी कमजोर विद्यार्थी थिए । टेस्टमा उनी बल्ल पास भए । एसएलसी दिने बेला आउँदा उनलाई लाग्यो अब मैले पढाइमा ध्यान दिएन भने मैले केही गर्न सक्दैन । उनले तीन महिना यसरी पढेकी एसएलसीमा उनको गाउँबाट फस्र्ट डिभिजन्मा पास हुने उनी मात्र भए । उनले त्यसपछि आफ्नो क्षमता चिने । उनलाई आफ्नो स्कुलताका दिन सम्झदा अहिले पनि स्कुल पढ्ने विद्यार्थी देख्दा आफ्नो विगत जस्तै बितिरहेको होला भन्ने लाग्छ । जहाँ उनलाई लठ्ठी र तर्सिएर घोकेर ठोकेर पढ्नुप¥यो । हरेक बच्चा जन्मदा उत्तिकै सम्भावना लिएर जन्मन्छ । कुनै पनि बच्चामा केही न केही सम्भावना हुन्छ । तर, नेपालको शैक्षिक प्रणालीले बच्चाको सम्भावना नै गुमाइदिएको उनी बताउँछन् । ‘पढाइ भनेको यो हो, यति नम्बर ल्याएपछि पास हुन्छ, अरूले लेखेको कुरालाई घोकेर कन्ठ गर्नुपर्ने बाध्यता छ, यसको अन्त्य गर्नुपर्छ,’ उनी भन्छन् । ‘नेपालको शिक्षा प्रणालीले को बच्चा कमजोर, को बच्चा ट्यालेन्ट भनेर छुट्याएको छ,’ उनी भन्छन्, ‘मलाई पनि नेपालको शिक्षाले असक्षम होस् भनेर फेलरको रूपमा राखेको हो । तर, मैले यसलाई चुनौती दिएको छु ।’ अहिले ब्याचलर्समा फेल हुँदा ट्रान्सकिप्टमा तारा राखिन्छ । यस्ता तारा सुलभका सर्टिफिकेटमा धेरै छन् । ‘मेरो ब्याचलर्सको ट्रान्सकिप्टमा विषय भन्दा बढी तारा छन्,’ उनी भन्छन्, ‘तिमी असक्षम छौ भनेर एउटा धब्बा नेपालको शिक्षाले लगाइदिन्छ, म पनि त्यही धब्बा लागेको विद्यार्थी हुँ, यही प्रणालीलाई अन्त्य गर्न नेपालमा अब नयाँ त्यसमा पनि विद्यार्थीले आफ्नो क्षमता चिनेर पढ्ने कोर्स सुरु गरेका छौं ।’ नेपालको शिक्षा प्रणालीले असफल भनेर प्रमाणित गरेका विद्यार्थीहरूलाई आईएनजीले सक्षम छन् भन्ने प्रमाण गरेको उनको भनाइ छ ।