सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले कुल बजेटको चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको छ ।

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना, सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गर्ने बताएका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गरिने बताएका हुन् । उनले ब्याज अनुदान सम्बन्धि अनुदान तथा सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन् । उनले डिजिटल, घुम्ती र मोबाइल बैंकिङलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खोल्ने, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने पनि बताएका छन् ।

बजेट भाषण सुरु (LIVE)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त बैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।