जीवन बीमा कम्पनीको लगानी ९३ अर्ब ९३ करोड, मुद्दती निक्षेपमा मात्र ७७ अर्ब २६ करोड
काठमाडौं, ३ असोज । जीवन बीमा कम्पनीहरुले गत आव २०७२÷७३ मा विभिन्न क्षेत्रगत तथा संस्थागत रुपमा ९३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छन् । ८ ओटा जीवन बीमा कम्पनीले गरेको क्षेत्रगत लगानीमध्ये अनिवार्य लगानीमा ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी भएको भने स्वेच्छिक लगानीमा ९ अर्ब ३९ करोड रुपैयाँ लगानी भएको बीमा समितिले जानकारी दिएको छ । सबैभन्दा बढी लगानी नेपाल लाइफ इन्स्योरेन्स गरेको छ । यो कम्पनीले गत असारमसान्तसम्ममा विभिन्न क्षेत्रमा २८ अर्ब २२ करोड लगानी गरेको छ । राष्ट्रिय बीमा संस्थानले कुनै पनि क्षेत्रमा लगानी गरेको तथ्याङ्क देखिदैन । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २३ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको तथ्याङ्क छ । नेशलन लाइफ इन्स्योरेन्सको क्षेत्रगत लगानी १४ अर्ब १३ करोड रहेको छ । एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्सले दुबै क्षेत्रमा लगानी गरेका छन् । मेट लाइफ इन्स्योरेन्सले स्वेच्छिक लगानी देखिदैन । गत आवमा जीवन बीमा कम्पनीहरुले अनिवार्य लगानीतर्फ सबैभन्दा बढी लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा भएको छ । ती कम्पनीहरुले वाणिज्य बैकको मुद्दती निक्षेपमा ७७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको समिति सुपरिविक्षेण तथा अनुगमन महाशाखाका निर्देशक राजुरमण पौडेलले बताए । सो अनिवार्य लगानीमा नेशनल लाइफ इन्स्योरेन्सले २५ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले २० अर्ब १५ करोड लागनी गरेका छन् । बीमा कम्पनीहरुको ३ अर्ब ९१ करोड लगानी नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा गरेका छन् भने ३ अर्ब ६ करोड रुपैयाँ विकास बैंकको निक्षेपमा भएको समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । नागरिक लगानीमा जीवन बीमा कम्पनीको लागनी ४३ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले स्वेच्छिक लगानीमा थोरैमात्र लगानी गरेका छन् । नेशलन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स गरी ८ ओटा कम्पनीले ९ अर्ब २५ करोड रुपैयाँको स्वेच्छिक लगानी गरेका छन् । स्वेच्छिक लगानीका विभिन्न शीर्षकहरुमध्ये उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रमा प्राइम लाइफले मात्र १२ करोड लगानी गरेको छ भने अन्य कुनै पनि कम्पनीले यसमा लगानी गरेका छैनन् । कम्पनीहरुले ४ अर्ब ४१ करोड अन्य पब्लिक लिमिटेडको साधारण सेयरमा लगानी गरेका छन् । सो अवधिमा ३ अर्ब ७० करोड रुपैयाँ वाणिज्य बैंकको शेयर लगानीमा भएको छ । १ अर्ब रुपैयाँ वित्त कम्पनीहरुको मुद्दती निक्षेप लगानी भएको छ । बीमा कम्पनीहरूसँग दीर्घकालिन प्रकृतिकाे काेष भएपनि लगानी भने अल्पकालिन छ ।
१० लाख रुपैयाँमा कम्पनीको ब्राण्ड एम्बेसडर बन्छुः राजेश हमाल
हालसम्म कतिवटा कम्पनीको ब्राण्ड एम्बेसडर बन्नुभयो होला ? ठ्याक्कै यति वटा कम्पनीको ब्राण्ड एम्बेसडर बनिसकेँ भन्ने याद छैन । मैले संख्या गणना गरेर राख्ने गरेको पनि छैन । तर चलचित्रमा काम सुरु गर्दादेखि नै ब्राण्ड एम्बेसडर बन्न थालेको हुँ । मलाई याद भएसम्म मैले पहिलो पटक भने साबुनको विज्ञापनमा खेलेको थिएँ । अहिलेसम्म कति समय दिनुभयो होला कर्पाेरेट क्षेत्रलाई ? मुलभूत समय चलचित्र क्षेत्रकै लागि दिएको छु । त्यसपछि केहि समय कर्पाेरेट क्षेत्रले पाएको छ । मैले विज्ञापनमा मात्रै होइन सामाजिक अभियानलाई पनि समय दिएको छु । गृह मन्त्रालयको लागु औषध दुव्र्यसनी विरुद्धको अभियानदेखि डब्लुडब्लुएफको बन्य जन्तु जोगाउने अभियान होस् वा अन्य महत्वपूर्ण सामाजिक अभियानका लागि पनि मैले समय दिएको छु र मेहनत पनि गरेको छ । कर्पाेरेट सेक्टरका लागि पनि एकदेखि दुई बर्षको सम्झौता गर्छु । दुई बर्षपछि निरन्तरता दिनुहुन्न ? यो नितान्त व्यवसायिक पक्ष भएकाले कम्पनीसँगको सम्बन्ध र आवश्यकतालाई हेरेर सम्झौता नविकरण गर्छु । सबै भन्दा लामो समय दिएको ब्राण्ड कुन हो ? नेपाः टप कम्पनीलाई सबै भन्दा धेरै समय दिएको छु । यो कम्पनीसँग म लामो समयदेखि जोडिँदै आएको छु । नेपाः टप सब ठिकठाक कम्पनीसँगको एग्रिमेन्ट पुरानो हो र त्यो अझै कायमै छ । कहिले काँही भने केहि प्रडक्टहरुले मेरा लागि दर्शकसँग नजिकिने अवसर पनि दिएका छन् । सन २००४ मा टुपिएम चाउचाउको अभियान थियो । स्क्र्याच गरेर पैसा पाउने व्यवस्था थियो । जो जसलाई पुरस्कार पर्ने हो तिनै गाउँघरमा पुगेर पुरस्कृत गर्नुपर्ने व्यवस्था थियो । त्यसक्रममा म देशभर घुमेको थिए । जुम्ला, हुम्ला पुगेर दर्शकलाई पुरस्कृत गरेको थिएँ । रमपमले पनि यस्तै योजना ल्याएको थियो । मुलुक द्धन्द्धमा फसेका बेला पनि म कलाकारका रुपमा देशभर घुम्न पाएँ । कसैले पनि रोकतोक गरेनन् । राजनीतिले फुटाएको समाजलाई कलाकारिताले जोड्ने रहेछ भन्ने अनुभव पनि त्यसैबेला गर्न पाएको थिए । कुन ब्राण्डको एम्बेसडर बन्ने र कुन ब्राण्डको नबन्ने भन्ने छनौट कसरी गर्नुहुन्छ ? ब्राण्डको छवि र गुणस्तरमा ध्यान दिन्छु । मैले आफ्नो छवि खराब गरेँ भने पनि ब्राण्डलाई असर गर्छ । ब्राण्डले खराब काम गर्यो भने पनि मेरो छवि बिगार्छ । त्यसकारण ब्राण्ड छान्दा बिशेष ध्यान दिन्छु । सम्झौता गर्ने बेलामै सर्तहरु स्पष्ट पार्ने गरेको छु । सम्झौता अनुसार नभएर समस्या परेका उदाहरण छन् ? ब्राण्डको गुणस्तरमै समस्या त आएको भेटिएको छैन् तर एक पटक पब्लिकमा मैले काम गरेको ब्राण्ड माथि प्रश्न उठेको थियो । गुणस्तरमा म निश्चिन्त थिएँ तर पब्लिकममा गलत सन्देश गएको थियो । कम्पनीको नाम लिनु त्यति उपयुक्त नहोला । तर ब्राण्डका कारण केही समस्या भने आएको थियो । जुन बस्तुको ब्राण्ड एम्बेसडर बन्नुहुन्छ, त्यसको प्रयोग गर्नुहुन्छ ? अधिकांश ब्राण्डका उत्पादनको आफैँ पनि प्रयोग गर्छु । सामान्यतया म चुरोट र रक्सीको विज्ञापनमा खेल्दिन । आफूले प्रमोशन गरेका उत्पादन प्रयोग गर्छु नै । धेरै पहिले चौधरी समुहको साहसी चुरोट र बियरको ब्राण्ड एम्बेसडर बनेको थियो । त्यसपछि रक्सी र चुरोटको विज्ञापनमा खेलिँन । म जुन जुन उत्पादनको विज्ञापनमा खेल्छु ती सामान मैले आफैं पनि प्रयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो । मैले राग पानको विज्ञापनमा काम गरेँ । त्यसमा टोबाको छैन भन्ने पुष्टि भएपछि मात्रै काम गरेको थिएँ । चलचित्रमा नायकहरुले काम गर्ने टिम रोज्छन, कर्पाेरेट सेक्टरको काममा चाँँही के हुन्छ ? विज्ञापनमा चाँही उत्पादक वा वितरक कम्पनीले भन्दा पनि विज्ञापन बनाउने कम्पनीले काम गर्नेहरुको छनौट गर्छ । कम्पनीको छबि अनुसार विज्ञापनका लागि पात्र छनौट गर्ने हो । त्यसका लागि सहयोगी टिम पनि त्यसकै आधारमा चयन हुन्छ । मैले खासै यस्तो व्यक्ति ल्याउनुस भनेर भन्ने गरेको छैन् । एनएमबी बैंकको टिभिसीमा हामी त औठा छाप भनिएको छ, आजको दुनियाँमा त्यसले समाजको चित्रण गर्छ ? नेपालमा अझै पनि औठा छाप मात्रै प्रयोग गर्न सक्ने ठुलो समुदाय छ । हामी शिक्षा र विकासमा धेरै अघि बढिसकेका छैनौं । अघि बढ्ने प्रयास जारी छ । अर्काे कुरा भनेको औठा छाप भन्ने शब्द राखेर आम नेपाली मनोविज्ञानलाई समेट्न खोजिएको पनि हो । तपाईँले एनएमबी बैंकमा खाता खोल्नु भयो ? अहिलेसम्म छैन । अब खोल्छु । आफुले ब्राण्ड एम्बेसडर भएर काम गरेको बैंकमा खाता त खोल्नै पर्यो नि । दुई बर्षको सम्झौता गरेको हुँ एनएमबीसँग । एउटै प्रकृतिका दुई ब्राण्डसँग एकै पटक काम गर्नु भएको छ ? म त्यस्तो गर्दिनँ । एउटा चाउ चाउको काम गरेपछि सोही अवधीमा अर्काे चाउचाउ कम्पनीमा काम गर्दिनँ । पहिलो पटक बैंकको काम एनएमबीसँग गर्दैछु । यहि अवधीमा अर्काे बैंकको काम गर्दिनँ । एकै पटक एकै प्रकारका बस्तु तथा सेवाको प्रमोशनमा काम गर्दिन् । अहिले कति वटा कर्पाेरेट हाउमा काम गरिरहनु भएको छ ? म अहिले नेपाः टप, डाबर च्यावनप्रास, लाइफब्याय साबन र अहिले एनएमबी बैंकको काम गरिरहेको छु । राजेश हमाललाई कम्पनीका लागि अफर गर्दा रेट कति छ ? मैले पैसाको रेट भन्दा पनि कम्पनीको भ्याल्यु र रेपुटेशन हेर्ने गरेको छु । कम्पनीको कमर्सियल भ्याल्यु हेर्छु । कमर्सियल इन्ट्रेस्ट भएका कम्पनीमा अलि बढि माग गरिन्छ । सामाजिक उत्तरदायित्वको काममा अलि कम । कतिपयमा निशुल्क काम पनि गरिन्छ । सबै भन्दा धेरै फि लिएको कम्पनी कुन हो ? साधारणतया ८ देखि ११ लाख रुपैंयाँमा काम गर्ने गरेको छु । एनएमबीमा कतिमा काम गर्नुभयो ? मैले भने नि । साधारणतया ८ देखि ११ लाख रुपैयाँ लिन्छु । एनएमबीसँग पनि यसैको हाराहारीमा रहेछ भनेर मान्नुस् । डाबर च्यावनप्रासमा तपाई धेरै देखिनुहुन्छ, सबै भन्दा बढि रकम त त्यसबाटै लिनुहुन्छ होला ? डाबर नेपाल भनेको मल्टिनेशनल कम्पनी हो । त्यसको कमर्सियल भ्याल्यु धेरै छ । नेपाली कम्पनी हो भने त्यसै अनुसार हुने हो । मल्टिनेशनल कम्पनीले त्यसै अनुसार अफर गर्छ । कमर्शियल फिल्म बनाएर देश बिदेशमा देखाउने भनियो भने अलि बढि पैसा लिइन्छ । कला संस्कृतिको जगेर्ना गर्ने हो भन्यो भने त्यसै अनुसार काम गर्ने हो । डब्लुडब्लुएफको काम निःशुल्क गरेको थिएँ । राजेश हमालको नाममा प्यान दर्ता छ ? हामीलाई प्यान लिनु पर्ने व्यवस्था गरिएको छ । तर मैले प्यान लिएको छैन । मैले श्रोतबाटै कर कट्टा गर्ने गरेको छु । हाम्रो आम्दानी मासिक रुपमा हुने होइन । त्यसकारण प्यान नलिएको हुँ । कारोबार गर्दा श्रोतबाट नै कति कर तिर्नु पर्ने हो त्यो कटाउने गरेको छु । सबै भन्दा धेरै कर तिर्ने हिरोमा राजेश हमाल पर्छ ? म सबै भन्दा धेरै कर तिर्ने हिरोमा पर्दिन । हाम्रो कमाई भनेको स्यंवसेवी जस्तै हो । महिनामा यति कमाई हुन्छ भन्ने एकिनै हुँदैन । आफ्नो कुल आम्दानीमा ब्राण्ड एम्बेसडरको हिस्सा कति छ ? मुल आम्दानी चलचित्रबाटै हो । ब्राण्ड एम्बेसडरबाट खासै आम्दानी छैन । जसरी सुरुमा चलचित्रमा कमाई थिएन, त्यसैगरी अहिलेसम्म ब्राण्ड एम्बेसडरमा पनि खासै पैसा छैन् । सुरुमा मलाई पत्रकारले तपाई चलचित्र खेल्नु हुन्छ, खास काम चाँही के गर्नुहुन्छ ? भन्थे । सेयरमा लगानी गर्नु भएको छ ? छैन तपाईको लगानी के केमा छ ? मैले आफ्नो आम्दानी बैंकमा डिपोजिट गर्ने गरेको छु । अन्त कतै लगानी गरेको छैन । नवलपरासीमा केहि पुर्खाैली जमिन छ । त्यसमा खेतिपाती भैरहेको छ । रेगुलर खर्च चाँही कति हुन्छ ? मेरो खर्च त्यति धेरै छैन । साधारण खर्च मात्रै हो । तपाई कुन गाडी चढ्नु हुन्छ ? म किया स्पोर्टी चढ्छु । पछिल्लो दश बर्षदेखि यही गाडी चढिरहेको छु । महानायकले १० बर्षदेखि एउटै गाडी चढ्ने ? म अर्काे गाडी किन चढौं ? म आफ्नो जीवनको मापदण्ड आफैं बनाउँछु । नयाँ गाडी किन्दा अहिलेको गाडीले भन्दा के बढि फाइदा दिन्छ भनेर हेर्छु । मेरो गाडी दैनिक जम्मा ५ देखि १० किलोमिटर मात्रै गुडछ् । अनि किन अर्काे गाडी किन्नु ?
अख्तियारको अर्को स्टन्ट ! सर्वोच्च र माअोवादीसँग जुहारी, माअोवादीको शिविरको रकम अनियमिततामाथि छानविन सुरु
काठमाडौं, ३१भदौ। अख्तियार दुरुपयोग अनुसन्धान अायोगले तत्कालिन माअोवादी लडाकु शिविरमा खर्च गरिएको रकमवारे अनुसन्धान थालेको छ। त्यसको वारेमा माअोवादीका तत्कालिन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। संयोग त के छ भने अाजमात्रै सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीसहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले आज उत्प्रेषणयुक्त आदेश जारी गर्दै आदेशले तीन आधारमा यसअघि सर्वोच्चले नै गरेको फैसला पुनरावलोकन गर्ने निस्सा प्रदान गरेको थियो। -अन्तरिम संविधानको धारा ११९ खको व्याख्या तत्कालीन आदेशमा गलत भयो। -रायमाझी आयोगले कारबाही गरिसकेको हकमा आयोगको उक्त प्रतिवेदन लोकमानको हकमा अर्थपूर्ण छ जसलाई अदालतले यसअघि स्वीकार गरेको छ। -यसअघिको पूर्ण फैसला सर्वोच्चको आफ्नै नजिर विपरीत छ। सर्वोच्चको यो फैसलाको विरुद्दमा अख्तियारले इगोसेन्ट्रिक रुपमा माअोवादीहरुलाई अप्ठेरोमा पारेको छ। यो सँगै अब संवैधानिक अप्ठेरो पर्ने देखिएको छ। एकातिर माअोवादीको शिविर काण्ड अर्कातिर सर्वोच्चको ताकेता। भूकम्पमा हराएको जवाफप्रति प्रहार भूकम्पमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका प्रमाणपत्र हराएको सचिवको जवाफप्रति सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ। सर्वोच्चले आज परमादेश जारी गर्दै भनेको छ – यस अदालतको आदेशानुसार माग गरेको कागजात फाइल सम्बन्धित निकायहरुबाट समयमा अदालत पठाउने कार्य नगरी फेला परेपछि पाठाउने भनी गैर जिम्मेवारीपूर्ण जवाफ पठाएको देखियो।’ सात दिनभित्र नआए कारबाही सर्वोच्चको आदेशमा पूर्व आदेश अनुसारको फाइल कागजात सात दिनभित्र नपठाएमा न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुने भनिएको छ। उक्त दफामा अदालतले माग गरेको मिसिल, लिखत वा जवाफ कुनै कार्यालयले प्रचलित कानून बमोजिमको वा अदालतले तोकेको अवधिभित्र नपठाएमा अदालतले सम्बन्धित कार्यालयको प्रमुख वा कर्मचारीलाई पटकै पिच्छे एक हजार देखि दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। को को तानिन्छन् यदि अख्तियारले साँच्चिकै छानविन गर्यो भने माअोवादी जोडिएको सवै दलहरु तानिनेछन् र भर्खरैमात्र माअोवादी छोडेर नयाँ शक्ति दल खोलेका बाबुराम भट्टराई पनि तानिनेछन्। एकिकृत माअोवादीका शीर्षस्थ नेताहरु प्रधानमन्त्री प्रचण्ड, वादल लगायत, मोहन बैद्य, नेत्रविक्रम चन्द लगायत नेपाल सरकारका मन्त्रीहरु जनार्दन शर्मा, कृष्णवहादुर महरा लगायतका मन्त्रीहरु पर्नेछन्।