धर्तिको स्वर्ग रारा, स्थलमार्गबाटै रारासम्म (फोटोफिचर)
कर्णाली अञ्चल अन्तर्गतको मुुगुसम्म गाडी दौडन्छ भन्ने कमैलाई थाहा छ । सडक यातायातले मुगु सदरमुकाम गमगढीलाई छोएको पनि जम्मा तीन वर्ष भएको छ । काठमाडौंबाटै सडक यातायातको प्रयोग गर्दै रारा जाने विषयले मन निकै हौसाएको पनि थियो । रारा ताल सोसाइट अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँग आवद्ध व्यवसायीकको टोलीसँगको असोज पहिलो साता पर्यटन व्यवासायी, राजनीतिक दलका प्रतिनिधी र पत्रकारसहितको टोलीले काठमाडौंबाटै रारासम्मको यात्रा पनि तय गर्यो । बाँकेको गाभरभ्याली होमस्टेमा पुगेपछि टोलीका सबै साथिहरूमा नयाँ उत्साह नै आएको थियो । गाभर भ्यालीमा जम्मा तीन वटा घरमा रहेका होमस्टे मध्ये एउटा घर रारा किनारबाट नै विस्थापित भएर आएको थापा परिवारको थियो । पर्यटन प्रबर्दनको अन्तरक्रियाका सहभागि सरकारले २०३२ सालमा रारा निकुन्ज घोषणा गरेपछि विस्थापित यो परिवार गाभरभ्यालीमा आएकको थियो । त्यहाँको एक रातको बसाईपछि हाम्रो टोलीकै एक सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राराबाट विस्थापितकै घरमा वास वस्ने मौका मिलेकोले रारा जाने टुरको स्लोगान नै रारा बासदेखि रारासम्म बनाए । उनले यात्राभरीको अन्तक्रियामा यो नारालाई परिचित नै गराए । यात्रा राराकै भएकोले काठमाडौंबाट हिडेको पाँचौ दिन नै रारा पुगियो । मुगुको रारा गाउँ विकास समितिमा रहेको अनुपम प्राकृतिक सम्पदा राराताल समुद्र सतहबाट २ हजार ९९० मिटर उचाइमा रहेको छ । नेपालगन्जको गाभरभ्यालीमा आफ्नो घर सफा गर्दै एक वालिका पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको रारा क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो ताल हो । रारा करीब ११ वर्गलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा वरिपरि घुम्न तथा तालको सौन्दर्य अवलोकन गर्नका लागि करिब पाँच घन्टा पैदल यात्रा गर्नुपर्छ । सडक यातायातबाट थाकेर पुगेका टोली होस वा जुम्ला, गमगढी वा सीधै हवाई माार्गबाट ताल्चा पुगेर जाने टोली हुन रारा हेर्न हौसिएर उकालो लागेपनि शरीर निकै शिथिल हुँदो रहेछ । कालिकोट जुम्ला राजमार्गको गल्लाघाटमा खोलामा सवारी बिग्रिएपछि बाटो खुल्ने प्रतिक्षमा रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ । नजीबाट हेर्दा पोखरी, अलि परबाट हेर्दा ताल तथा अलि माथि डाँडामा जाँदा देखिने कुण्ड कचौरा आकारमा रहेको छ । रारा नजिकै मचानमा बसेर राराको पानीलाई एकनासले नियाल्ने हो भने मचान आफैं चलामान भएको जस्तो अनुभूति दिलाउँछन् । रारामा नै एकनासले हेरिरहने हो भने पानीको बहावका कारण आफैं डुङ्गामा बसेर यात्रा तय गरेको जस्तै अनुभूति राराले दिन्छ । राराले बेला बेलामा फरिहनले सूर्यको प्रकाश अनुसारको फरक रुप, हावाको बहाव, कञ्चन पानी, आँखामा देखिने निलो दह हेरिरहुँजस्तो, वरीपरि घुमिरहुँ जस्तो लाग्छ । कालिकोट जुम्ला सडकमार्ग रारा पुगेपछि सुरु भएका मोवाइल तथा क्यामेरा बन्द नै नगरुजस्तो लागे र जति तस्बिर लिएपनि अझै लिन मन लाग्ने आकर्षण रारामा पाइन्छ । धकान बिर्सिएर रारासँग रमाउँदा रारा साँच्चै धर्तिकै स्वर्ग हो । आन्ददायी वातावरण हुने, कुनै चिन्ता र मोह नहुने स्थानसँग तुलना गर्दा रारा पनि अग्रंक्ति मै आउँछ । त्यसैले त २०२० सालमा महेन्द्र शाह अर्थात मवीवी शाहले राराकी अप्सरा कविता लेखेका थिए । त्यही रारा अहिले शव्दमा वयान गर्दा धर्तिको स्वर्ग हुन पुगेको छ । सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ । यहाँ विभिन्न पर्यटकीय विशेषता छन् । बिहान सूर्य उदाउँदा ऐनाझैं टलटल टल्किनु, मध्याह्नमा मन्द मुस्कानसँगै हावामा कावा खेल्नु, साँझपख उत्ताउलिनु, आकाशमा बादल लाग्दा बादल पौडिएर रुप परिवर्तन हुनु राराको विशेषता पनि हो । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको रारामा विश्वमै दुर्लभ एवम् उत्कृष्ट जातको असला माछा पाइन्छ । मौसम अनुसार साइबेरियालगायतका स्थानबाट आउने चराको चिरबिर, स्थल तथा जल वनस्पति, रंगीविरंगी फूलले ढकमक्क मैदान, वरिपरि होचा हरियाली तथा सुन्दर पहाडले घेरिएको भव्य जलमग्न उपत्यका, रोचक ऐतिहासिक तथ्य, स्वच्छ हावापानी राराका विशेषता हुन् । रारामा पुगेको आन्तरिक पर्यटकको टोली अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा पुगेर मन्त्रमुग्ध नहुने स्वदेशी तथा विदेशी पर्यटक सायद को भेट्टाउन मुस्किल छ । पश्चिम एसियाको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित पर्यटकीय सम्पदाको तुलनामा सबैभन्दा सुन्दर मानिने ताल नै रारा हो । नेपालका तथा अन्य देशको तालको महत्व आफ्नै स्थानमा रहने भएपनि राराको तुलनामा भने यसको आकर्षणलाई भने अन्य अग्लो स्थानको कुनै पनि क्षेत्रले भेट्टाउन सक्दैन । राराताल अनुपम प्राकृतिक सम्पदा रारामा हवाई र स्थलमार्ग प्रयोग गरी पुग्न सकिन्छ । काठमाडौँबाट नेपालगन्ज करिब ५६ मिनेट र नेपालगन्जबाट ताल्चा (रारा) विमानस्थल ४५ मिनेट वा सुर्खेतबाट ताल्चा (रारा) विमानस्थल ३५ मिनेटमा पुगिन्छ । स्थलमार्ग हुँदै रारा पुग्न कामठाडौ नेपालगन्जहुँदै सुर्खेत, कालिकोट, जुम्ला–सिंजा हुँदैरारा पुग्न सकिन्छ । साना गाडी तथा जीपको प्रयोग रारा जाने उपयुक्त सवारी साधान पनि हो । बाजुरा (कोल्टी) बाट दुई दिनको पैदल यात्रबाट पनि पुग्न सकिन्छ । रारा जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण–पश्चिमतर्फ करिब तीन घन्टा र मुगुको एकमात्र विमानस्थल ताल्चाबाट करिब साढे एक घन्टाको पैदल यात्रा गर्नुपर्छ । रारातालछेउमा रहेको महादेवको मन्दिर रारा नजिकको पुग्नैपर्ने पर्यटकीय ठाउँ मुर्माटप पनि एक हो । राराबाट करिब दुई घन्टाको पैदल यात्रापश्चात् मुर्माटपमा पुग्न सकिन्छ । मुर्माटपबाट राराको पूरै दृश्यावलोकन हुनुका साथै अपी–सैपाल, कान्जिरोवा, सिस्ने, छायाँनाथ, बडिमालिकालगायतका पर्यटकीय स्थलको दृश्यावलोकनबाट पाइने आनन्दा बेग्लै छ । पछिल्लो समय बढ्दै गएको राराप्रतिको आम नेपालीको मोहलाई पूरा गर्न स्थालमार्ग सहज भएको छ । हवाई मार्गबाट पनि रारा पुग्न सहज भएको छ । तर, राराको संरक्षण र यसको महत्व उजागर गरेर व्यवस्थित पर्यटनको विकास भने आजको आवश्यकता हो । रारा प्याकेज बनाएर पर्यटक लैजान व्यवसायी आफैं सक्रिय छन् । राराताल स्थालमार्गको प्रयोगबाट पनि एक साताको पर्यटकीय प्याकेज ३० हजार रुपैयाँमा नै तय भएको छ । व्यवसायीले नयाँ गन्तव्य प्रवद्र्धन गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि थालेका छन् । अनुपत प्राकृतिक सुन्दरताकै कारण स्वर्ग जस्तै भनेर तुलना गरिने राराको प्राकृतिकपनको आनन्द भने धर्तिको सबैभन्दा अनुपत स्थान हुनसक्छ । राराताल रारा पुग्ने हरेकजसो स्वदेशी तथा विदेशी पर्यटकको बुझाईमा राराको प्राकृतिक सौन्दर्यलाई अतुलीय बनाउँनै कुनै नै कुनै आन्दपूर्णको उपमा दिएरै फर्कने गरेका पाइन्छ । रारा ताल रारालाई सधैँसुन्दर राख्नसकै लागि र उत्कृष्ट प्राकिृतिक गन्तव्य बनाउँनकै लागि पनि रारा प्रकृतिको सुन्दर उपहार हो । प्रकृतिको बरदान हो ।
सरकारको दशैं तयारीः सहुलियत पसलदेखि नयाँ नोट हुँदै घर जाने टिकटसम्म
काठमाडौं, १५ असोज । नेपालीहरुको सबै भन्दा ठुलो चाड दशैं नजिकिँदै गर्दा आम नेपाली जनजीवन ‘फेस्टिभल मुड’मा प्रवेश गरिरहेको छ ।नेपालीका घर घरमा आफ्नो आर्थिक अवस्था अनुसार दशैंको तयारी तथा स्वागत गरिरहेका छन् । सबै भन्दा ठुलो चाड भएकैले होला सरकारले पनि राष्ट्रिय रुपमै दशैंको जोडतोडले तयारी गरिरहेको छ । पहिलो तयारीः सहुलियत पसल सरकारले दशैंतमा आम उपभोक्तालाई सहुलियत दिन भन्दै असोज १ गतेदेखि उपत्यकामा १३ र जिल्लाबाहिर २५ ठाउँमा सहुलियत पसल सञ्चालन गरिरहेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, चामल, पिठो, मैदा, दाल, गेडागुडीको व्यवस्था मिलाइरहेको छ । साल्टले प्रतिकिलो चिनीमा ५ रुपैयाँ छुट दिइरहेको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ छुट सुबिधा छ । ७८ प्रकारका खाद्य वस्तुहरूमा थप छुट दिने व्यवस्था मिलाइएको छ । नेसनल ट्रेडिङले विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जामा छुट उपलब्ध गराइरहेको छ । खाद्य संस्थानले १५ थरीका चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइरहेको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ, पनिरमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइरहेको छ । उपत्यका चक्रपथ आसपासका मुख्य बजारमा तीनवटा गाडीद्वारा घुम्ती सेवा पसल पनि सञ्चालन भैरहेको छ । त्यसमा एक व्यक्तिले नुन ३ केजी र चिनी ६ किलोसम्म किन्न पाउनेछन् । उपत्यका भित्र रामशाहपथ (सिंहदरबार), थापाथली, नख्खु, टेकु, जडीबुटी (कोटेश्वर), सूर्यबिनायक(भक्तपुर), बूढानीलकण्ठ (नारायणस्थान), बौद्ध, सतुंगल, नयाँ बानेश्वर, कालिमाटी (साल्ट ट्रेडिङ परिसर) मा सञ्चालन भैरहेका छन् । उपत्यका बाहिर भने कृष्णनगर, सुर्खेत, नेपालगन्ज, टीकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशूली, बैतडी, हटौंडा, पोखरामा सञ्चालनमा छन् । त्यस्तै, अछाम, बाजुरा, बझाङ, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, बाग्लुङ, भैरहवालगायत स्थानमा पसल सञ्चालनमा छन् । ग्यासमा राहत नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँमा उपलब्ध छ । हवाई इन्धनमा पनि राहत नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाइसकेको छ । हाल आन्तरिक उडान तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८९ रुपैयाँ छ । मासुका लागि खसीबोका नेपाल खाद्य संस्थानले शदैंका लागि करिब तीन हजार खसी बोका ल्याएको छ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही संख्यामा खसी बोका ल्याइएको हो ।यी खसीबोकाघटस्थापनाका दिनदेखि बेचिनेछन् । घर जानलाई टिकट पनि सरकारले उपत्यका बाहिर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ । उपत्यकका बिभिन्न स्थानबाट असोज ७ गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ । नयाँ नोट पनि राम्रै लाउँ, मिठै खाउ भन्ने मान्यतालाई पछ्याउँदै नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याउँदैछ । असोज १६ गतेबाट केन्द्रिय बैंकले दशैंका लागि भन्दै पाँच, १०, २०, ५०, १०० र पाँच सय दरका नयाँ नोट बजारमा ल्याउन लागेको हो ।
ग्लोबल आइएमइ बैंकमा १० बैंक तथा फाइनान्स मर्ज, पूँजी ८ अर्ब नाघ्यो
काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । १४ असोजमा भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको ग्लोबल आइएमइ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्व रुपैयाँ भन्दा बढी हुनेछ । एक्विजिसन पछि ग्लोबल आइएमइ बैंकको निक्षेप ८८ अर्व रुपैयाँ, कर्जा लगानी ७४ अर्व रुपैयाँ र १ सय ११ वटा शाखा कार्यालय पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजी ८ अर्व रुपैयाँ पुग्ने यो बैक दोस्रो हुनेछ । ग्लोबल आईएमई बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति गरेको छ । यस्तो सहमति गत १ असारमा भएको हो । यो एक्विजिसनको प्रकृयामा रहेको छ । यस भन्दा पहिला साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १०वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।