क्यासिनोमा भटाभट विदेशी लगानी भित्रँदै, अन्नपूर्णमा भित्रियो ९० प्रतिशतको भारतीय लगानीकर्ता इम्पेरियल

काठमाडौं १२, कात्तिक। नेपाली लगानीकर्ताले सरकारलाई तिर्नुपर्ने रोयल्टी नै नतिरेपछि सरकराले कानुन कसेरै बन्द गराएको क्यासिनोमा भटाभट विदेशी लगानीकर्ता भित्रिएका छन् । राजधानी ८ वटा पाँचतारे होटलमध्ये चारवटा होटलमा विदेशी लगानीको क्यासिनो भित्रिसकेको छ । दुईवटा नेपाली लगानीले अदालतको आदेशबाट पुरानै नियममा क्यासिनो चलाईरहेको छ भने एउटा पाँचतारे होटल एभरेष्ट बन्द अवस्थामा रहेकोले त्यहाँ क्यासिनो नै संचालन छैन । यो साता मात्रै पाँचतारे होटल अन्नपूर्णमा विदेशी लगानीकर्ता भित्रिएको पर्यटन विभागका होटल शाखाका अधिकृत ओम देवकोटाले बताए । उनका अनुसार अन्नपूर्णमा भारतीय लगानीकर्ता भित्रिएको छ । क्यासिनो इम्पेरियलको नामले क्यासनो संचालको पूर्व स्वीकृति लिएर गएको हो क्यासिनोले होटलको कुमारी हल नामक होटलकै सबैभन्दा ठूलो व्याक्वेटमा क्यासिनो संचाल प्रक्रिया गाडि बढाइसकेको छ । मन्त्रालयका पूर्व स्वीकृति लिएको यो क्यासिनोमा १० प्रतिशत नेपाली लगानीकर्ता धिरेन मोक्तानको छ भने बाँकी ९० प्रतिशत लगानी भारतीय लगानीकर्ता इम्पेरियलकै छ । लामो समयको प्रयासपछि पनि दरबारमार्गमा रहेको याकएण्ड यतिमा क्यासिनो संचालन विवाद नमिलेपछि भारतीय लगानीको इम्पेरियल क्यासिनो अन्नपूर्ण भित्रिएको पनि विभागको भनाइ छ । अघिल्लो वर्ष बैशाखमा गएको भूकम्पका कारण पूरानो भवन भत्किएपछि अन्नपूर्णको क्यासिनोको कुमारी हलको व्याक्वेटमा संचालनको तयारी भएको छ । इम्पेरियलले अहिले पूर्व स्वीकृति पाएर होटलमा क्यासिनोको पूर्वाधार तय गरिरहेकोे छ । अब तिहारपछि नै क्यासिनो पूर्ण रुपमा संचलनको जानकारीसहित आउने र मन्त्रालयबाट अनुमित पनि पाउने विभागको भनाइ छ । देवकोटाका उनका अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेर आउने तथा क्यासिनो नियमावली २०७० को पालना गरेको अवस्थामा अनुमति पाउन सक्छ । हाल क्यासिनो मिलेनियर्स क्लव सांग्रीला होटलमा, क्यासिनो माजोङ सोल्टी होटलमा, क्यासिनो प्राइड ह्यात रिजेन्सीमा संचालनमा रहेको छ । क्यासिनो भेन मल्ल होटल र र्र्याडिसनमा क्यासिनो र्याड र याकएण्ड यतिको क्यासिनो रोयल भने अदालतको आदेशले संचालमा आएका क्यासिनो हुन । सरकाले विदेशीलाई प्राथमिकता राखेर ल्याउको मापदण्डर नियमावलीका नेपाली लगानीकर्ता डुबाएको क्यासिनो संघ नेपलाका अध्यक्ष किशोर सिलवलको भनाइ छ । उनका अनुसार सरकालाइ नेपालीको ५१ प्रतिशत शेयर रहने गरी क्यासिनो नियमावली संसोधन गर्न सरकारसँग माग गरिएको छ । नेपालका क्यासिनो तथा व्यवसायमा नेपालीकै बर्चश्व हुनुपर्ने बुझाई सिलवालको छ । विदेशीले संचालन गरेका क्यासिनोले नेपालीलाई लाभ नहुने र विदेशी मुद्रा बाहिर जाने भन्दै सिलवालले नेपालीलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन्् ।

सरकारले हेटौंडा कपडा उद्योग चलाउने, सुरक्षा निकायलाई २५% सेयर, कल्याणकारी कोषको खर्च

काठमाडौं, ११ कात्तिक। सरकारले हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको छ। सेना, प्रहरी, ससस्त्र प्रहरी, निजामति कर्मचारी र सरकारी विद्यालयमा प्रयोग हुने ड्रेस उत्पादन गर्ने लक्ष रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशले बताए। बन्द उद्योगलाई सरकार, नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको संयुक्त लगानी र बरावरी सेयर हुने गरि उद्योग सञ्चालन गरिने जोशीले बताए। तीनवटै सुरक्षा निकाय र निजामती कर्मचारीका लागि  बार्षिक दुई अर्ब रुपैयाँको कपडा आयात हुने गरेको भन्दै २०५७ साल देखि बन्द रहेको उद्योग खोल्ने निर्णय लिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए। यसका लागि १५ दिनभित्र ‘एक्सन प्लान’ तयार भइ सक्ने समेत उनले जानकारी दिए। बुटवल धागो र वीरगंज चिनी कारखाना नीजि क्षेत्रलाई सरकारले बुटवल धागो कारखाना भने नीजि क्षेत्रलाई लिजमा सञ्चालन गर्न दिने भएको छ।  चाँडै प्रस्ताव आह्वान गर्ने र प्रतिश्पर्धी मध्ये गुणस्तरमा उत्कृष्ट कम्पनीलाई सञ्चालनको जिम्मा दिने मन्त्री जोशीले जानकारी दिए। जोशीले वीरगंज चिनी मिल पनि नीजि क्षेत्रलाई सञ्चालनका लागि दिने जानकारी दिए। बुटवल धागो जस्तै खुला प्रतिश्पर्धाका आधारमा यो उद्योग सञ्चालनका लागि दिने उनको भनाइ छ।

निगमको एउटा जहाज कवाडीमा बेचिदै, सिंगापुरमा थन्किएको बोइङ काठमाडौं ल्याइदै

काठमाडौं ११, कात्तिक । नेपाल वायुसेवा निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेचिने भएको छ । निगमले कवाडीमा बेच्न ठिक्क पारेको यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम भइरहेको बताएको छ । निगमको सिंगापुरमा थन्किएको यो जहाज मूल्यांकनको लागि आजै काठमाडौं आउने भएको छ । निगमका एक इन्जिनियरले दिएको जानकारी अनुसार २ दिनका लागि भनेर गएका इन्जिनियर अच्चुतराज पहाडीसहितको १ं०/१२ जनाको टीम काठमाडौं तीन दिनसम्मै उतै बसेका छन् । निगम स्रोतका अनुसार सो टोली जहाज लिएरै आजै काठमाडौं आइपुग्ने छन् । केही गरी आज कुनै प्राविधिक कारणले नभ्याए भोली शुक्रबारसम्म त जसरी भएपनि आइपुग्ने जानकारी निगम स्रोतले दियो । निगम स्रोतका अनुसार सिंगापुरमा थन्किएको यो जहाजका लागि ४/५ जना कर्मचारी भने आउने र जाने गरिरहेका छन् । थन्किएको जहाज भएपनि भत्ता लिँदै आउने जाने गरेको आरोप निगमकै एक कर्मचारीको छ । अहिले पनि २/३ जना कर्मचारी गए पुग्ने ठाउँमा दर्जन कर्मचारी पुग्नु भनेको काम भन्दापनि घुमघाम र भत्ताको लोभ भएको पनि उल्लेख छ । वायुसेवा निगमले विक्रीमा राखेको यो बोइङलाई काठमाडौंमा नै ल्याउने र यही राखेर मूल्यांकन गर्ने जानकारी निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले पटक पटक सार्वजनिक रुपमा दिइसकेका छन् । कंसाकारका अनुसार सिगंपुरमा थन्किएकोे जहाज बारम्बार समस्या आएपछि निगमले बिक्रीमा राख्ने निर्णय गरेको हो । यो जहाजलाई निगमले अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता झिकाएर विक्री मूल्य तय गर्ने काम अगाडि बढाएको जानकारी दिएको छ । निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउने उल्लेख छ । स्न २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । यस्तो मूल्यांकन अनुसार जहाजको मूल्य ८० करोड देखि एक अर्ब रुपैयाँसम्म आउन अनुमान निगमले गरेको छ । मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ । सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेकोले काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिन्छ । यो जहाजको दुईवटै इन्जिनको आयु करीब सकिएको र ओभरहल गर्नुपर्ने बेला भएको छ । इन्जिन मर्मत गनुपर्ने अवस्थामा रहको छ भने हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेकका मर्मत (सीचेक) पनि गर्नुपर्ने अवस्थामा पुगिसकेको छ । सबै मर्मत गर्दा लागत धेरै लाग्ने र मर्मत गर्न लागेको अधिक खर्चबाट जहाजले लाभ लिन नसक्ने निष्कर्षसहित निमगले यो जहाजलाई विक्री गर्ने निर्णयमा निगम पुगको उल्लेख छ । निगमका अनुसार यो जहाजलाई टेण्डर गरेर विक्री गरिने भएकोले जसले धेरै पैसा दिन्छ उसैलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने भएको पनि उल्लेख छ । निगमले विसं २०४४ सालमा करीब २३ लाख अमेरिकी डलरमा खरिद गरेको थियो । वोइङ जहाज विगत २९ वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको छ । निगमले साढे दुई दशकदेखि नियमति संचालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने संचालनमै रहको छ । निगमका अनुसार एउटा बोइङ र दुईवटा एयरवस संचालन गर्दै गर्ने अर्को दुई वटा एयरबसको वाइडवडि किन्ने भएको छ । वाइडवडिको जहाज किन्न टेण्डर गरिसेकोले तिहारपछि टेण्डर खोलिने पनि निगमले जानकारी दिएको छ ।