बेरुजु फछ्र्याेट नगर्नेको छुट्टै सूची तयार गरिने, ठुला मन्त्रालय अब महालेखाको निगरानीमा
काठमाडौं । अब बेरुजु फछ्र्याेटमा उदासिनता देखाउने सरकारी कर्मचारीहरुको छुट्टै सूची तयार हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले आगामी आर्थिक बर्षदेखि बेरुजु फछ्र्याेटमा उदासिनता देखाउन सरकारी कर्मचारी तथा पदाधिकारीहरुको छुट्टै सूची तयार पार्न लागेको हो । महालेखा परिक्षक टंकमणी शर्माले आगामी ५ बर्षका लागि तयार पारेको योजनामा ‘वित्तीय अनुशासन पालना र बेरुजू फछ्र्यौटमा उदासीन पदाधिकारीहरुको अभिलेख तयार गरी सम्बन्धित निकायहरुलाई सूचित गरिने’ उल्लेख गरिएको छ । त्यस्तै आगामी आवदेखि महालेखाले अत्यधिक बेरुजू हुने निकायहरुलाई उच्च जोखिम समूहमा वर्गीकरण गरी विशेष निगरानी तथा अनुगमन समेत गर्ने भएको छ । उच्च दरमा बेरुजु हुने निकायहरुमा अधिकांश ठुला मन्त्रालयहरु पर्दै आएका छन् । ती मन्त्रालयहरुमा महालेखाले ती मन्त्रालयहरुमा आवको सुरु देखि नै निगरानी तथा अनुगमन अघि बढाउनेछ । त्यस्र्त, स्थल गत लेखा परीक्षणको क्रममा लेखा परीक्षणबाट देखिएका व्यहोरा तत्काल फछ्र्यौट गर्ने गराउने, जटिल प्रकृतिका व्यहोराबाहेक अन्य सबै व्यहोरा प्रतिवेदन अगाबै फछ्र्यौट गराउने योजना पनि महालेखाले बनाएको छ ।वित्तीय जवाफदेहिताको मूल्याङ्कन गरी कार्यालयको र जिम्मेवार पदाधिकारीको वर्गीकरण(ग्रेडिङ)गरी प्रतिवेदन मार्फत सार्वजनिक गर्ने पनि महालेखाले योजना अघि सारेको छ । सबै भन्दा धेरै बेरुजु हुने मन्त्रालयहरुमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र शिक्षा मन्त्रालय रहेका छन् । अब यी सबै मन्त्रालयमा आर्थिक बर्ष सुरु भएसँगै महालेखाले निगरानी तथा अनुगमन गर्नेछ ।
२२ दिनपछि कसरी खुल्यो एनसीसीको सेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एनसीसी बैंकको सेयर कारोबार खुल्ला गरेको छ । कारोबार बन्द भएको २२ दिनपछि मंगलबारबाट एनसीसी बैंकको सेयर कारोबार खुल्ला भएको हो । नेप्सेले जेठ १६ गतेदेखि एनसीसी बैंकको सेयर कारोबार रोक्का गरेको थियो । एनसीसी बैंकमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको खराब कर्जा विवादमा परेको मुद्धामा पाटन उच्च अदालतले एपेक्सकोहिसाब किताब छुट्टै राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेश अनुसार एनसीसी बैंकले नेप्सेलाई पत्र लेखेर एपेक्सको सेयर कारोबार रोक्न भनेको थियो । तर एकिकृत कारोबारपछि सेयर समेत खरिद बिक्रि भैसकेकाले एपेक्सको मात्रै सेयर कारोबार रोक्न नसकिने भन्दै नेप्सेले एनसीसी कै सेयर कारोबार रोकेको थियो । एनसीसी बैंकले नै नेप्सेलाई पत्र लेखेर सेयर कारोबार खोल्न आग्रह गरेपछि सेयर कारोबार खोलिएको हो । ‘अदालतले एपेक्सको हिसाब किताब छुट्टै राख्न भनेको थियो, हामीले हिसाब भनेको सेयर पनि हो भन्ने निष्कर्ष निकालेर एपेक्सको सेयर कारोबार रोक्न भनेका थियौं तर सिडिएसले एपेक्सको सेयर छुट्याउन नसक्ने भनेर लिखित पत्र पठाएपछि लगानी कर्तामाथी अन्याय नहोस भनेर सेयर कारोबार खुल्ला गर्न फेरी नेप्सेलाई पत्र लेखेका हौं’, एनसीसी बैंक उच्च श्रोतले विकासन्युजसँग भन्यो ।
गोप्य सूचना चुहाएर सेयर किनबेच गर्ने एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार बन्द
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । मंगलबार बोर्डको पत्र पाएपछि नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोकेको हो । धितोपत्र बोर्डको छानबिन नटुगिंदासम्म सेयर कारोबार नखुल्ने नेपाल स्टक एक्सचेञ्जका सहायक प्रवक्ता मुरारी पराजुलीले बताए । बोनस, हकप्रद र साधारणसभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएपछि कारोबार बन्द भएको हो । ६ वर्षपछि साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको छ । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । गोप्य सूचना चुहाएर सेयरको मुल्य बढाएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि एभरेष्टको सेयर कारोबार रोकिएको नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । बोर्डको पत्र प्राप्त हुनासाथ नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य २६०० रुपैंयाको हाराहारीमा पुगेको थियो । एभरेष्ट इन्स्योरेन्सले गोप्य सूचना चुहाएर सेयर कारोबार गराएको भन्दै गत विकासन्युजले गत शुक्रबार मुख्य समाचार बनाएको थियो भने देशविकास पत्रिकामा अग्रपृष्ठमा समाचार प्रकाशित भएको थियो । याे पनि पढ्नुहाेस् । एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, गोप्य सूचनाका आधारमा करोडौंको सेयर कारोबार