मूल्यवृद्धि घटेर २.३ प्रतिशतमा सीमित, राजधानीमा सबैभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धि दर घटेको छ ।  गत साउनमा उपभोत्ता मुल्यवृद्धि दर घटेर २.३ प्रतिशत कायम भएको छ । अघिल्लो महिना असारमा मूल्यवृद्धि दर २.७ प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.६ प्रतिशत थियो । गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत थियो । खाद्यसमूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.३, तरकारीको मूल्यमा ११.७, मसलाको मूल्यमा ३.५ र फलफूलको मूल्यमा १.४ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । गैर–खाद्य मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८.१ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकले जानकारी दिएको छ । क्षेत्रगत उपभोक्ता आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.६, तराईमा २.८, पहाडमा २.२ र काठमाडौं उपत्यकामा १.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.१, तराईमा ८.५, पहाडमा १०.९ र काठमाडौं उपत्यकामा ७ प्रतिशत थियो । नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर घटेर १.१ प्रतिशतमा सीमित भएको छ । नेपालमा २.३ र भारतको ३.४ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ८.६ र ५.१ रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.५ प्रतिशत थियो ।

टेलिकम प्रमुख राजभण्डारीले भनिन्: धरहरा हामी बनाउँछौ

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट ध्वस्त भएको धरहर पुननिर्माण गर्ने प्रतिवद्धता दोहाेराएको । धरहरा निर्माणबाट हात झिक्दै छ भन्ने चर्चालाई चिर्दै टेलिकमकी प्रवन्धनिर्देशक कामीनी राजभण्डारीले धरहरा निर्माणबाट हात नझिकेको स्पष्ट पारिन् । टेलिकममा प्रवन्ध निर्देशक भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दे राजभण्डारीले भनिन् “प्राविधिक कुर नमिलेकाले ढिलाइ भएको हो । धरहरा बनाउनबाट हात उठाएका छैनौ । धरहरा पहिले नै बनाउछु भनेको हो, बनाउने छौ ।” धरहरा बनाउन लाग्ने सबै खर्च व्यहोर्न तयार रहेको उनले स्पष्ट पारिन् । धरहरा निर्माणको विस्तृत अध्ययन गर्दा ५ वटा अप्सन आएको उनको भनाई छ । प्रस्ताव अनुसार ७० प्रतिशत खाली जग्गा चाहिएको हो त्यो अनुसार मापदण्ड नमिलेपछि केही ढिलाइ भएको उनको दावी छ । विनाशकारी महाभुकम्पपछी पुनर्निर्माण सम्बन्धमा कम्पनी संचालक समितिको निर्णय अनुसार पुरातात्विक सम्पदा, विद्यालय भवन लगायत धरहरा पुनर्निर्माणमा नेपाल सरकारको निर्देशन एवं योजना परिधी भित्र रहि आगामी ३ वर्ष भित्र १ अर्ब रुपैयाँको योगदान दिन कम्पनी प्रतिबद्ध रहेको उनले बताइन् ।

माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु, २० महिनामा बिजुली उत्पादन हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु ) सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम बिहीबार सम्पन्न भएको हो । सुरुङको लम्बाई ४ किलोमिटर छ । ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले बिहीबार सुरुङ खन्ने काम सकेको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । आयोजनाको सिभिलअन्र्तगतको जटिल काम सकिएको उनले जानकारी दिए । आउदो २० महिनामा आयोजनाको काम सम्पन्न हुने जोशीले बताए । हाल सिभिल निर्माणमा ८५ प्रतिशत प्रगति भएको छ । यस्तै हाइड्रोमेकानिकल र इलोक्ट्रोमेकानिकल उपकरण आपूर्ति हुन लागेको जोशीले बताए । उनकाअनसार समग्रमा आयोजनाको काम ६५ प्रतिशत सम्पन्न भएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको र आउदो ३ महिनामा आयोजनाको प्रगति ८५ प्रतिशत पुग्ने जोशीको दावी छ । आयोजनाको पहिरो व्यवस्थापन र ५ किलोमिटर लामो सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । सेनाले सडक मर्मतको काम सुस्त गतिमा गर्दा आयोजनाको कार्यतालिका प्रभावित भएको छ । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ । आयोजनालाई बजेटको अभाव चाइना एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकसंगको ऋणको समय सकिएर साँवा ब्याज तिर्ने समय सुरु भएपछि उसले ऋणको म्याद थप गर्न इन्कार गरेपछि १५ महिनादेखि ठेकेदार र परामर्शदाताले भुक्तानी नपाएको जोशी बताउछन् । काम हुदै जादा भूकम्पले आयोजनामा ठुलो क्षति पुर्याएपछि काम बन्द भई आयोजना सम्पन्न हुनुअघि नै कर्जाको साँवा ब्याज भुक्तानी गर्ने समय आएपछि थप समस्या आएको हो । १५ महिनादेखि आयोजनाले पैसा पाएको छैन् । ठेकेदार चाइना गेजुवा र परामर्शदाता नर्थवेस्ट हाइड्रोले काम गरिरहेका छन् । ऋणको म्याथ थप्ने विषयमा अर्थ मन्त्रालय र एक्जिम बैंकबीच समझदारी भएको सुनिएको जोशीले जानकारी दिए । उनले चाँडै पैसा आउनेमा आशावादी भएको बताउछन् । यता सरकारले ऋण म्याद ५ वर्ष थपगर्न एक्जिम बैंकलाई पुनः अनुरोध गरिसकेको छ । सरकारले आगामी सन् २०२१ सम्मका लागिकर्जाको म्यादथप्न प्रस्ताव गरेको हो । निर्धारित समयममा आयोजनाको काम नसकिएपछि सरकारले फेरि दुई वर्ष म्याद थपको तयारी गरेको छ । २०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी आयोजनाको म्याद दोस्रो पटक थप भएको थियो । आयोजनाको काम सम्पन्न नभएपछि ठेकेदार चाइना गेजुवाले ४ वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ । जसअनुसार हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । क्षमता बढाएर ९० बनाउने विषयमा विवाद भएपछि आयोजनाको काम ६ महिना ढिलाइ भएको थियो । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्यादथपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार पारिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।