चुनौती र अवसरको मझधारमा ओली सरकार, यस्तो हुनेछ दोश्रो इनिङ
काठमाडौं । मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि कार्यभार सम्हालेका छन् । भारतीय नाकाबन्दी सामु नझुकेर राष्ट्रियता र स्वाभिमानका पक्षमा उभिएर लोकप्रियताको शिखरमा पुगेका ओली सामु आगामी दिनमा अवसर र चुनौती दुबैको ठुलो चाङ छ । राष्ट्रियताको चर्को नारा, पानी जाहाजदेखि चीनबाट रेल ल्याउने महत्वकाँक्षी योजना ल्याएर एकाएक चर्चाको शिखरमा पुगेको प्रधानमन्त्री ओलीले कसरी पुरा गर्छन हेर्न बाँकी छ । सिमित श्रोत-अधिकत आवश्यकता खर्चिलो व्यवस्था, सुस्त कर्मचारी प्रशासन र पुरातन कार्यशैली, सानो आकारको बजेट लगायतका अनेकौं चुनौती ओलीका सामुन्ने छ । ओली आफैं विकास र समृद्धिको नारा बाढेर लोकप्रियताको शिखरमा पुगेका राजनीतिज्ञ हुन् । उनले समुन्द्र पानी जहाजदेखि चिनियाँ रेलसम्मको सपना बाढेका छन् । त्यसका अलवा वृद्ध भत्तालाई ५ हजार रुपैयाँ पुर्याउने घोषणा पनि गरेका छन् । उनले आफ्ना पुर्वप्रतिवद्धताको कार्यान्वयन कुन ढंगले अघि बढाउँछन्, त्यो महत्वपुर्ण कुरा हुनेछ । सरकार र न्यायलय टक्कर नेपालमा पछिल्लो समय सरकार र सरकारबीच टक्कर चलिरहेको छ । तत्कालिन प्रधानन्यायधिश सुशिला कार्कीमाथीको महाअभियोग प्रकरण, आईजीपी नियुक्त प्रकरण जस्ता घट्नाहरुले न्यायलय र सरकारको सम्बन्ध बिग्रिएको देखिन्छ । गोपाल पराजुली नेतृत्वको न्यायलयसँगको सुमधुर सम्बन्ध स्थापित गर्नु पनि ओलीका लागि कम चुनौतीपुर्ण भने पक्कै पनि छैन् । अन्तरपार्टी शक्ति सन्तुलन र वृहत्तर मोर्चा निर्माण ओलीलाई सीमित गुटको घेरामा बसेर पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । प्रदेश सरकार गठन र प्रदेशमा मन्त्रीहरुको नियुक्तले पनि ओलीको गुटिय चरित्रलाई उदांगो पारेको छ । उनलाई वर्तमान एमालेमा शक्ति सन्तुलनका साथै माओवादी केन्द्रसँगको पार्टी एकतापछि पनि शक्ति सन्तुलन र एकता कायम गराउनु अत्यावश्यक छ । आफ्नो सीमित गुटको घेराबाट बाहिर निस्केर वृहत्तर देशको हितमा काम गर्नु पनि ओलीका लागि अर्काे चुनौती हो । सन्तुलित छिमेक सम्बन्ध ओलीलाई परराष्ट्र सम्बन्ध बिगारेको आरोप लगाउनेहरु थुप्रै छन् । उनले बिशेष गरी भारतलाई चिढ्याएर चीनसँग नजिकिएको आरोप खेपिरहेका छन् । दुई ठुला छिमेकीलाई समदुरीमा राखेर सन्तुलित विदेश नीति मार्फत देशको स्वाभिमान जोगाउनु उनको अर्काे चुनौती हो । ओलीलाई अवसरै अवसर ओलीका अगाडी चुनौती मात्रै छैनन् । ओली अवसरै अवसरको चाङमा पनि छन् । २०७५ सालको नयाँ बर्षमा मेलम्चीको पानी राजधानीबासीका धारामा आइपुग्नेछ । त्यस्तै, आउदो मंसिर भित्र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । यी दुबै आयोजनाको उद्घाटन गर्ने अवसर ओलीले पाउनेछन् । वाकपटुतामा अब्बल ओलीले यी दुबै आयोजना आफैंले सम्पन्न गरेको ‘जस’ लिने अवसर ओलीले नै पाउनेछन् । अबको १८ महिना भित्र गल्छी–त्रिशुली–रसुवागढी सडक दुईलेनमा कालोपत्रै भैसक्नेछ भने बेनी–जोमसोम–कोरला सडक पनि स्तरोन्नति भैसक्नेछ । ओली आफैंले चिनियाँ नाका जोड्ने यी सडकहरुको स्तरोन्नतिका लागि यथेष्ठ बजेट विनियोजन गरेका थिए । यी दुबै सडक उद्घाटन ओलीकै पालामा हुनेछ । तातोपानी नाका प्रवेशको मार्ग पनि नयाँ ढंगले पुनस्थापित हुनेछ । त्यसबाहेक किमाथांका र हिल्सा नाकाबाट पनि चिनियाँ बजार प्रवेश सहज बनिसक्नेछ । यहि अवधीमा काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण कार्य सम्पन्न हुनेछ भने भैरहवा विमानस्थलको निर्माण सम्पन्न भैसक्नेछ । पोखरा विमानस्थल निकै अघि बढिसक्नेछ भने निजगढ विमानस्थलको कामले पनि धेरै गति लिईसकेको हुनेछ । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढिगण्डकी आयोजनाको निर्माणले पनि एउटा गति प्राप्त गरिसक्नेछ । हुलाकी राजमार्गको अधिकांश काम सम्पन्न भैसक्नेछ भने मध्यपहाडी लोकमार्गको निर्माणले पनि धेरै गति पाइसक्नेछ । करिब १० अर्ब खर्चेर देशभर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भैसकेको हुनेछ । यसले जनतामा सूचना प्रबिधीको पहुँच व्यापक रुपले विस्तार मात्रै गर्ने छैन् । सबै जसो सामुदायीक विद्यालयमा द्रुतगतिको इन्टरनेट सुबिधा प्रदान गर्नेछ । त्यस बाहेक जनकपुर–बिजलपुरा खण्डमा रेल गुडिसक्नेछ भने बर्दिबास–लालबन्दी हुँदै सिमरासम्मको रेल मार्ग तयार भैसकेर सो भन्दा पुर्व र पश्चिमको रेलमार्ग निर्माणले पनि धेरै गति लिईसकेको हुनेछ । केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया अघि बढिसकेको हुनेछ भने काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको काम पनि द्रुत गतिमा अघि बढिरहेको हुनेछ । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको काम पनि धेरै मात्रामा अघि बढिसक्नेछ । ओली सरकारको सानो पहल कदमीले मात्रै धेरै विकासका कामले स्वभाविक रुपले गति पाउनेछन् । सरकारले दृढ इच्छा शक्ति देखाउने हो भने अन्य धेरै कामले गति लिनेछन् । जसका कारण नागरिकले देश विकासको बाटोमा अघि बढेको महसुश गर्नेछन् ।
संस्थागत लगानीकर्ताले पनि किनेनन् बीपीसीको एफपीओ, १ अर्ब ३५ करोडलाई मात्र आवेदन
काठमाडौं । संस्थागत लगानीकर्तालाई खुला गर्दा पनि बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बिक्री भएको छैन । सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले गत शुक्रबारदेखि संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । बुधबारसम्म १ अर्ब ३५ करोड रुपैयाँ बराबरको २६ लाख ९४ हजार ६१० कित्ता एफपीओ मात्र बिक्री भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । गत माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । आवेदन धेरै परेपनि लगानीकर्ताले कम रकम माग गर्दा एफपीओ बिक्री कम देखिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरेले बताउँछन् । “अहिलेसम्म एफपीओ खरिदका लागि ८३ हजार २२० वटा आवेदन परेको छ” उनले भने “यति धेरै आवेदन पर्दा पनि बिक्री नहुनु भनेको सबैमा १० कित्ताको मनोवैज्ञानिक असर भएको हो । सबैले अन्तिम दिन कुरेको पाएका छौ । फागुन १५ गतेसम्म एफपीओ बिक्री हुने छ ।” बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा १३ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । हिमाल पावर लिमिटेडबाट गत आर्थिक वर्षमा गरेको नाफाबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश प्राप्त गरेपछि नाफा बढेको बीपीसीले जानकारी दिएको छ । ६० मेगावाटको खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ ।
नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से एकैदिन ३६ अंकले बढ्यो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकैदिन स्थिर सरकार आउने आशामा सेयर बजार बढेको छ । बिहीबार नयाँ प्रधानमन्त्री ओलीलाई सेयर बजारले स्वागत गरेको छ । बिहीबार बजार ३६ अंकले बढेर नेप्से परिसुचक १ हजार ४२५ अंकमा पुगेको छ ।चुनाव लगत्तै ओरालो लागिरहेको सेयर बजार एमालेको सरकार बनेको दिन एक्कासी उकालो लागेको हो । एमालेका अध्यक्ष ओलीले नयाँ सरकार बनेपछि सेयर बजार तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका कारणले बिहीबारको बजारमा उछाल आएको हो । उनले एमालेको सरकार बनेपछि सेयर बजार गिरावट रोकिने र सेयर बजारमा उछाल आउने भन्दै लगानीकर्नाको विश्वास जित्ने प्रयास गरेका थिए । केही दिनअघि ओलीले सेयर बजारमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने बताएको केही दिन बजार बढेको थियो । बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । बिहीबार ६६ करोड ३३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २७ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोडको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । कुमारीको प्रतिकित्ता २८१ रुपैयाँमा ३ करोड ५८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । दोस्रामा नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार भएको छ । इन्भेष्टमेन्टको प्रतिकित्ता ६८५ मा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह २१३ अंकले उकालो लागेको छ । बजारमा सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता २२ रुपैयाँ कमाएका छन् ।