विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने २ लाख थान पंखा हटाउदै, नयाँ उपकरणका लागि प्रक्रिया सुरु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने पंखा र पानीतान्ने पम्प प्रतिस्थापन गर्ने भएको छ । प्राधिकरणले ऊर्जा दक्षता बढाइ माग व्यवस्थापन गर्ने नीतिअनुसार ग्राहकको घर र कार्यालयमा कम बिजुली खपत गर्ने सिलिङ पंखा र पानी तान्ने पम्प जडान गर्न लागेको हो । प्राधिकरणले कम ऊर्जा खपत गर्ने पंखा र पम्प खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले कम बिजुली खपत गर्ने पंखा र पानी तान्ने उपकरण बिक्रीका लागि निजी व्यवसायीबाट प्रस्ताव आब्हान गरेको छ । यस्ता उपकरणका लागि प्राधिकरणले डिजाइन गरी वितरण केन्द्र समेत तोक्ने भएको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन चैत १५ गतेलाई तोकेको छ विद्युत प्राधिकरणले पंखा र पानी तान्ने पम्म बिक्री वितरणका लागि देशभर बेग्लै बिक्री केन्द्रको व्यवस्था गरिदिने भएको छ । प्राधिकरणले पहिलो चरणमा १ हजार २ सय एमएम साइजको २ लाख थान सिलिङ पंखा र २ एचपी रेटिङ भएको १ हजार थान पानीतान्ने पम्प वितरण गर्ने योजना रहेको जानकारी दिएको छ । उर्जा दक्षता योजनाअन्र्तगत प्राधिरकणले देशभर रहेका बढी बिजुली खपत गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखा विस्थापन गरी कम ऊर्जा खपत गर्ने पंखा जडानको तयारी गरेको हो । १८ लाख २८ हजार १६ ग्राहसंग औसत ३ वटा पंखा भएको अनुमान गरिएको छ । हाल सञ्चालनमा रहेका अधिकाँश पंखाले ८० वाटका छन् । विस्थापनपछि ४० वाटको पंखा जडान गर्ने तयारी प्राधिकरणको छ । पंखा बढीमा ६ महिनासम्म सञ्चालनमा हने गरेको छ । गर्मिका बेला तराईमा बढी पंखा चल्ने गरेको छ । पंखा विस्थापन गरेपछि साँझमा बिजुलीको माग ९पिक लोड० २०६ मेगावाट कमी आउने अनुमान प्राधिकरणको छ ।योजना तथा प्राविधिक सेवा विभागका निर्देशक बज्रभुषण चौद्यरीले बताए । पंखाबाट मात्र ६ महिनामा साढे ६७ करोड युनिट बिजुली बचत हुने उनले जानकारी दिए । उनका अनुसार ऊर्जा दक्षता भएको पंखा जडान भएपछि ६ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ वार्षिक वचत हुने अनुमान गरिएको चौधरीको भनाई छ । पंखा प्रतिस्थापनबाट २०६ मेगावाटको पिकिङ जलविद्युत आयोजना बनाउन सक्ने अनुमान गरिएको छ । दक्ष र स्मार्ट पंखा र एयर कण्डिसन र ऊर्जा दक्षता भएको मोटर चलाउन व्यापक प्रचारप्रसार गर्ने तयारी प्राधिकरणको छ । यसका लागि प्राधिकरणले वितरण प्रणालीमा इलेक्ट्रिक मिटरिङ सिस्टम र स्मार्ट मिटेरिङ प्रयोग कार्यक्रम लागु गर्ने भएको छ । यस्तै यो योजनाअन्र्तगत विद्युत प्राधिरकरणले विद्युत खपत कम गर्ने र ऊर्जाको वचत गर्नका लागि ठुलो २ करोड थान एलईडी चिम ल्याउने भने पनि विवादित बनेपछि आयात रद्ध भएको छ ।
संस्थापकले समेत सिभिल बैंकको हकप्रद सेयर किनेनन्, ४२ लाख ३८ हजार कित्ता लिलामीमा
काठमाडौं । सिभिल बैंकका संस्थापक सेयरधनीले हकप्रद सेयर खरिद गरेनन् । ठुलो संख्यामा हकप्रद सेयर बिक्री नभएपछि बैंकले लिलामी गर्न लागेको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन । बिक्र भएको हकप्रद गत सोमबार नै बाँडफाँट भएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १ गते राखिएको छ । फागुन २३ गतेदेखि हकप्रद खरिदको बोलपत्र खुला हुने छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । बैंकले मंसिर २२ देखि पुस २७ सम्म हकप्रद बिक्री खुला गरेको थियो । बिक्री नभएपछि बैंकले माघ १२ गतेसम्म समय थप गरिएको थियो । पछिल्लो समयमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर बिक्री हुन छाडेको छ ।
एनईए इन्जिनियरिङले २ हजार मेगावाटका ४ आयोजनाको अध्ययन थाल्यो, २ वर्षमा सकिने
काठमाडौं । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले २ हजार मेगावाट क्षमताको ४ ठुला जलविद्युत आयोजनाको अध्ययन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणअन्र्तगतको एनईएले ४५० मेगावाटको किमाथाँका अरुण, ४२६ मेगावाटको फुकोट कर्णाली, ६८८ मेगावाटको वेतान कर्णाली र ३०७ मेगावाटको जगदुल्ला जलासययुक्त आयोजनाको अध्ययन अघि बढाएको छ । सरकारले ठुला आयोजनाको अध्ययनका लागि कम्पनी स्थापना गरेको हो । यी सबै आयोजना अध्ययनको काम सुरु भएका एनईएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हितेन्द्रदेव शाक्यले बताए । केही वर्षभित्र अध्ययन सुरु भएकाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसक्ने उनले जानकारी दिए । कम्पनीले हाल किमाथाँका अरुण आयोजानाको गत पुसदेखि संभाव्यता अध्ययन सुरु गरेको छ । आयोजनामा ड्रिलिङ र जिओलोजिकल अध्ययनका लागि बोलपत्र आब्हान गरेको छ । यस्तै फुकोट कर्णालीको सेडिमेन्ट अध्ययनका लागि आवश्यक प्रयोगशाला स्थापना गर्नका लागि बोलपत्र आब्हान गरेको छ । आयोजनाको अध्ययन सुरु भइसकेको छ । वेतान कर्णालीको पानीको वहावका साथै संभाव्यता अध्ययनको काम सुरु भएको छ । आयोजना कर्मचारी संचय कोषको अगुवाइमा निर्माण हुन लागेको छ । कोषले आयोजना बनाउनका लागि वेतान कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना गरिसकेको छ । लगानी जुटाउने काम गरिरहेको छ । यस्तै जगदुल्ला जलासययुक्त आयोजनामा पानी नाप्नेलगायत अन्य प्रारम्भीक काम सुरु गरेको छ । जगदुल्ला आयोजना पश्चिमको भेरीमा पर्छ । सबै आयोजनाको डीपीआर तयार भएपछि निर्माणका लागि काम सुरु हुने भएको छ । हालसम्म सार्वजनिक र निजी क्षेत्रबाट गरी १ हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ । यस्तै २ हजार ५ सय मेगावाट क्षमताका आयोजनाको काम भइरहेको छ ।